Ídolos
A Bíblia condena a idolatria com veemência. Um ídolo é qualquer coisa que ocupa o lugar de Deus no coração. Os cristãos são chamados a guardar-se dos ídolos e servir ao Deus vivo.
Guardai-vos dos ídolos
Filhinhos, guardai-vos dos ídolos. A cobiça é idolatria. Tudo que ocupa o trono de Deus no coração é um ídolo.
प्यारा नानीहरू हो, तिमीहरूको हृदयमा परमेश्वरको स्थान लिने कुनै पनि कुराबाट अलग रहो।
यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो।
किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेडेका छन्।
तिमीहरूले मेरो साथमा अरू देवी-देवताहरू नबनाउनू, न त आफ्ना निम्ति चाँदी वा सुनका देवी-देवताहरू नै बनाउनू।
"तर तिमीहरू इजिप्टबाट निस्केर आएको समयदेखि नै,
म याहवेह तिमीहरूका परमेश्वर हुँ;
अनि तिमीहरूले मबाहेक अरू कसैलाई पनि परमेश्वर भनी स्वीकार नगर्नू,
मबाहेक अर्को कोही पनि मुक्तिदाता छँदैछैन।
O único Deus verdadeiro
O Senhor é Deus nos céus e na terra — não há outro. Escolham hoje a quem servir, mas eu e a minha casa serviremos ao Senhor.
माथि स्वर्गमा र तल पृथ्वीमा याहवेह परमेश्वर हुनुहुन्छ। उहाँबाहेक अर्को कोही छैन भनी आजको दिन यो कुरा हृदयमा मनन गर, र स्वीकार गर।
याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूले पछ्याउनू। अनि तिमीहरूले उहाँकै आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र आज्ञाकारी हुनू; उहाँकै सेवा गर्नू। अनि उहाँमा विश्वासयोग्य भइरहनू।
तर यदि याहवेहको सेवा गर्न तिमीहरूलाई इच्छा लाग्दैन भने तिमीहरूले कसको सेवा गर्ने हो, नदीपारि तिमीहरूका पितापुर्खाहरूले पुजेका देवी-देवताहरू या तिमीहरू अहिले बसिरहेका एमोरीहरूका ठाउँका देवी-देवताहरू, सो रोज। तर म र मेरो घरानाले चाहिँ याहवेहकै सेवा गर्नेछौँ।"
दुष्ट काम गर्नेहरू परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैनन् भनेर के तिमीहरूलाई थाहा छैन? धोकामा नपर: न यौन अनैतिक व्यक्तिहरू, न मूर्तिपूजकहरू, न व्यभिचारीहरू, न समलिङ्गीहरू, न चोरहरू, न लोभीहरू, न मतवालाहरू, न निन्दा गर्नेहरू, न त लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछन्।
Vencer a idolatria
Não tenhas comunhão com as obras das trevas. Revesti-vos da armadura de Deus para resistir às ciladas do diabo.
अन्धकारका निष्फल कार्यहरूमा सहभागी नहोओ, बरु तिनीहरूलाई प्रकट गरिदेओ। अनाज्ञाकारीहरूले गुप्तमा जे गर्छन्, त्यो भन्नु पनि लज्जास्पद कुरा हो।
परमेश्वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक।
संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग बिन्ती गर्दिनँ, तर दुष्टको शक्तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी बिन्ती गर्छु।
तेरो विरुद्धमा बनाइएको हतियार पनि काम लाग्नेछैन;
अनि तँलाई दोष लगाउने हरेक जिब्रोलाई तैँले चुप लगाउनेछस्।
याहवेहका सेवकहरूका पैतृक सम्पत्ति यही हो,
र तिनीहरूप्रति मेरो धार्मिकताको प्रमाण यही हो"
याहवेह घोषणा गर्नुहुन्छ।
खराबीद्वारा पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
दुष्टताबाट अलग बस र भलाइ गर;
शान्ति खोज, र त्यसको पछि लाग।
मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो।