Esperança
A esperança cristã não é desejo vago — é certeza inabalável fundamentada nas promessas de Deus. Ela é âncora da alma, firme e segura, que penetra até o interior do véu.
Esperança viva
Bendito seja Deus que nos gerou de novo para uma esperança viva, mediante a ressurreição de Jesus Cristo.
जीवित आशाको निम्ति परमेश्वरको स्तुति
हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ।
जीवित आशाको निम्ति परमेश्वरको स्तुति
हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ।
तर तिमीहरूका हृदयमा ख्रीष्टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर।
तर तिमीहरूका हृदयमा ख्रीष्टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर।
यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।
Esperança que não decepciona
A esperança não decepciona, pois o amor de Deus é derramado em nossos corações pelo Espírito Santo.
अनि आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ।
अनि आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ।
शान्ति र आशा
यसकारण हामी विश्वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाएका छौँ। अनि ख्रीष्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्वरको महिमाको आशामा हामी रमाउँछौँ।
यति मात्र होइन, तर हाम्रो दुःख-कष्टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्टले सहनशीलता, सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ।
यही आशामा हामीले मुक्ति पाएका छौँ। तर देखिने आशा, त्यो आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र? तर यदि हामीले जे प्राप्त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ।
तर यदि हामीले जे प्राप्त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ।
आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ।
उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
A fé é a certeza
A fé é a certeza do que se espera. Mantenhamos firme a confissão da esperança, pois fiel é o que prometeu.
विश्वासद्वारा काम
अब विश्वासचाहिँ हामीले गरेको आशाको निश्चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो।
विश्वासद्वारा काम
अब विश्वासचाहिँ हामीले गरेको आशाको निश्चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो।
प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ।
प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ।
एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ।
म प्रार्थना गर्दछु, तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्न सक।
यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्वरले तिनीहरूलाई चुन्नुभएको छ।
किनकि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ। त्यो विश्वास र प्रेम जुन आशाबाट पलाएर आउँछ, त्यो तिमीहरूको लागि स्वर्गमा जम्मा गरिएको छ, र यस विषयमा तिमीहरूले अगि नै सुसमाचारको सत्य वचनमा सुनिसकेका छौ।
Esperança e confiança
Eu sei os planos que tenho para vocês — planos de paz e esperança. Deus é a fonte de toda esperança.
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
हे सबै याहवेहमा आशा राख्नेहरू हो,
बलियो र साहसिलो होओ।
हे सबै याहवेहमा आशा राख्नेहरू हो,
बलियो र साहसिलो होओ।
हे मेरो प्राण, तँ किन उदास हुन्छस्?
हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?
परमेश्वरमा आशा राख्,
हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर,
म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
हे मेरो प्राण, तँ किन उदास हुन्छस्?
हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?
परमेश्वरमा आशा राख्,
हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर,
म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
तपाईं मेरो शरणस्थान र मेरो ढाल हुनुहुन्छ;
तपाईंको वचनमा मैले आफ्नो आशा राखेको छु।
तपाईं मेरो शरणस्थान र मेरो ढाल हुनुहुन्छ;
तपाईंको वचनमा मैले आफ्नो आशा राखेको छु।
मेरो प्राण तपाईंको मुक्ति प्राप्त गर्ने तिर्सनामा व्याकुल छ;
तर मैले आफ्नो आशा तपाईंको वचनमा राखेको छु।
धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्वर हुनुहुन्छ,
जसको आशा याहवेह तिनीहरूका परमेश्वरमा हुन्छ।
म तपाईंमा भरोसा गर्दछु;
मलाई शर्ममा पर्न नदिनुहोस्,
न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्।
तपाईंमा आशा राख्ने कोही पनि
कहिल्यै शर्ममा पर्नेछैन,
तर कारणविना विश्वासघात गर्नेहरू
भने शर्ममा पर्नेछन्।
Esperança eterna
Somos salvos na esperança. Aquele que prometeu é fiel. A esperança está guardada nos céus para os que creem.
उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्ने आशा दिनुभयो।
हामीले परिश्रम र सङ्घर्ष गर्नुको कारण यो हो, हाम्रो आफ्नो आशा जीवित परमेश्वरमाथि राखेका छौँ; जो सबै मानिसहरू, विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ।
उहाँ मात्र अमर हुनुहुन्छ, र उहाँ त्यस ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही पनि जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँको महिमा र सामर्थ्य सदासर्वदा रहोस्! आमेन।
वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्वरमा लगाऊन् भनी आज्ञा देऊ।
हाम्रा परमेश्वर र पिताको सामु तिमीहरूको विश्वासद्वारा उत्पन्न भएका तिमीहरूका काम, प्रेमद्वारा प्रोत्साहित भएका तिमीहरूका परिश्रम, प्रभु येशू ख्रीष्टमा राखेको आशाद्वारा प्रेरित भएका तिमीहरूको सहनशीलतालाई हामी निरन्तर स्मरण गर्दछौँ।
पुनरुत्थानको आशा
हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका विश्वासीहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर। किनकि हामी विश्वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ।
यसकारण हामीसित यस्तो आशा भएको हुनाले अत्यन्त साहसी भएका छौँ।
अनि अब यी तीन कुराहरू रहन्छन्: विश्वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।
Expressões de esperança
Vinde a mim todos os que estais cansados. A esperança adia a dor e floresce na presença do Senhor.
"हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु।
याहवेहको निगाहको वर्ष
प्रभु याहवेहको आत्मा ममाथि छ;
किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति
याहवेहले मलाई अभिषेक गर्नुभएको छ।
उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न,
कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न,
र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न,
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
म आफूलाई भन्दछु, "याहवेह मेरो सर्वस्व हुनुहुन्छ;
यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।"
तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु;
म मेरो उद्धारकर्ता परमेश्वरलाई पर्खन्छु;
मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।
ढिलो भएको आशाले हृदय दुर्बल पार्छ,
तर पूरा भएको चाहना जीवनको रूख हो।
ढिलो भएको आशाले हृदय दुर्बल पार्छ,
तर पूरा भएको चाहना जीवनको रूख हो।
Firmeza na esperança
Esperai no Senhor! O cavalo é vaidade para a segurança, mas o Senhor guarda os que nele esperam.
हे याहवेह, हामीले हाम्रो आशा तपाईंमा राखेअनुसार,
तपाईंको अचुक प्रेम हामीमाथि रहोस्।
हे याहवेह, हामीले हाम्रो आशा तपाईंमा राखेअनुसार,
तपाईंको अचुक प्रेम हामीमाथि रहोस्।
हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ;
उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ।
घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ;
त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन।
तर याहवेहको नजर उहाँका भय मान्नेहरूमाथि रहन्छ;
तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ,
तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन
र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।
म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ,
अनि उहाँको वचनमा म आशा राख्दछु।
हे मेरो प्राण, परमेश्वरमा नै विश्राम गर्;
मेरो आशा उहाँबाटै आउँछ।
तपाईंले हामीलाई महान् र धार्मिक कामहरूबाट जवाफ दिनुहुन्छ;
हे हाम्रा उद्धारकर्ता परमेश्वर,
पृथ्वीको छेउसम्मका समस्त मानिसहरू
र टाढा-टाढा समुद्रपारि रहने मानिसहरूका आशा तपाईं नै हुनुहुन्छ,
"हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ?
मेरो आशा त तपाईंमा नै छ।
मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्;
किनकि तपाईं मेरा मुक्तिदाता परमेश्वर हुनुहुन्छ,
अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु।
हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ;
सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु,
र आशामा प्रतीक्षा गर्दछु।
तर परमेश्वरले अभावमा हुनेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन;
पीडितहरूको आशा कहिल्यै चकनाचुर हुनेछैन।
याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ—
उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;
तिमी बाहिर जाँदा र भित्र आउँदा,
अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।
म मेरो आँखा सधैँ याहवेहमा राख्दछु,
उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।