Intimidade com Deus
A intimidade com Deus é o maior privilégio do cristão. Ele nos convida a nos aproximar, a conhecê-lo profundamente e a desfrutar de comunhão diária com o Criador do universo.
Aproximar-se de Deus
Chegai-vos a Deus e Ele se chegará a vós. Deus deseja intimidade, não religiosidade. Ele busca os que o buscam de todo coração.
परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
"हे सबै तिर्खाएकाहरू हो,
पानीनिर आओ;
जससित धन छैन, तिमीहरू पनि आओ,
र किनेर खाओ!
आओ, विनाधन, विनामूल्य
दाखमद्य र दूध किन!
जे कुरा रोटी होइन, त्यसका निम्ति तिमीहरू किन रकम खर्च गर्छौ;
अनि जुन कुराले सन्तुष्ट पार्दैन, त्यसको निम्ति किन परिश्रम गर्छौ?
सुन, मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ,
ताकि तिमीहरूको प्राण उत्तम भोजनमा तृप्त हुन सकोस्।
कान थाप र मकहाँ आओ;
मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक।
म तिमीहरूसित अनन्तको करार बाँध्नेछु;
दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्वासयोग्य प्रेम।
हेर, मैले त्यसलाई जातिहरूका बीच साक्षी बनाएको छु;
मानिसहरूका शासक र सेनापति ठहराएको छु।
निश्चय तिमीहरूले नजानेका राष्ट्रहरूलाई तिमीहरू बोलाइपठाउनेछौ;
अनि याहवेह इस्राएलका पवित्र परमेश्वरका कारण
तिमीहरूलाई नचिनेका जातिहरू
तिमीहरूतिर हतारसाथ आउनेछन्;
किनकि उहाँले तिमीहरूलाई गौरवले भर्नुभएको छ।"
जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज!
उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!
तिनीहरूले पुकार गर्नुभन्दा अगाडि म जवाफ दिनेछु;
तिनीहरूले बोल्दाबोल्दै म सुन्नेछु।
‘मलाई पुकार् र म तँलाई जवाफ दिनेछु; अनि तैँले नजानेका महान् र गुप्त कुराहरू म तँलाई बताउनेछु।’
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
Sede de Deus
Como a corça deseja as correntes de água, assim a minha alma suspira por ti, ó Deus. A intimidade nasce do desejo profundo.
जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ,
त्यसरी नै हे मेरा परमेश्वर, म तपाईंको तिर्सना गर्दछु।
मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ।
म कहिले जाऊँ र परमेश्वरलाई भेटूँ?
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ;
म दिलोज्यानले तपाईंलाई खोज्दछु;
पानी नभएको सुक्खा र बाँझो जमिनमा,
मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।
पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु,
र तपाईंको शक्ति र महिमालाई देखेको छु।
तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ;
यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।
मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु,
र तपाईंको नाममा म मेरो हात उचाल्नेछु।
मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्ट हुनेछ;
स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।
मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु;
रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु।
किनकि तपाईं मेरो सहायक हुनुहुन्छ;
म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु।
मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ;
तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ।
मलाई मार्न खोज्नेहरूचाहिँ नष्ट पारिनेछन्;
तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्।
तिनीहरू तरवारद्वारा मारिनेछन्;
र स्यालहरूको आहारा हुनेछन्।
तर राजा परमेश्वरमा आनन्दित हुनेछन्;
परमेश्वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्;
जबकि झूटो बोल्ने मुख थुनिनेछ।
Unidade com o Pai
Jesus orou pela unidade dos seus com o Pai. A intimidade com Deus inclui confissão, perdão e alegria na comunhão.
तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु: म तिनीहरूमा अनि तपाईं ममा, तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहुन्छ भन्ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्।
याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ;
तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ।
उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ;
उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन,
तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।"
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।