Esperar no Senhor
Esperar no Senhor é ato de fé e confiança. A Bíblia promete que os que esperam em Deus renovam as forças, recebem direção e experimentam a fidelidade divina no tempo certo.
Renovar as forças
Os que esperam no Senhor renovam as forças. Sobem como águias, correm e não se cansam, caminham e não se fatigam.
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ;
उहाँ तिमीहरूलाई दया देखाउन खडा हुनुहुनेछ।
किनकि याहवेह न्यायको परमेश्वर हुनुहुन्छ।
उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्!
याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।
म यसमा अझ विश्वस्त छु:
म जीवितहरूको देशमा
याहवेहको भलाइ देख्नेछु।
याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।
याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;
मैले कसको भय मान्नु?
याहवेह नै मेरो जीवनको किल्ला हुनुहुन्छ;
म कोसँग भयभीत हुनु?
जब दुष्टहरू मलाई आक्रमण गर्न
मेरो विरुद्धमा अगि बढ्छन्,
जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्;
तब तिनीहरू ठक्कर खाएर लड्नेछन्।
सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि
मेरो हृदय डराउनेछैनँ;
मेरो विरुद्धमा लडाइँ चले तापनि
त्यस बेलामा पनि म पूरा निर्धक्क रहनेछु।
याहवेहसँग म एउटै कुरा माग्दछु,
म त्यसैको मात्र खोजी गर्दछु:
कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,
उहाँको सुन्दरता हेर्न पाऊँ,
र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
किनकि सङ्कष्टका दिनमा
उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ;
उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ;
र एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ।
तब मेरो वरिपरिका शत्रुहरूमाथि
मेरो शिर उच्च पारिनेछ;
उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु;
म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।
हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्नुहोस्;
ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।
मेरो हृदयले तपाईंको विषयमा भन्दछ, "उहाँको मुहारको खोजी गर्।"
हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।
मबाट तपाईंको मुहार नलुकाउनुहोस्;
तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्;
तपाईं मेरा सहायक हुनुभएको छ।
हे परमेश्वर, मेरा मुक्तिदाता,
मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।
मेरा बुबाआमाले मलाई त्यागे तापनि
याहवेहले मलाई सम्हाल्नुहुनेछ।
हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्;
र मलाई अत्याचार गर्ने मानिसहरूको कारण,
मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।
मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्;
किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्,
तिनीहरू खराब आरोप लगाउँछन्।
म यसमा अझ विश्वस्त छु:
म जीवितहरूको देशमा
याहवेहको भलाइ देख्नेछु।
याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।
Espera paciente
Esperei com paciência no Senhor e Ele se inclinou para mim. Confie nele e descanse — Ele agirá no tempo certo.
मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ;
उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्नुभयो।
उहाँले मलाई खाडलबाट,
दलदले हिलोबाट तानेर निकाल्नुभयो;
उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो;
र मलाई उभिन स्थिर स्थान दिनुभयो।
उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो;
हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत।
धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्नेछन्,
र उहाँमाथि भरोसा राख्नेछन्।
धन्य हो त्यो मानिस,
जसले याहवेहमा आफ्नो भरोसा राख्दछ,
जसले घमण्डीहरूमा भरोसा राख्दैनन्,
जो झूटो देवहरूपट्टि लाग्दैनन्।
हे याहवेह, मेरा परमेश्वर,
तपाईंले गर्नुभएका अद्भुत कार्यहरू धेरै छन्;
तपाईंले हाम्रो निम्ति गर्नुभएका योजनाहरू धेरै छन्।
तपाईंको तुलना कसैसँग गर्न सकिँदैन;
मैले तपाईंका कामहरूका बारेमा वर्णन गर्नुपर्यो भने,
ती घोषणा गर्न असंख्य हुनेछन्।
तपाईंले बलिदान र भेटी चाहनुभएन,
तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ,
तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन।
तब मैले भनेँ, "हेर्नुहोस्, म आएको छु,
धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ।
म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्वर;
तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।"
म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु;
म मेरा ओठहरू बन्द गर्नेछैनँ;
हे याहवेह, तपाईंले यो जान्नुहुन्छ।
तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ;
तपाईंको विश्वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु।
तपाईंको अचुक प्रेम र तपाईंको सत्यता
म ठूलो महासभामा लुकाउँदिनँ।
हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्;
तपाईंको अचुक प्रेम र तपाईंको विश्वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्।
किनकि असंख्य कष्टहरूले मलाई चारैतिर घेरेका छन्;
मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ।
ती मेरा शिरका केशभन्दा बढी छन्;
यसैले मेरो हृदय हताश भएको छ।
हे याहवेह, मलाई बचाउन प्रसन्न हुनुहोस्;
हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्!
मेरो प्राण लिन खोज्नेहरू
सबै जना शर्ममा र अन्योलमा परून्;
मेरो विनाश चाहनेहरू सबै
पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्!
हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ;
उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ।
उहाँमा नै हाम्रा हृदय रमाउँछन्;
किनकि हामी उहाँको पवित्र नाममा भरोसा राख्दछौँ।
हे याहवेह, हामीले हाम्रो आशा तपाईंमा राखेअनुसार,
तपाईंको अचुक प्रेम हामीमाथि रहोस्।
म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ,
अनि उहाँको वचनमा म आशा राख्दछु।
पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी,
हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी,
म प्रभुको प्रतीक्षा गर्दछु।
हे मेरो प्राण, परमेश्वरमा नै विश्राम गर्;
मेरो आशा उहाँबाटै आउँछ।
याहवेहमा आशा गर
र उहाँकै मार्गमा हिँड;
प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ।
दुष्टको विनाश तिम्रै आँखाले देख्नेछौ।
Confiança e perseverança
Confie no Senhor de todo o coração. Sede pacientes na tribulação — o Senhor é fiel e cumprirá todas as suas promessas.
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
यति मात्र होइन, तर हाम्रो दुःख-कष्टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्टले सहनशीलता, सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ।
तिमीहरू उहाँको महिमित शक्तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्।
त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्लो र पछिल्लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ। तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ।
तिमीहरूलाई थाहै छ, कि कष्ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ।
अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर। किनकि परमेश्वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ। पवित्र धर्मशास्त्रले भन्दछ:
"सबै मानिसहरू घाँसझैँ छन्,
र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्,
घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।"
अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।
केही मानिसले ढिलापनको विषयमा सोचेझैँ, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्न; तर प्रत्येकले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।
"त्यस समय स्वर्गको राज्य दश जना कन्याहरूजस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए। तीमध्ये पाँच जना निर्बुद्धिहरू र पाँच जना बुद्धिमतीहरू थिए। ती निर्बुद्धिहरूले बत्तीहरू त लगे, तर तेल लगेनन्। तर ती बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीहरूसित भाँडोमा तेल पनि लगे। दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, र भुसुक्क निदाए।
"मध्यरातमा एउटा आवाज सुनियो: ‘लौ दुलहा यहाँ आइपुगेका छन्! उनलाई भेट्न निस्किआओ!’
"तब सबै कन्याहरू उठे, र आफ्ना बत्तीहरू ठिक पारे। ती निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेलबाट केही देओ; किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’
"तिनीहरूले जवाफ दिए, ‘हुँदैन, सायद हामी र तिमीहरू दुवैका लागि यो प्रशस्त नहोला। बरु तेल बेच्नेहरूकहाँ जाओ, र आफ्ना लागि केही किन।’
"तर जब तिनीहरू तेल किन्न निस्के, तब दुलहा आइपुगिहाले। ती तयार रहेका कन्याहरू तिनीसित विवाहको भोजमा प्रवेश गरिहाले। अनि ढोका बन्द भयो।
"पछिबाट ती अरू पनि आए, र भने, ‘प्रभु! हे प्रभु! हाम्रा लागि ढोका खोलिदिनुहोस्!’
"तर तिनले जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
"यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ।