Publicidade

Jonas 2

1 योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे। 2 तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने:

"मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ,

र उहाँले मलाई जवाफ दिनुभयो।

मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ;

अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो।

3 तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो,

समुद्रको मुटुभित्र म डुबेँ;

अनि पानीका छालहरूले मलाई घेरे;

अनि तपाईंका पानीका छालहरू र लहरहरू

ममाथि उर्लेर आए।

4 मैले भनेँ, ‘म तपाईंको

दृष्‍टिबाट निकालिएको छु;

तापनि म फेरि पनि तपाईंको

पवित्र मन्दिरतिर हेर्नेछु।’

5 डुबाउने पानीले मलाई भयभीत तुल्याए,

र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए;

समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।

6 म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ;

पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो।

तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्‍वर,

मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।

7 "जब मेरो प्राण जानै लागेको थियो,

हे याहवेह, मैले तपाईंलाई सम्झेँ;

अनि मेरो प्रार्थना तपाईंकहाँ,

तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।

8 "जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्,

तिनीहरू परमेश्‍वरको अचुक प्रेमबाट टाढा हुन्छन्।

9 तर म धन्यवादको स्तुतिसहित

तपाईंलाई बलिदान चढाउनेछु।

मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु।

म भन्‍नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ "

10 अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।

Veja também

Publicidade
Jonas
Ver todos os capítulos de Jonas
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-