Dificuldades
As dificuldades são parte da vida, mas Deus é refúgio certo em todo tempo de angústia. A Bíblia promete que nenhuma adversidade pode separar os filhos de Deus do seu amor.
Deus é refúgio
Deus é nosso refúgio e fortaleza, socorro bem presente nas angústias. Nada poderá nos separar do amor de Cristo.
परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,
सङ्कष्टमा सधैँ हाजिर हुने सहायक।
यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्,
चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;
चाहे समुद्र गर्जोस् र फीँज काढोस्,
र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला
म याहवेहको बारेमा भन्नेछु, "उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ,
मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।"
हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर;
आफ्ना हृदय उहाँको सामु पोख;
किनकि परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ,
सङ्कष्टको समयमा उहाँ किल्ला हुनुहुन्छ।
तपाईंका नाम जान्नेहरूले तपाईंमा भरोसा राख्दछन्,
किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन।
उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ;
त्यसका छालहरू उर्लंदा, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ।
महासमुद्रको गर्जनभन्दा शक्तिशाली,
समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली—
उच्चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ।
उहाँले आँधीलाई शान्त पार्नुभयो;
समुद्रका छालहरू साम्य भए।
हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले? यस्तो लेखिएको छ:
"तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ;
हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।"
होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ। किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
Provisão nas dificuldades
O Senhor provê mesmo nos tempos mais difíceis. Ele sustentou Elias, protegeu Israel e cuida dos seus com fidelidade eterna.
किनकि एलियाद्वारा याहवेहले भन्नुभएझैँ भाँडोको पिठो रित्तिएन; न त ढुङ्ग्रोको तेल नै सकियो।
उहाँले आवरणको रूपमा बादललाई फैलाउनुभयो,
र रातमा उज्यालो दिनलाई आगो दिनुभयो।
तिनीहरूले मासु खान मागे, र उहाँले तिनीहरूका निम्ति बट्टाई चराहरू दिनुभयो;
स्वर्गका रोटीले तिनीहरूलाई तृप्त पार्नुभयो।
उहाँले चट्टान फोर्नुभयो, र पानी बगेर निस्क्यो;
त्यो मरुभूमिमा नदीझैँ बग्यो।
म जवान थिएँ र अहिले वृद्ध भएको छु;
तर धर्मी जनहरू त्यागिएका
वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन।
निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्,
र तिनीहरूको अधिकार सदासर्वदा रहनेछ।
आपत्को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्;
अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।
किनकि म तिर्खाएको जमिनमा पानी खन्याउनेछु,
र सुक्खा भूमिमा खोलाहरू बहाउनेछु;
म मेरो आत्मा तेरा सन्तानहरूमाथि खन्याउनेछु;
अनि मेरा आशिष्हरू तेरा वंशमाथि खन्याउनेछु।
तपाईं गरिबहरूका निम्ति,
कष्टमा परेकाहरूका निम्ति,
आँधीबतासमा शरण
र गर्मीबाट जोगाउने छाया हुनुभएको छ।
किनकि निष्ठुरहरूको सास
पर्खालमा ठोक्किने आँधी,
त्यो दिनको गर्मीबाट बच्ने आश्रय र छाया; अनि आँधी र वर्षाबाट बचाउने शरणस्थान र लुक्ने ठाउँ हुनेछ।
तँ पानीबाट भएर जाँदा
म तँसित हुनेछु;
अनि तँ नदीहरूबाट भएर जाँदा
तिनले तँलाई बगाउनेछैनन्।
तँ आगोबाट हिँडेर जाँदा
तँ जल्नेछैनस्;
त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
Força nas provas
Em tudo somos atribulados, mas não esmagados. O Senhor é bom e é fortaleza no dia da angústia — Ele conhce os seus.
हामी चारैतिरबाट थिचिएका छौँ, तर पिसिएका छैनौँ; अन्योलमा परेका छौँ, तर हताश भएका छैनौँ; सताइएका छौँ, तर त्यागिएका छैनौँ; प्रहारद्वारा ढलेका छौँ, तर नष्ट भएका छैनौँ।
याहवेह भलो हुनुहुन्छ,
दुःखको समयमा एक शरणस्थान।
उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ,
उहाँले पानीलाई आफ्नो बादलमा बेह्रेर राख्नुहुन्छ;
तापनि त्यसको गह्रुँङ्गो भारले गर्दा बादल फुट्दैन।
उहाँले आफ्नो बादल फिँजाएर
पूर्णिमाको चन्द्रमाको मुहारलाई ढाक्नुहुन्छ।
उज्यालो र अँध्यारोको बीचको सिमाना तोक्न
उहाँले समुद्रको सतहमा क्षितिजलाई चिन्ह बनाउनुभएको छ।
तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ,
र विनाश आउँदा पनि डराउनुपर्नेछैन।
अनि उहाँले जवाफ दिनुभयो, "हे अल्पविश्वासी हो, तिमीहरू किन डराउँछौ?" तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो।
ती मानिसहरू छक्क परेर भने, "यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।"
यसकारण आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, के उहाँले तिमीहरूलाई अझ बढी पहिराउनुहुनेछैन र? यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर।
तब ती स्त्री परमेश्वरले एक हजार दुई सय साठी दिनसम्म तिनको हेरचाहको लागि तयार पारेर राखिदिनुभएको ठाउँ उजाडस्थानतिर भागिन्।
मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन।