Deus nos chamou
Deus nos chamou antes da fundação do mundo. Ele nos conhece pelo nome, nos predestinou para sermos conforme a imagem de Cristo e nos capacita para o chamado.
Chamados por Deus
Os que Deus predestinou, também os chamou. O Seu chamado é irrevogável — fundamentado no propósito eterno e na graça abundante.
हामी जान्दछौँ, परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ। किनकि परमेश्वरले जसलाई पहिल्यैबाट जान्नुभएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्वनियुक्त गर्नुभयो, ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूमध्ये उहाँचाहिँ जेठो ठहरिऊन्। जसलाई उहाँले पूर्वनियुक्त गर्नुभयो, उनीहरूलाई बोलाउनु पनि भयो; जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई धर्मी पनि ठहराउनुभयो। जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई महिमित पनि पार्नुभयो।
म प्रार्थना गर्दछु, तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्न सक। म यो पनि प्रार्थना गर्दछु, परमेश्वरको शक्तिको अतुलनीय महानता, जो उहाँमा विश्वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो शक्ति महान् सामर्थ्य हो,
यसकारण हाम्रा प्रभुको साक्षी दिन शर्म नमान, न त उहाँको कैदी, मेरो विषयमा नै; तर सुसमाचारका लागि कष्टमा परमेश्वरको शक्तिद्वारा मसँग सहभागी होऊ। उहाँले हामीलाई बचाउनुभएको छ, र पवित्र जीवन जिउनको लागि बोलाउनुभएको छ; हामीले गरेका कामका आधारमा होइन, तर उहाँको आफ्नै उद्देश्य र अनुग्रहको कारणले हो। यो अनुग्रह हामीलाई समयको सुरुभन्दा अगिदेखि नै ख्रीष्ट येशूमा दिइएको थियो। तर अब हाम्रा मुक्तिदाता ख्रीष्ट येशूको प्रकटद्वारा यो प्रकाशमा ल्याइएको छ। उहाँले मृत्युलाई नाश पार्नुभयो, र सुसमाचारद्वारा जीवन र अमरतालाई प्रकाशमा ल्याउनुभयो।
सबै अनुग्रहका परमेश्वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ; तिमीहरूले केही समयसम्म कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ।
"मैले तँलाई गर्भमा सृष्टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ;
तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ;
अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।"
A resposta ao chamado
Ninguém pode vir a mim se o Pai não o atrair. Deus escolheu os fracos para confundir os fortes — e nos chamou para a luz.
मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको बोलावट हुँदा तिमीहरू कस्ता थियौ सो विचार गर; तिमीहरूमध्ये धेरै जना मानवीय नापअनुसार बुद्धिमान् थिएनौ; धेरै जना प्रभावशाली थिएनौ; धेरै जना जन्मँदा खानदानी थिएनौ। तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारको दृष्टिमा मूर्ख ठहरिएकाहरूलाई चुन्नुभयो अनि शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका दृष्टिमा दुर्बल ठहरिएकाहरूलाई चुन्नुभयो।
मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्वरले विश्वासमा धनी बनाउन र उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनलाई चुन्नुभएको होइन र?
किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो, जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ।
पत्रुसले जवाफ दिए, "तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस्, र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ। किनकि परमेश्वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।"
Confirmando o chamado
Procurai tornar cada vez mais firme a vossa vocação. Deus começou a boa obra e a completará até o dia de Cristo.
यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ; अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।
यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।
"किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।"