Guardar o coração
Guardar o coração é o mandamento mais urgente de Provérbios. Sobre tudo o que se deve guardar, guarda o teu coração, porque dele procedem as fontes da vida.
Sobre tudo, guarda o coração
O coração é a nascente de tudo — pensamentos, desejos, decisões. Guardá-lo é proteger toda a vida espiritual e emocional.
यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख;
किनकि यो नै सारा जीवनको मूल हो।
भनाइ 18
हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ,
र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन;
बुद्धिबाट प्राप्त हुने लाभहरू
हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स;
तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख;
किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ,
र तिम्रा लागि शान्ति र उन्नति ल्याउनेछ।
असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
Coração puro e renovado
Cria em mim um coração puro, ó Deus. Os puros de coração verão a Deus — e o Espírito renova nosso interior.
हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,
र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
शुद्ध हृदय हुनेहरू धन्य हुन्,
किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई चिन्नुहोस्;
मलाई खार्नुहोस् र मेरा चिन्तित विचारहरू जान्नुहोस्।
हेर्नुहोस्, मभित्र कुनै आपत्तिजनक चाल पो छ कि,
र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस्!
हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्।
मेरो हृदय र मन जाँचेर हेर्नुहोस्;
किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ;
र म तपाईंको विश्वासयोग्यतामा हिँडेको छु।
यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने,
राति आएर मलाई जाँच गर्नुभए तापनि
तपाईंले मभित्र केही पनि दुष्ट योजना भेट्टाउनुहुनेछैन;
मैले संकल्प गरेको छु, मेरो ओठले पाप गर्नेछैन।
यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्;
तपाईंको मुखबाट निस्केका आज्ञाद्वारा
मैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु।
मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्;
मेरा पाउहरू चिप्लेका छैनन्।
हे परमेश्वर, मेरो हृदय स्थिर छ,
मेरो हृदय स्थिर छ;
म गाउनेछु र धुन बजाउनेछु।
Guardar com a Palavra
Não vos conformeis com este mundo. A Palavra de Deus guardada no coração nos protege do pecado e nos direciona.
यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।
व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
मेरो सारा हृदयले तपाईंलाई खोज्दछु;
तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
तपाईंको विरुद्धमा पाप नगरूँ भनेर,
तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु।
याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख।
तब तिनले तिनीहरूलाई भने, "मैले आजको दिन तिमीहरूलाई गम्भीर रूपले घोषणा गरेका यी सबै वचनहरू हृदयमा लिनू; ताकि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्नलाई आज्ञा दिन सक।
Vigilância e paz
A paz de Deus guarda nossos corações em Cristo Jesus. Chegai-vos a Deus, purificai os corações — e Ele estará convosco.
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्। तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ।
परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ।
ख्रीष्टमा नयाँ जीवन जिउनु
यसैले तिमीहरू ख्रीष्टसित जिइउठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ।
Este artigo te tocou? Faça uma oração!
+581 estão orando agora.
Junte-se à corrente de oração.