Coração
O coração é o centro do ser humano — sede dos pensamentos, emoções e decisões. A Bíblia ensina a guardar, purificar e render o coração a Deus como oferta viva.
Guardar o coração
Sobre tudo o que se deve guardar, guarda o teu coração, porque dele procedem as fontes da vida e de toda decisão.
यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख;
किनकि यो नै सारा जीवनको मूल हो।
यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख;
किनकि यो नै सारा जीवनको मूल हो।
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स;
तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख;
किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ,
र तिम्रा लागि शान्ति र उन्नति ल्याउनेछ।
प्रेम र विश्वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्,
ती तिमीले आफ्नो गलामा बाँधिराख,
ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।
तब तिमीले परमेश्वर र मानिसहरूको दृष्टिमा
निगाह र असल नाम कमाउनेछौ।
शान्त हृदयले शरीरलाई जीवन दिन्छ;
तर ईष्र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।
हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्,
तर बकबके मूर्खको विनाश हुन्छ।
Coração puro
Cria em mim um coração puro, ó Deus. Ensina-me a contar meus dias para que tenha um coração sábio.
हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,
र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,
र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
हामीलाई हाम्रा दिनहरू गन्न सिकाउनुहोस्,
ताकि हामीले बुद्धिको हृदय प्राप्त गर्न सकौँ!
हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक!
मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान
तपाईंका दृष्टिमा ग्रहणयोग्य हुन सकून्।
हे सबै याहवेहमा आशा राख्नेहरू हो,
बलियो र साहसिलो होओ।
याहवेहमा आनन्दित होऊ;
र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।
उहाँले तपाईंको मनको इच्छा पूरा गरून्,
र तपाईंका सबै योजनाहरू सफल गरून्।
तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्,
र आफ्ना सारा हृदयले उहाँलाई खोज्दछन्।
जब म तपाईंका धार्मिक नियमहरू सिक्दछु,
तब म साँचो हृदयले तपाईंको प्रशंसा गर्नेछु।
मेरो सारा हृदयले तपाईंलाई खोज्दछु;
तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
Buscar a Deus de coração
Amarás ao Senhor teu Deus de todo o coração. A busca sincera leva ao encontro; o coração dividido leva à ruína.
येशूले जवाफ दिनुभयो: " ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’
येशूले जवाफ दिनुभयो: " ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’
किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।
म तिमीहरूलाई साँच्चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ, त्यो पूरा हुन्छ भनेर विश्वास गर्यो भने यो उसको लागि गरिनेछ।
मानिसको हृदय सबैभन्दा छली हुन्छ,
र यो निको हुन नसक्ने किसिमको छ।
हृदयलाई कसले बुझ्न सक्छ र?
मानिसको हृदय सबैभन्दा छली हुन्छ,
र यो निको हुन नसक्ने किसिमको छ।
हृदयलाई कसले बुझ्न सक्छ र?
"म याहवेहले हृदयको खोजी गर्छु,
र मनको जाँच गर्छु,
मानिसहरूलाई तिनीहरूका जीवनका चालअनुसार
र तिनीहरूका कामअनुसार प्रतिफल दिनेछु।"
जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।"
तर तिमीहरूले याहवेहका सेवक मोशाले दिएका आज्ञाहरू बडो होसियारीसाथ पालन गर्नू। याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू, उहाँमा आज्ञाकारी हुनू, उहाँको आज्ञापालन गर्नू; उहाँमा लागिरहनू। तिमीहरूका सारा हृदयले र सारा प्राणले उहाँको सेवा गर्नू।"
म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु।
म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिमीहरूबाट तिमीहरूका ढुङ्गाका हृदय निकाल्नेछु र तिमीहरूलाई मासुको एउटा हृदय दिनेछु।
Conhecer o coração
O homem olha para a aparência, mas o Senhor olha para o coração. Deus conhece os segredos mais profundos.
तर याहवेहले शमूएललाई भन्नुभयो, "त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।"
तर याहवेहले शमूएललाई भन्नुभयो, "त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।"
पानीमा अनुहार प्रतिविम्बित भएजस्तै,
मानिसको हृदयले व्यक्तित्वलाई प्रतिविम्बित पार्छ।
प्रसन्न हृदय असल औषधी हो,
तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ,
र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्। तर तिमीहरूको भित्री व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्वरको दृष्टिमा अति मूल्यवान् छ।
प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
तर परमेश्वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवकहरू थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ।
हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुँदा, हाम्रा पिता परमेश्वरको उपस्थितिमा निष्खोट र पवित्र हुने गरी उहाँले तिमीहरूका हृदय साहसिलो बनाऊन्।
उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ,
आफ्ना हृदयलाई कठोर नपार,