Irrepreensível
Ser irrepreensível não é ser perfeito — é viver com integridade diante de Deus e dos homens. A Bíblia nos chama a buscar uma vida reta, pura e sem manchas visíveis de hipocrisia.
O padrão divino
Deus é perfeito e chama seus filhos à integridade. A palavra de Deus é purificada e Ele é escudo dos que caminham na retidão.
परमेश्वरको बारेमा भन्नुपर्दा, उहाँका मार्ग सिद्ध छ:
याहवेहको वचन दोषरहित छ;
उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ।
परमेश्वरको बारेमा भन्नुपर्दा, उहाँका मार्ग सिद्ध छ:
याहवेहको वचन दोषरहित छ;
उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ।
तिनीहरू धन्यका हुन्, जो निर्दोष जीवन जिउँछन्,
जो याहवेहका व्यवस्थाअनुसार हिँड्छन्।
त्यो मानिस, जसको जीवन निर्दोष छ;
जसले धर्मी काम गर्छ,
जसले आफ्नो हृदयबाट सत्य बोल्छ,
जसको जिब्रोले अरूको निन्दा गर्दैन,
जसले आफ्नो छिमेकीको खराबी गर्दैन,
र मित्रहरूको अपमान गर्दैन;
उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ;
निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,
Buscar a perfeição em Cristo
Todos tropeçamos em muitas coisas, mas o alvo é a maturidade. Cristo é a fonte da salvação eterna para todos os que lhe obedecem.
हामी धेरै प्रकारले ठक्कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ।
हाम्रा पिता परमेश्वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो: अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्टमा हेरचाह गर्नु; अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु।
हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न।
एकपल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो;
येशूले उत्तर दिनुभयो, "यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।"
Vida íntegra
Que a vossa alegria seja completa! Vivam em harmonia, sejam irrepreensíveis — transformados pela renovação da mente.
मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्!
अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ।
यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।
दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको नाममा आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू एक-अर्काका कुरामा सहमत होओ, र तिमीहरूका बीचमा कुनै फाटो नहोस्; तर तिमीहरू एउटै मन र एउटै विचारमा पूर्ण रूपमा एक होओ।
अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।
यसकारण यदि ख्रीष्टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्नेह र सहानुभूति छ भने, एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर। स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर।
तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मन होस्:
उहाँ स्वभावमा परमेश्वर भएर पनि
परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन;
तर आफैँलाई रित्त्याईकन
एउटा सेवकको रूप लिएर
मानिसको प्रतिरूपमा बनिनुभयो।
अनि स्वरूपमा मानिसजस्तै भएर,
उहाँले आफैँलाई नम्र तुल्याउनुभयो,
र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै
आज्ञाकारी हुनुभयो।
त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो,
र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ,
यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका,
हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ;
अनि परमेश्वर पिताको महिमाको निम्ति,
हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।
यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर। किनकि तिमीहरूमा काम गर्ने परमेश्वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ।
गनगन र वाद-विवाद नगरी सबै काम गर; ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, "टेढो र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान बन्न सक।" तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ। यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको पुनरागमनमा म गर्व गर्न सकूँ। तर यदि तिमीहरूको विश्वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु। त्यसै गरी तिमीहरू पनि मसँगै खुशी र आनन्दित हुनुपर्छ।
म प्रभु येशूमा आशा गर्दछु, यस हेतुले कि तिमोथीलाई चाँडै नै तिमीहरूकहाँ पठाउन सकूँ, ताकि म तिमीहरूको बारेमा खबर पाएर प्रसन्न हुन सकूँ। मसित तिनीजस्तो अर्को मानिस छैन, जसले तिमीहरूको भलाइ मात्र सोच्छ। किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्टको इच्छा खोज्दैनन्। तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ; किनकि एउटा छोराले बुबासँगै काम गरेझैँ, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे। यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु। अनि म प्रभुमा निश्चित छु, कि म आफैँ पनि चाँडै आउनेछु।
तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचोहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, तिनलाई तिमीहरूकहाँ फेरि फर्काएर पठाउन मैले आवश्यक ठानेको छु। किनकि तिनले तिमीहरू सबैको तिर्सना गरिरहेका छन्, र तिनी बिरामी छन् भनी तिमीहरूले सुनेका हुनाले तिनी दुःखित भएका छन्। वास्तवमा तिनी बिरामी भएर झण्डै मरेका थिए। तर परमेश्वरले तिनीमाथि दया गर्नुभयो। तिनीमाथि मात्रै होइन, तर ममाथि पनि दया गर्नुभयो; ताकि ममाथि शोकमाथि अझै शोक नथपियोस्। यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्। यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर; किनकि तिनी ख्रीष्टको कामका निम्ति झण्डै मृत्युमा पुगेका थिए। तिनले तिमीहरू आफैँले मेरा निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले।
यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर।
तर उहाँले मैले लिएको मार्ग जान्नुहुन्छ;
जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म निखुर सुनजस्तै भएर आउनेछु।
मेरा खुट्टाहरूले उहाँका पाइलाहरूलाई नजिकबाट पछ्याएका छन्;
मैले नतर्किकन उहाँका मार्गहरूलाई पछ्याएको छु।