Deus é amor
Deus é amor — esta é a declaração mais profunda da Bíblia sobre a natureza divina. Tudo que Deus faz nasce do amor. Quem permanece no amor permanece em Deus.
A natureza de Deus
Deus é amor. Quem permanece no amor, permanece em Deus e Deus nele. Ele nos amou primeiro com amor eterno.
परमेश्वरको प्रेम र हाम्रो प्रेम
प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो, र त्यसले परमेश्वरलाई जान्दछ। जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिनेको हुँदैन; किनकि परमेश्वर प्रेम हुनुहुन्छ।
प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो।
कुनै पनि व्यक्तिले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्वरमा। अनि यसरी नै हामीप्रति परमेश्वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ।
परमेश्वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्वरमा जिउँछ, र परमेश्वर त्यसमा जिउनुहुन्छ।
हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
O amor de Deus revelado
Deus prova o seu amor em que Cristo morreu por nós quando ainda éramos pecadores. Seu amor é compassivo e eterno.
तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
तर कृपाका धनी परमेश्वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण, हामी अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्टसँग जीवित पार्नुभयो—परमेश्वरको अनुग्रहबाट नै तिमीहरूले मुक्ति पाएका छौ।
तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्वर हुनुहुन्छ;
रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।
हे परमेश्वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ!
मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।
तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ;
यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।
याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ।
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
तपाईंजस्तो परमेश्वर को छ र?
जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ,
र अपराधहरू बिर्सिदिनुहुन्छ।
तपाईं सधैँभरि रिसाइरहनुहुन्न,
तर अटुट प्रेम देखाउनमा प्रसन्न हुनुहुन्छ।
अन्तिम अभिवादनहरू
अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।