Esperar em Deus
Esperar em Deus não é passividade — é confiança ativa no Senhor que age no tempo perfeito. Os que esperam nele não serão confundidos nem envergonhados.
Esperança em Deus
Descanse somente em Deus, ó minha alma, pois dele vem a minha esperança. Ele é rocha e salvação — não serei abalado.
हे मेरो प्राण, परमेश्वरमा नै विश्राम गर्;
मेरो आशा उहाँबाटै आउँछ।
याहवेहको सामु मौन भई बस,
र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर;
जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्,
तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान।
किनकि दुष्टहरू नष्ट पारिनेछन्;
तर याहवेहको प्रतीक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन्।
याहवेहमा आशा गर
र उहाँकै मार्गमा हिँड;
प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ।
दुष्टको विनाश तिम्रै आँखाले देख्नेछौ।
मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ;
उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्नुभयो।
म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ,
अनि उहाँको वचनमा म आशा राख्दछु।
पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी,
हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी,
म प्रभुको प्रतीक्षा गर्दछु।
तपाईंमा आशा राख्ने कोही पनि
कहिल्यै शर्ममा पर्नेछैन,
तर कारणविना विश्वासघात गर्नेहरू
भने शर्ममा पर्नेछन्।
हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु;
हे प्रभु, मेरा परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ।
याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।
Confiança na espera
O Senhor é bom para os que esperam nele. O olho não viu o que Deus preparou para os que o amam e o aguardam.
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्;
हामी तपाईंको बाटो हेरिरहन्छौँ;
हरेक बिहान हाम्रो सामर्थ्य
र विपत्तिमा हाम्रो मुक्ति बन्नुहोस्।
प्राचीनकालदेखि नै तपाईंबाहेक अर्को परमेश्वरको बारेमा कसैले सुनेका छैनन्;
कुनै कानले सुनेको छैन,
कुनै आँखाले देखेको छैन;
तपाईंले आफूमाथि प्रतीक्षा गर्नेहरूको निम्ति काम गर्नुहुन्छ।
यसो नभन, "म तिम्रो खराबीको बदला लिनेछु!"
याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ।
त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्लो र पछिल्लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ। तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ।
प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनन्त जीवनमा लैजाने कृपालाई पर्खंदा तिमीहरू आफूलाई परमेश्वरको प्रेममा स्थिर बनाइराख।
तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ।