Dinheiro
O dinheiro é ferramenta que pode ser usada para o bem ou para o mal. A Bíblia nos ensina a administrar recursos com sabedoria, generosidade e temor ao Senhor.
Perspectiva bíblica
Guardai-vos da avareza. A vida não consiste na abundância de bens. O dinheiro é servo, nunca senhor.
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, "होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।"
किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।
"त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
धनसम्पत्ति एकै छिनमा उडिजान्छन्;
किनकि यसका पखेटाहरू पलाउँछन्,
आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ।
धनी बन्न आफूलाई धेरै नघोट;
उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ।
जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन।
जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्ट हुँदैन;
यो पनि अर्थहीन छ।
Administrar com sabedoria
Honra ao Senhor com as tuas primícias. O sábio administra seus recursos com prudência e visão de eternidade.
आफ्ना धनसम्पत्ति
र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर।
याहवेहको आशिष्ले धनसम्पत्ति ल्याउँछ;
अनि उहाँले यसमा दुःख थप्नुहुन्न।
अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन,
तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
बेइमानीसित कमाएको पैसा सकिन्छ;
तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।
सुनभन्दा बुद्धि प्राप्त गर्नु,
र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो!
धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो;
सम्मान प्राप्त गर्नु चाँदी र सुनभन्दा असल हो।
धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा
याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो।
मानिसले अचुक प्रेमको इच्छा राख्छ;
झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो।
असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्;
न मलाई गरिबी, न त धनसम्पत्ति नै दिनुहोस्;
तर मलाई केवल दैनिक भोजन दिनुहोस्।
Perigos e armadilhas
Quem quer enriquecer cai em tentação. Fuja do amor ao dinheiro e busque contentamento no Senhor.
जो धनी हुन चाहन्छन्, तिनीहरू परीक्षा र पासोमा फस्छन्; अनि धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्।
वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्वरमा लगाऊन् भनी आज्ञा देऊ।
तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्ट रहो; किनकि परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको छ,
"म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ,
म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।"
क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन;
तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
धनीको धन नै तिनीहरूका किल्ला भएको सहर हो;
तिनीहरूले त्यसलाई नाप्न नसकिने पर्खाल सम्झन्छन्।
Tudo vem de Deus
De ti vem tudo, e das tuas mãos to damos. Os tributos são devidos — dai a César o que é de César e a Deus o que é de Deus.
"तर म को हुँ र? मेरा मानिसहरू के हुन् र? कि यस प्रकारले उदार चित्तले दिन सक्ने? हरेक कुराहरू तपाईंबाटै आउँछन्। हामीले त तपाईंका हातबाट आएका कुरा नै दिएका छौँ।
तिमीले जसलाई दिनुपर्ने कुरा छ, चुक्ता गरिहाल: कर तिर्नुपर्दछ भने तिरीहाल; राजस्व दिनुपर्दछ भने देओ; यदि डर मान्नुपर्ने हो भने डर मान; यदि इज्जत गर्नुपर्ने हो भने इज्जत देओ।
यही कारणले पनि तिमीहरू कर तिर्ने गर्छौ। किनकि अधिकारीहरू परमेश्वरका सेवकहरू हुन्, जसले शासनको निम्ति आफ्नो पूरा समय दिन्छन्।
दुष्टहरूका धेरै सम्पत्तिभन्दा
धर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो;
किनकि दुष्टहरूको शक्ति तोडिनेछन्,
तर याहवेहले धर्मीहरूलाई थामिराख्नुहुन्छ।
कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ,
म तपाईंका कानुनहरू पालन गर्नमा नै आनन्दित हुन्छु।