Deus nunca falha
Deus nunca falha. Nenhuma de suas promessas vem ao chão. O que Ele prometeu, Ele cumprirá. A fidelidade de Deus é o fundamento inabalável da nossa fé.
Promessas cumpridas
Nenhuma boa palavra falhou de todas as promessas que Deus fez. Ele é fiel e verdadeiro em tudo o que diz.
"अब म सारा पृथ्वीको नियमअनुसार जान लागेको छु। याहवेह, तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको उत्तम प्रतिज्ञाहरूमध्ये एउटै पनि अपूरो रहेको छैन भनी आफ्ना सारा हृदय र प्राणले जान्दछौ। हरेक प्रतिज्ञा पूरा भएका छन्। एउटै पनि असफल भएको छैन।
याहवेहले इस्राएलीहरूलाई गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएनन्; हरेक प्रतिज्ञाहरू पूरा भए।
"याहवेहको प्रशंसा होस्, जसले आफ्नो प्रतिज्ञाअनुसार आफ्ना जाति इस्राएललाई विश्राम दिनुभएको छ। उहाँले आफ्नो सेवक मोशाद्वारा गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएका छैनन्।
परमेश्वर मानिसजस्तो हुनुहुन्न, उहाँले झूट बोल्नुहुन्न;
उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्न, जसले आफ्नो मन बदली गर्नुहुन्छ।
के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्न र?
के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्न र?
तर याहवेहका योजनाहरू सदासर्वदा स्थिर रहन्छन्;
उहाँका हृदयका विचारहरू पुस्तौँसम्म रहिरहन्छन्।
Fidelidade eterna
A Palavra do Senhor permanece para sempre. A tua palavra é muito pura e o teu servo a ama profundamente.
तिमीहरूका आँखा आकाशतिर उठाओ,
तल पृथ्वीमा हेर;
आकाश धुवाँझैँ लोप भइजानेछ;
पृथ्वी लुगाझैँ मक्किएर जानेछ,
र यसका बासिन्दाहरू झिँगाझैँ मरिजाने छन्।
तर मेरो उद्धार सदासर्वदा रहनेछ;
मेरो धार्मिकता कहिल्यै चुक्नेछैन।
तपाईंका प्रतिज्ञाहरू सम्पूर्ण रूपले जाँच गरिएका छन्;
र तपाईंको सेवकले तिनलाई प्रेम गर्दछ।
तपाईंको राज्य अनन्तको राज्य हो,
र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ,
र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ। का अन्तिम दुई हरफहरू पाइँदैनन्।
लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ;
दबिएकाहरू सबैलाई उठाउनुहुन्छ।
त्यसको बीचमा रहनुहुने याहवेह धर्मी हुनुहुन्छ;
उहाँले कहिल्यै खराबी गर्नुहुन्न।
बिहानैपिच्छे उहाँले आफ्नो न्याय प्रकट गर्नुहुन्छ;
अनि हरेक नयाँ दिन उहाँ चुक्नुहुन्न,
तर पनि अधर्मीले लज्जित हुन जान्दैन।
किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ;
यसले अन्त्यको समयको बारेमा बताउँछ,
र यो दर्शन झूटो ठहरिनेछैन।
त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्;
त्यो निश्चय नै पूरा हुनेछ,
र ढिलो हुनेछैन।
Segurança em Deus
Todas as promessas de Deus são sim e amém em Cristo. Fiel é Aquele que prometeu — Ele jamais nos decepcionará.
किनकि परमेश्वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्टमा "पूरा" भएका छन्। अनि यसैकारण परमेश्वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट "आमेन" भनिएको छ। अब परमेश्वरले नै हामी र तिमीहरूलाई ख्रीष्टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ। उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्ने पक्का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ।
प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ।
जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्टमा समावेश भयौ। जब उहाँमा नै तिमीहरूले विश्वास गर्यौ, तब तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माद्वारा छाप लगाइएको थियो। परमेश्वरको महिमाको प्रशंसाका निम्ति, तिनीहरू जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूको पूर्ण उद्धार नहुन्जेल उत्तराधिकारको बैना हुनुहुन्छ।
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ।