Publicidade

Miquéias 5

बेथलेहेमबाट प्रतिज्ञा गरिएको शासक

1 हे सेनाको सहर, आफ्ना सेनाहरूलाई भेला गर्;

किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ।

तिनीहरूले इस्राएलका शासकको

गालामा डण्डाले हिर्काउनेछन्।

2 "तर तँचाहिँ, हे बेथलेहेम एप्राता,

यद्यपि तँ यहूदाको घरानामा सबैभन्दा सानो छस्,

तर तँबाट मेरा निम्ति एक जना निस्केर आउनुहुनेछ,

जसले इस्राएलमाथि शासन गर्नुहुनेछ,

जसको सुरु पुरानो समयदेखि,

प्राचीनकालदेखि नै छ।"

3 यसकारण तबसम्म इस्राएल त्यागिनेछ,

जबसम्म प्रसव-वेदनामा परेकी स्त्रीले एउटा पुत्र जन्माउदिन,

र त्यसका बाँकी रहेका दाजुभाइहरू

इस्राएलीहरूसँग मिल्न आउँदैनन्।

4 याहवेहको शक्तिमा,

याहवेह आफ्ना परमेश्‍वरको महिमित नाममा

उहाँ खडा हुनुहुनेछ र आफ्ना भेडाका बगाललाई चराउनुहुनेछ।

अनि तिनीहरू सुरक्षित रहनेछन्;

त्यसपछि उनको महानता पृथ्वीको अन्त्यसम्म पुग्नेछ।

5 अनि उहाँ हाम्रा शान्तिका परमेश्‍वर हुनुहुनेछ,

जब अश्शूरीहरूले हाम्रो देशमाथि आक्रमण गर्छन्,

र हाम्रा किल्‍लाहरूबाट भएर यात्रा गर्छन्।

हामी तिनीहरूका विरुद्धमा सात जना गोठालाहरू,

र आठ जना अगुवाहरूलाई पनि खडा गर्नेछौँ।

6 तिनीहरूले अश्शूर देशलाई तरवारले शासन गर्नेछन्;

निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्।

जब अश्शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न,

र हाम्रा सिमानाहरू मिच्न आउनेछन्,

तब उहाँले हामीलाई तिनीहरूका हातबाट छुटाउनुहुनेछ।

7 याकोबका बाँकी रहेकाहरू

धेरै जातिहरूका बीचमा हुनेछन्;

याहवेहबाट आएको शीतजस्तै,

घाँसमाथि परेको झरीजस्तै हुनेछन्;

तिनीहरूले न त कसैलाई पर्खन्छन्,

न त कुनै मानिसमाथि भर पर्छन्।

8 याकोबका बाँकी रहेकाहरू राष्ट्रहरूका बीचमा,

धेरै जातिहरूका बीचमा हुनेछन्।

जङ्गली जनावरहरूका बीचमा भएको सिंहजस्तै

भेडाको बथानको बीचमा भएको जवान सिंहजस्तै हुनेछन्;

जसले कुल्चीमिल्ची पार्दै र फहराउँदै हिँड्छन्;

अनि कसैले पनि तिनीहरूबाट बचाउन सक्दैन।

9 तिमीहरूका हात तिमीहरूका शत्रुहरूमाथिको विजयमा उठाइनेछ,

र तिमीहरूका सबै शत्रुहरू नष्‍ट पारिनेछन्।

10 याहवेह घोषणा गर्नुहुन्छ, "त्यस दिन,

"म तिमीहरूका घोडाहरूलाई सर्वनाश गर्नेछु,

र तिमीहरूका रथहरूलाई नष्‍ट पार्नेछु।

11 म तिमीहरूका देशको सहरहरूलाई सर्वनाश गर्नेछु;

अनि तिमीहरूका सबै बलिया किल्‍लाहरू भत्काइदिनेछु।

12 म तिमीहरूका तन्त्रमन्त्र नष्‍ट गर्नेछु,

र तिमीहरूले अब उसो तन्त्रमन्त्रहरू गर्नेछैनौ।

13 म तिमीहरूका खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरूलाई

तिमीहरूका बीचबाट नष्‍ट गर्नेछु;

अब उसो तिमीहरूले आफ्ना हातले बनाएका

कुराहरूका सामु शिर झुकाएर दण्डवत् गर्नेछैनौ।

14 म तिमीहरूका बीचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु;

यसरी म तिमीहरूका सहरहरूलाई सर्वनाश गरिदिनेछु।

15 मेरो आज्ञा नमानेका राष्ट्रहरूसँग

म मेरो रिस र क्रोधमा बदला लिनेछु।"

Veja também

Publicidade
Miquéias
Ver todos os capítulos de Miquéias
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-