Filhos de Deus
Ser filho de Deus é o maior privilégio da existência humana. Pela fé em Cristo, recebemos o direito de ser chamados filhos de Deus — herdeiros de Deus e co-herdeiros com Cristo.
O direito de ser filho
A todos que creram no nome de Jesus, deu-lhes o poder de serem feitos filhos de Deus — nascidos não do sangue, mas de Deus.
तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्वरबाट जन्मेका हुन्।
किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
तर यो लेखिएको छ, कि तिमीहरूले येशू नै परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनेर विश्वास गर। अनि विश्वास गरेको कारण तिमीहरूले उहाँको नाममा जीवन प्राप्त गर्न सक।
यसकारण ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ। किनकि तिमीहरू जति जनाले ख्रीष्टमा बप्तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्टलाई धारण गरेका छौ।
तर जब तोकिएको समय आयो, तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनमा जन्मनुभयो। व्यवस्थाका अधीनमा हुनेहरूलाई मोल तिरेर छुटाउन र हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो।
यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्वरका पुत्र हौ र तिमी उहाँको पुत्र हौ भने परमेश्वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुहुन्छ।
A identidade dos filhos
O Espírito testifica com nosso espírito que somos filhos de Deus. E se filhos, também herdeiros — herdeiros de Deus.
किनकि तिनीहरू, जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान पदमा पनि हुन्। किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई "अब्बा, पिता" भनी पुकार्दछौँ।
परमेश्वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ।
यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ।
"तर पनि इस्राएलीहरू समुद्रको किनारका बालुवाझैँ हुनेछन्, जसलाई नाप्न सकिँदैन, न त गन्न नै सकिन्छ। जहाँ तिनीहरूलाई, ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको ठाउँमा, ‘जीवित परमेश्वरका सन्तान’ भनिनेछ।
तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका सन्तान हौ। मरेकाहरूका निम्ति शोक मनाउन तिमीहरूले आफूलाई नकाट्नू वा आफ्नो शिरको अगाडिको कपाल नखौरनू; किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका निम्ति एक पवित्र जाति हौ। सारा पृथ्वीभरिका सबै जातिहरूबाट याहवेहले तिमीहरूलाई उहाँको निज सम्पत्ति हुन चुन्नुभएको छ।
Viver como filhos
Vede que grande amor o Pai nos concedeu: que fôssemos chamados filhos de Deus! E é isso que somos.
हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन।
परमेश्वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्ने कुरा हामीले यसैबाट जान्दछौँ: जे ठिक छ, त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्वरको सन्तान होइन।
मेलमिलाप गराउनेहरू धन्य हुन्,
किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्।
उहाँले सोध्नुभयो, "तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?"
सिमोन पत्रुसले उत्तर दिए, "तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।"
येशूले जवाफ दिनुभयो, "योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो।
कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र? अनि सबै जना अनुशासनको भागी भएर जान्छन्; यदि तिमीहरूलाई अनुशासनमा राखिएन भने तिमीहरू वैधानिक होइनौ, साँचो छोराछोरीहरू होइनौ।