Publicidade

2 Pedro 1

1 येशू ख्रीष्‍टको सेवक र प्रेरित सिमोन पत्रुसबाट,

तिनीहरूलाई जसले हाम्रा परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकताद्वारा हाम्रोजस्तै बहुमूल्य विश्‍वास पाएका छन्:

2 परमेश्‍वर र येशू हाम्रा प्रभुको ज्ञानद्वारा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त मात्रामा होऊन्!

बोलावट र छनौटको निश्‍चयता

3 उहाँको ईश्‍वरीय शक्तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रो जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ। 4 जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ। यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्‍वरीय स्वभावमा सहभागी होओ, र दुष्‍ट इच्छाहरूले ल्याउने संसारको भ्रष्‍टतादेखि भाग्नसक्छौ।

5 यसैको निम्ति नै आफ्नो विश्‍वासमा सद्गुण र सद्गुणमा ज्ञान, 6 ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, 7 भक्तिमा भातृ-स्‍नेह र भातृ-स्‍नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर। 8 किनकि यी गुणहरू तिमीहरूमा प्रशस्त मात्रामा छन् भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी गुणहरूले तिमीहरूलाई बेकम्मा र फलरहित हुनबाट बचाउनेछन्। 9 तर कसैमा यी कुराहरू छैनन् भने ऊ नजिकै मात्र देख्ने एक दृष्‍टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्‍ने कुरा भुलेको हुन्छ।

10 यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्‍चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्‍यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ; 11 अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।

पवित्र धर्मशास्त्रको अगमवाणी

12 यसर्थ तिमीहरूले यी कुराहरू जानेर अहिले तिमीहरूसित भएको सत्यतामा स्थिरतापूर्वक स्थापित भएका भए तापनि तिमीहरूलाई यी कुराहरू सधैँ स्मरण गराउनेछु। 13 म यो शरीररूपी पालमा होउन्जेल तिमीहरूको सम्झनालाई ताजा गरिराख्न उचित ठान्दछु। 14 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई स्पष्‍ट पार्नुभएझैँ, म चाँडै नै यसलाई पन्छाउनेछु भनी जान्दछु। 15 अनि मेरो मृत्युपछि पनि तिमीहरूले यी कुराहरू सम्झिराख्न सक्ने तुल्याउनलाई म सकेसम्म प्रयास गर्नेछु।

16 हाम्रा प्रभु येशू ख्रीष्‍टको शक्ति र आगमनको सम्बन्धमा तिमीहरूलाई बताउँदा हामीहरू कुनै धूर्त दन्त्यकथाहरूको पछि लागेनौँ, तर हामी त उहाँका वैभव देख्ने साक्षीहरू थियौँ। 17 किनकि उहाँले परमेश्‍वर पिताबाट इज्जत र महिमा प्राप्‍त गर्नुभयो, जुन बेला महिमामय गौरवबाट यसो भन्‍ने आवाज उहाँकहाँ आयो, "यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।" 18 त्यो पवित्र डाँडामा जब हामी उहाँसित हुँदा स्वर्गबाट आएको त्यो आवाज हामी आफैँले सुनेका थियौँ।

19 अनि हामीसित भएका अगमवक्ताका लेखाइहरू अझ निश्‍चित भएका छन्; अनि दिनको उदय भएर बिहानीको तारा तिमीहरूको हृदयमा उदय नभएसम्म अन्धकार स्थानमा ज्योति चम्केझैँ तिमीहरूले यस कुरामाथि ध्यान दिनु असलै हुनेछ। 20 मुख्य कुरा, तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्; 21 किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोलेका हुन्।

Veja também

Publicidade
2 Pedro
Ver todos os capítulos de 2 Pedro
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-