Família de Deus
A família de Deus transcende laços de sangue. Em Cristo, somos adotados como filhos, irmãos uns dos outros e membros de uma família eterna — a Igreja.
Adotados por Deus
Recebemos o espírito de adoção pelo qual clamamos: Abba, Pai! Se filhos, também herdeiros — herdeiros de Deus e co-herdeiros com Cristo.
किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई "अब्बा, पिता" भनी पुकार्दछौँ। परमेश्वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ। यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ।
तर जब तोकिएको समय आयो, तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनमा जन्मनुभयो। व्यवस्थाका अधीनमा हुनेहरूलाई मोल तिरेर छुटाउन र हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो। किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभएको हो। त्यही आत्माले उहाँलाई, "अब्बा, पिता" भनी पुकार्नुहुन्छ। यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्वरका पुत्र हौ र तिमी उहाँको पुत्र हौ भने परमेश्वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुहुन्छ।
यसकारण ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ। किनकि तिमीहरू जति जनाले ख्रीष्टमा बप्तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्टलाई धारण गरेका छौ। अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै जना एक हौ।
हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार उहाँले येशू ख्रीष्टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो, ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैँमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्।
एफिसीहरूका निम्ति प्रार्थना
यसैकारण म पिताको सामु घुँडा टेक्दछु, जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाम राखिएको छ।
तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्वरबाट जन्मेका हुन्।
A comunidade de fé
Não abandonem a congregação. Somos um corpo em Cristo, membros uns dos outros, chamados a amar e a servir.
कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौँ; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौँ।
कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र? अनि सबै जना अनुशासनको भागी भएर जान्छन्; यदि तिमीहरूलाई अनुशासनमा राखिएन भने तिमीहरू वैधानिक होइनौ, साँचो छोराछोरीहरू होइनौ। यसबाहेक हामीलाई अनुशासन राख्ने हाम्रा शारीरिक बुबाहरू थिए, र हामीले तिनीहरूलाई आदर गर्यौँ भने झन् कति बढी हाम्रा आत्माहरूका पिताको अधीनमा रहनुपर्छ र जिउनुपर्छ! उहाँहरूलाई असल लागेअनुसार हामीलाई केही समयसम्म अनुशासनमा राख्नुभयो, तर हामी परमेश्वरको पवित्रतामा सहभागी होऔँ भनेर परमेश्वरले हामीलाई हाम्रै भलाइको लागि अनुशासनमा राख्नुहुन्छ।
त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ।
एउटा अङ्गमा पीडा भयो भने सबै अङ्गहरूले सँगै पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरू त्योसँग रमाउँछन्।
फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ। त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ; अनि जसको मुख्य ढुङ्गो ख्रीष्ट येशू आफैँ हुनुहुन्छ। उहाँमा नै पूरै भवन ठिकसँग जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर बन्नलाई बढ्दैजान्छ। अनि उहाँमा तिमीहरू पनि आत्माद्वारा वासस्थान बन्नलाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्वर आफ्नो आत्माद्वारा बास गर्नुहुन्छ।
Quem é minha família?
Jesus disse: quem faz a vontade de Deus, esse é meu irmão e irmã. A família de Deus inclui todos os que creem.
उहाँले भन्नुभयो, "मेरी आमा र मेरा भाइहरू को हुन्?"
तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेरेर भन्नुभयो, "मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्! जसले परमेश्वरको इच्छा पालन गर्दछन्, ती नै मेरा भाइ र बहिनी र आमा हुन्।"
घरमा कुनै पनि दासको स्थायी स्थान हुँदैन। तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ।
येशूले तिनीहरूलाई भन्नुभयो, "यदि तिमीहरूका पिता परमेश्वर हुनुभएको भए त तिमीहरूले मलाई प्रेम गर्नेथियौ। किनकि म परमेश्वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफैँ आएको होइनँ, तर मलाई परमेश्वरले पठाउनुभयो।
विधवाहरू, प्रधानहरू र सेवकहरूबारे सल्लाह
वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बुबाझैँ ठानी राम्ररी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइहरूलाईझैँ व्यवहार गर। वृद्ध स्त्रीहरूलाई आमाझैँ, र युवतीहरूलाई सम्पूर्ण पवित्रतामा बहिनीहरूलाईझैँ व्यवहार गर।
हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन। प्रिय मित्रहरू हो, अहिले हामी परमेश्वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ।
यसकारण मौका छँदै सबै मानिसहरूको भलाइ गर्दै जाऔँ, विशेष गरी विश्वासमा हुने परिवारलाई भलाइ गरौँ।