Tomar uma decisão
Tomar decisões com sabedoria é um dos maiores desafios da vida. A Bíblia nos ensina a buscar a Deus em oração, na Palavra e no conselho, confiando que Ele dirige os nossos passos.
Buscar a Deus
Se algum de vós tem falta de sabedoria, peça a Deus. Ele dá generosamente e sem repreensão a todos os que pedem.
यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।
परमेश्वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्नुहुन्छ।
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
Conselho e direção
Onde não há conselho os planos se frustam. Toda Escritura é útil para nos guiar nas decisões da vida.
मार्गदर्शनको अभावमा देशको पतन हुन्छ;
तर धेरै सल्लाहकारको कारण विजय हुन्छ।
चिट्ठा त हालिन्छ,
तर त्यसको हरेक निर्णय याहवेहबाट नै हुन्छ।
मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ;
त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ।
मूर्खले समझदारी मन पराउँदैन,
तर आफ्नै विचारमा धाक लगाउन प्रसन्न हुन्छ।
दुष्टता आउँदा घृणा पनि आउँछ;
र शर्मको साथमा अपमान आउँछ।
मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्;
तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ।
दुष्टको पक्ष लिनु राम्रो होइन
अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन।
मूर्खको ओठले त्यसलाई झगडामा पार्छ,
र त्यसको मुखले पिटाइ निम्त्याउँछ।
मूर्खको मुख नै त्यसको विनाश हो,
अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ।
कुरौटेका बोलीहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्,
ती मानिसका भित्री भागहरूमा पुग्छन्।
आफ्नो काममा अल्छी गरिरहने व्यक्ति
सर्वनाश गर्नेको भाइ हो।
याहवेहको नाम किल्ला भएको सहरमा हो;
धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्।
धनीको धन नै तिनीहरूका किल्ला भएको सहर हो;
तिनीहरूले त्यसलाई नाप्न नसकिने पर्खाल सम्झन्छन्।
आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ,
तर सम्मानको अगि नम्रता आउँछ।
जसले सुन्न अगि नै जवाफ दिन्छ,
त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।
मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सम्हाल्छ,
तर टुटेको आत्मालाई कसले सहन सक्छ र?
सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ।
जसद्वारा परमेश्वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।
जब तिनीहरू माइसियाको सिमानामा आइपुगे, तब तिनीहरू बिथिनिया जाने प्रयास गरे; तर येशूको आत्माले तिनीहरूलाई त्यसतर्फ जान अनुमति दिनुभएन।
एन्टिओखियाको मण्डलीमा कति अगमवक्ताहरू र शिक्षकहरू थिए: बारनाबास, निगेर भनिने शिमियोन, साइरिनीका लुकियस र मनेन (जो शासक हेरोदसँग हुर्केका थिए) र शाऊल। तिनीहरू प्रभुको आराधना गरिरहेका बेला र उपवास बसिरहेका बेला पवित्र आत्माले "बारनाबास र शाऊललाई मैले तोकेको काम गर्नको निम्ति अलग गर" भन्नुभयो। त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए।
Confiar e seguir
Seja o que for que façais, fazei tudo para a glória de Deus. O sábio ouve a Deus antes de agir.
यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्वरका महिमाको निम्ति गर।
यसकारण यतिका साक्षीका ठूला बादलले हामीलाई घेरिराखेका हुनाले, हामीलाई बाधा पुर्याउने टन्टाहरू र सजिलैसित अलमल्याउने पापहरूजस्ता हरेक थोक त्यागेर, हाम्रो अगि राखिएको दौड धीरजसाथ दगुरौँ।
गिबोनमा याहवेह राति सपनामा सोलोमनकहाँ देखा पर्नुभयो, र परमेश्वरले भन्नुभयो, "तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।"
सोलोमनले जवाफ दिए, "तपाईंले आफ्नो सेवक, मेरा पिता दावीदमाथि ठूलो दया देखाउनुभएको छ। किनकि उहाँ तपाईंप्रति विश्वासयोग्य, धर्मी र हृदयमा सोझो हुनुहुन्थ्यो। तपाईंले आजको दिन उहाँको सिंहासनमा बस्नलाई उहाँलाई एउटा छोरा दिनुभएर तपाईंले उहाँप्रतिको यो ठूलो दया कायम राख्नुभएको छ।
"अब हे याहवेह मेरा परमेश्वर, तपाईंले मेरा पिता दावीदको ठाउँमा आफ्नो सेवकलाई राजा बनाउनुभएको छ। तर म त एउटा सानो बालक मात्र हुँ। अनि आफ्नो कर्तव्य कसरी पालन गर्ने, त्यो पनि जान्दिनँ। यहाँ म तपाईंका आफ्नै चुनिएका मानिसहरूको बीचमा छु। यो यस्तो एउटा विशाल जाति हो, जो असंख्य छन्, तिनीहरूलाई गणना गर्न सकिँदैन। यसकारण तपाईंको सेवकलाई ठिक र बेठीक छुट्याउन सक्ने तपाईंको जातिलाई सही शासन गर्ने समझदार हृदय दिनुहोस्। किनकि कसले तपाईंको यो महान् जातिलाई शासन गर्न सक्छ र?"
सोलोमनले यो कुरा मागेकोमा प्रभु तिनीसँग प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले भन्नुभयो, "तैँले आफ्नो लागि जीवन, धन वा आफ्ना शत्रुहरूको मृत्यु मागिनस्, तर न्याय प्रशासनमा ठिक र बेठीक छुट्याउने हृदय मागिस्। तैँले मागेको कुरा म पूरा गर्नेछु। म तँलाई बुद्धि र ठिक र बेठीक छुट्याउने हृदय दिनेछु, ताकि तेरो अगि न कोही थिए; न त तेरो पछि कहिल्यै तेरो बराबरी अरू कोही हुनेछ।
यस्तो देखेर तिनकी पत्नीले तिनलाई भनिन्, "के तपाईं अझै पनि आफ्नो सत्यनिष्ठामा अडिरहनुहुन्छ? बरु परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्!"
तर तिनले यसो भने, "तिमी एउटी मूर्ख स्त्रीजस्तै कुरा गरिरहेकी छौ। के हामीले परमेश्वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?"
यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्।