Publicidade

Esdras 2

निर्वासनबाट फर्किएर आएकाहरूको सूची

1 बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू 2 यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए):

इस्राएलीहरूका पुरुषहरूको सूची:

3 परोशका सन्तानहरू 2,172 जना;

4 शपत्याहका सन्तानहरू 372 जना;

5 अराहका सन्तानहरू 775 जना;

6 पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना;

7 एलामका सन्तान 1,254 जना;

8 जत्तूका सन्तान 945 जना;

9 जक्‍कैका सन्तान 760 जना;

10 बानीका सन्तान 642 जना;

11 बेबैका सन्तान 623 जना;

12 अज्गादका सन्तान 1,222 जना;

13 अदोनीकामका सन्तान जम्मा 666 जना;

14 बिग्वैका सन्तान 2,056 जना;

15 आदीनका सन्तान 454 जना;

16 आतेरका सन्तान (हिजकियाबाट) 98 जना;

17 बेजैका सन्तान 323 जना;

18 योराका सन्तान 112 जना;

19 हाशूमका सन्तान 223 जना;

20 गिब्बारका सन्तान 95 जना;

21 बेथलेहेमका मानिसहरू 123 जना;

22 नतोपाका मानिसहरू 56 जना;

23 अनातोतका मानिसहरू 128 जना;

24 अज्मावेतका मानिसहरू 42 जना;

25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;

26 रामा र गेबाका मानिसहरू 621 जना;

27 मिकमाशका मानिसहरू 122 जना;

28 बेथेल र ऐका मानिसहरू 223 जना;

29 नेबोका मानिसहरू 52 जना;

30 मग्बीसका मानिसहरू 156 जना;

31 अर्को एलामका मानिसहरू 1,254 जना;

32 हारीमका मानिसहरू 320 जना;

33 लोद, हादीद र ओनोका मानिसहरू 725 जना;

34 यरीहोका मानिसहरू 345 जना;

35 सेनाहका मानिसहरू 3,630 जना।

36 पुजारीहरू:

यदायाहका सन्तानहरू

(येशूआको परिवारबाट) 973 जना;

37 इम्मेरको परिवारबाट 1,052 जना;

38 पशहूरको परिवारबाट 1,247 जना;

39 हारीमको परिवारबाट 1,017 जना।

40 लेवीहरू:

येशूआका र कदमिएलका सन्तानहरू

(होदवियाहको वंश) 74 जना।

41 गायकहरू:

आसापका सन्तानहरू 128 जना।

42 मन्दिरका द्वारपालहरू:

शल्‍लूम, आतेर, तल्मोन,

अक्‍कूब, हतीता र शोबैका

सन्तानहरू 139 जना।

43 मन्दिरका सेवकहरूका सन्तानहरू:

सीहा, हसूपा, तब्बाओत,

44 केरोस, सीआ, पादोन,

45 लेबाना, हागाबा, अक्‍कूब,

46 हागाब, शल्मै, हानान,

47 गिद्देल, गहर, रायाह,

48 रसीन, नकोदा, गज्जाम,

49 उज्जा, पसेह, बेसै,

50 अस्‍ना, मोनीम, नेपुसीम,

51 बक्बूक, हकूपा, हरहूर,

52 बस्लूत, महीदा, हर्शा,

53 बर्कोस, सीसरा, तेमह,

54 नसीह र हतीपा।

55 सोलोमनका सेवकहरूका सन्तानहरू:

सोतै, सोपेरेत,

परुदाका सन्तानहरू,

56 याला, दर्कोन, गिद्देल,

57 शपत्याह, हत्तील,

पोकेरेत-हसेबायीम र आमी

58 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना।

59 तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:

60 दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना।

61 अनि पुजारीहरूमध्येबाट:

होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।

62 यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए। 63 राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।

64 सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो। 65 यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए। 66 तिनीहरूका 736 घोडा, 245 खच्‍चर, 67 435 ऊँट र 6,720 वटा गधा थिए।

68 जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्‍वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए। 69 तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक सुन, 5,000 मीना चाँदी र 100 पुजारीका पोशाकहरू दिए।

70 पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे।

Veja também

Publicidade
Esdras
Ver todos os capítulos de Esdras
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-