Publicidade

Deus é nosso refúgio

Por Bíblia Online

Deus é nosso refúgio e fortaleza, socorro bem presente nas angústias. Quando o mundo treme, o crente encontra paz sob as asas do Altíssimo.

Refúgio e fortaleza

Deus é nosso refúgio e fortaleza. Quem habita no abrigo do Altíssimo descansa à sombra do Todo-Poderoso.

परमेश्‍वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,

सङ्कष्‍टमा सधैँ हाजिर हुने सहायक।

जो सर्वोच्‍च परमेश्‍वरको शरणमा बास गर्दछ,

त्यो सर्वशक्तिमान्‌को छत्रछायामुनि सुरक्षित रहनेछ।

म याहवेहको बारेमा भन्‍नेछु, "उहाँ मेरा शरणस्थान र किल्‍ला हुनुहुन्छ,

मेरा परमेश्‍वर, उहाँमा नै म भरोसा राख्दछु।"

निश्‍चय नै उहाँले तिमीलाई

शिकारीको पासोबाट

र घातक रूढीबाट बचाउनुहुनेछ।

उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ;

र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ;

उहाँको विश्‍वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ।

हे याहवेह, मेरा शक्ति, म तपाईंलाई प्रेम गर्दछु।

याहवेह मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारकर्ता हुनुहुन्छ;

मेरो परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु,

उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ र मेरो उच्‍च गढ हुनुहुन्छ।

म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ,

र म मेरा शत्रुहरूबाट बचाइन्छु।

हे मेरा परमेश्‍वर, मलाई रक्षा गर्नुहोस्;

किनकि मैले तपाईंमा शरण लिएको छु।

याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;

मैले कसको भय मान्‍नु?

याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ;

म कोसँग भयभीत हुनु?

जब दुष्‍टहरू मलाई आक्रमण गर्न

मेरो विरुद्धमा अगि बढ्छन्,

जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्;

तब तिनीहरू ठक्‍कर खाएर लड्नेछन्।

सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि

मेरो हृदय डराउनेछैनँ;

मेरो विरुद्धमा लडाइँ चले तापनि

त्यस बेलामा पनि म पूरा निर्धक्‍क रहनेछु।

हे याहवेह, मैले तपाईंमा शरण लिएको छु;

मलाई कहिल्यै पनि शर्ममा पर्न नदिनुहोस्।

तपाईंको धार्मिकतामा मलाई छुटाउनुहोस्।

मेरो पुकार सुन्‍न आफ्नो कान मतिर फर्काउनुहोस्;

मेरो उद्धार गर्नलाई चाँडो आउनुहोस्;

तपाईं मेरो शरण लिने चट्टान हुनुहोस्,

मलाई बचाउने बलियो किल्‍ला तपाईं नै हुनुहोस्।

तपाईं मेरो चट्टान र मेरो किल्‍ला हुनुभएकोले,

तपाईंको नामको खातिर मलाई अगुवाइ गर्नुहोस् र डोर्‍याउनुहोस्।

मेरो निम्ति गुप्‍तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्;

किनकि तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ।

तपाईंकै हातमा मेरो आत्मा सुम्पन्छु;

हे याहवेह, हे मेरा विश्‍वासयोग्य परमेश्‍वर, मेरो उद्धार गर्नुहोस्।

तपाईं मेरो आश्रयको चट्टान बन्‍नुहोस्,

जहाँ म सधैँ जान सकूँ;

मलाई बचाउने आज्ञा दिनुहोस्;

किनकि तपाईं मेरो चट्टान र मेरो गढ हुनुहुन्छ।

Proteção e segurança

O Senhor é a minha rocha e a minha fortaleza. Melhor é confiar no Senhor do que confiar no homem.

मानिसमाथि भरोसा गर्नुभन्दा त

याहवेहमाथि शरण लिनु उत्तम हो।

राजकुमारहरूमा भरोसा गर्नुभन्दा त

याहवेहमाथि शरण लिनु उत्तम हो।

हे मेरो प्राण, परमेश्‍वरमा नै विश्राम गर्;

मेरो आशा उहाँबाटै आउँछ।

साँच्‍चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;

उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ।

मेरो मुक्ति र मेरो सम्मान परमेश्‍वरमा आधारित छ;

उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।

हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर;

आफ्ना हृदय उहाँको सामु पोख;

किनकि परमेश्‍वर हाम्रा शरणस्थान हुनुहुन्छ।

तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु;

हे परमेश्‍वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ,

मेरो प्रेमिला परमेश्‍वरमा म भरोसा गर्न सक्छु।

हे प्रभु, पुस्तौँ-पुस्तादेखि

तपाईं हाम्रा वासस्थान हुनुभएको छ।

पहाडहरू उत्पन्‍न हुनुभन्दा अगि,

अथवा तपाईंले पृथ्वी र संसारलाई अस्तित्वमा ल्याउन अगि,

अनादिदेखि अनन्तसम्म, तपाईं नै परमेश्‍वर हुनुहुन्छ।

याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ,

सङ्कष्‍टको समयमा उहाँ किल्‍ला हुनुहुन्छ।

तपाईंका नाम जान्‍नेहरूले तपाईंमा भरोसा राख्दछन्,

किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन।

हे परमेश्‍वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ!

मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।

Em todo tempo

O Senhor é bom e é fortaleza no dia da angústia. A torre forte do nome do Senhor protege os seus em toda circunstância.

याहवेह भलो हुनुहुन्छ,

दुःखको समयमा एक शरणस्थान।

उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ,

तपाईं गरिबहरूका निम्ति,

कष्‍टमा परेकाहरूका निम्ति,

आँधीबतासमा शरण

र गर्मीबाट जोगाउने छाया हुनुभएको छ।

किनकि निष्‍ठुरहरूको सास

पर्खालमा ठोक्‍किने आँधी,

याहवेहको डर मान्‍नेको किल्‍ला सुरक्षित रहन्छ;

र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ।

याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो;

तर दुष्‍ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-22_10-02-25-