Deus
Deus é a realidade suprema do universo — o criador, sustentador e redentor de tudo o que existe. Conhecê-lo é a essência da vida eterna e o maior privilégio da existência humana.
Quem é Deus
Não há santo como o Senhor. Tu és grande e fazes maravilhas — só tu és Deus. Sua majestade transcende toda compreensão.
"याहवेहझैँ पवित्र अरू कोही छैन;
तपाईंबाहेक अरू कोही छैन;
हाम्रा परमेश्वरजस्तै चट्टान अरू कोही छैन।
"हे सर्वशक्तिमान् याहवेह, तपाईं कति महान् हुनुहुन्छ! तपाईंजस्तो अरू कोही छैन। हामीले आफ्नै कानले सधैँ सुनेझैँ तपाईंबाहेक अरू परमेश्वर छैन।
किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।
हे याहवेह, तपाईं मेरा परमेश्वर हुनुहुन्छ;
म तपाईंलाई उच्च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु;
किनकि पूर्ण विश्वासयोग्यतामा
तपाईंले अद्भुत कार्यहरू गर्नुभएको छ;
ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए।
"किनकि मेरा विचार तिमीहरूका विचार होइनन्,
न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्"
याहवेह घोषणा गर्नुहुन्छ।
Deus é amor
Deus é amor. Quem permanece no amor permanece em Deus e Deus nele. Nós amamos porque Ele nos amou primeiro.
अनि यसरी नै हामीप्रति परमेश्वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ।
परमेश्वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्वरमा जिउँछ, र परमेश्वर त्यसमा जिउनुहुन्छ।
हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
यदि कसैले "म परमेश्वरलाई प्रेम गर्छु" भन्छ, तापनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई चाहिँ घृणा गर्छ भने त्यो झूटो हो; किनकि जसले आफूले देखेका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दैन, त्यसले आफूले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन।
परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्यौँ भने परमेश्वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।
याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ;
तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ।
उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ;
उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन,
तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।"
Buscar a Deus
Buscareis o Senhor e o encontrareis quando o buscardes de todo o coração. Provai e vede que o Senhor é bom.
तर यदि त्यहाँबाट पनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सारा हृदयले र सारा प्राणले खोजी गर्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।
याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ!
धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।
मैले याहवेहलाई भने, "तपाईं मेरा प्रभु हुनुहुन्छ;
तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।"
स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र?
अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन।
जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।
तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुभएकोले,
तपाईंको नामको खातिर मलाई अगुवाइ गर्नुहोस् र डोर्याउनुहोस्।
किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ,
र याहवेहबाट निगाह प्राप्त गर्छ।
Viver com Deus
Sê forte e corajoso, porque o Senhor teu Deus é contigo. Em Deus encontramos a razão de existir.
के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।"
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर!
"प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ,
र याहवेहको महिमा तँमाथि उदाएको छ।
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ,
जसले तेरो दाहिने हात समातेर
तँलाई भन्दछु, नडरा;
म तँलाई सहायता गर्नेछु।
प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।
धोकामा नपर: परमेश्वरलाई झुक्याउन सकिँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्दछ।
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।