Jovens
Deus tem planos maravilhosos para os jovens. A Bíblia os convida a consagrar a juventude ao Senhor, crescer em sabedoria e ser exemplo para todos em fé, palavra, conduta e amor.
Ninguém despreze a tua mocidade
Paulo exortou Timóteo: sê exemplo dos fiéis na palavra, no procedimento, no amor, no espírito, na fé e na pureza.
तिमी जवान भएको कारणले कसैले पनि तिमीलाई तुच्छ दृष्टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्वासमा र शुद्धतामा विश्वासीहरूको लागि उदाहरण बन।
त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ।
हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ। "आफ्ना बुबा र आमाको आदर गर।" यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो, "ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।"
हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ। "आफ्ना बुबा र आमाको आदर गर।" यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो,
Lembrar do Criador na juventude
Lembra-te do teu Criador nos dias da tua mocidade. A sabedoria ganha cedo produz frutos duradouros na vida inteira.
आफ्नो युवाअवस्थामा नै
आफ्नो सृष्टिकर्तालाई सम्झ!
दुःखको समय र वृद्धावस्था आउनुभन्दा पहिल्यै,
"यस समयमा मेरो मन लाग्दैन"
भन्ने वर्षहरू आउनुभन्दा अगि नै—
आफ्नो युवाअवस्थामा नै
आफ्नो सृष्टिकर्तालाई सम्झ!
दुःखको समय र वृद्धावस्था आउनुभन्दा पहिल्यै,
"यस समयमा मेरो मन लाग्दैन"
भन्ने वर्षहरू आउनुभन्दा अगि नै—
सूर्य र प्रकाश,
चन्द्रमा र ताराहरू अँध्यारो हुन अगि,
वर्षापछि बादल फर्कनुभन्दा अगि नै,
जब घरको हेरचाह गर्नेहरू काम्दछन्,
र बलिया मानिसहरू कुप्रो पर्छन्,
जाँतोका दाँतहरू झरेर कम भएका कारण जाँतो पिँध्नेहरूले काम बन्द गर्दछन्,
र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्;
हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ;
जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्।
आफ्ना हृदयले चाहेको
र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ!
तर याद राख: यी सबै कुराहरूका लागि
परमेश्वरले तिमीलाई लेखा लिनुहुनेछ।
यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख,
र शरीरका कष्टहरूलाई पनि फ्याँकिदेऊ;
किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।
एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्लाह लिने भन्ने कुरा पनि जान्दैन।
Força e promessa
Os jovens renovam suas forças quando esperam no Senhor. Deus levanta jovens com visões e sonhos para transformar o mundo.
जवानहरू पनि थाक्छन् र गल्छन्;
अनि जवान मानिसहरू ठक्कर खाएर लड्छन्;
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
"अनि यसपछि,
म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु।
तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्;
तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्;
तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्।
ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू,
स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु।
ती चार जवान मानिसहरूलाई परमेश्वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए।
राजाले तिनीहरूलाई आफ्नो सेवामा ल्याउन तोकेको समयको अन्तमा, ती प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नबूकदनेसरकहाँ प्रस्तुत गरे। राजाले तिनीहरूसँग कुरा गरे; अनि अरू कसैलाई पनि दानिएल, हनन्याह, मिशाएल र अजर्याहको बराबर भेट्टाएनन्; यसकारण तिनीहरू राजाको सेवा गर्नलाई नियुक्त भए।
जवान मानिसहरूको गौरव तिनीहरूको बल हो;
वृद्धहरूको शोभा फुलेको केश हो।
बालकको चरित्र शुद्ध र ठिक छ कि छैन भनी
उसको चालचलनबाट नै थाहा पाइन्छ।
Guardar o caminho
Como purificará o jovem seu caminho? Guardando-o segundo a tua Palavra. A Escritura na juventude guarda do pecado a vida inteira.
जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ?
तपाईंको वचनअनुसार जीवन बिताएर नै हो।
तपाईंको विरुद्धमा पाप नगरूँ भनेर,
तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु।
किनकि हे सार्वभौम याहवेह, तपाईं मेरो आशा हुनुहन्छ;
युवाअवस्थादेखि नै तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
युवकहरू र युवतीहरू,
वृद्ध मानिसहरू र बालकहरू; सबैले याहवेहको प्रशंसा गर!
तिनीहरू सबैले याहवेहका नामको प्रशंसा गरून्;
किनकि उहाँको नाम मात्र सबैभन्दा महान् छ;
उहाँको वैभव पृथ्वी र आकाशभन्दा पनि उच्च छ।
इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू:
बुद्धि र अनुशासन प्राप्त गर्नका निम्ति,
अन्तर्दृष्टिका वचनको समझ प्राप्त गर्नका निम्ति,
विवेकी आचरणको अनुशासन प्राप्त गर्नको निम्ति
जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,
सोझाहरूलाई समझदार,
जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति—
हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ;
अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ।
धेरै दाखमद्य पिउनेहरू,
अथवा मुखमा मासु हसुर्नेहरूसित सङ्गत नगर;
किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्;
र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ।
तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन,
र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।
Coragem e vocação
Deus chamou jovens como Jeremias e Josué para grandes missões. A juventude não é desculpa — é oportunidade de servir poderosamente.
तब मैले भनेँ, "हे प्रभु याहवेह, म बोल्न जान्दिनँ; किनभने म त बालकै छु।"
तर याहवेहले मलाई भन्नुभयो, "म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्नैपर्छ। तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु," याहवेह घोषणा गर्नुहुन्छ।
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो। तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्नेछु। जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।" "मलाई तिमीहरूले भेट्टाउनेछौ, याहवेह घोषणा गर्नुहुन्छ; अनि म तिमीहरूलाई कैदबाट फर्काइल्याउनेछु। तिमीहरूलाई मैले धपाएर पठाएका सबै राष्ट्रहरू र ठाउँहरूबाट भेला गर्नेछु। अनि जुन ठाउँबाट मैले तिमीहरूलाई निर्वासनमा पठाएँ, त्यही ठाउँमा म तिमीहरूलाई फर्काएर ल्याउनेछु," याहवेह घोषणा गर्नुहुन्छ।
"बलियो र खूब साहसी बन्। मेरो सेवक मोशाले तँलाई दिएको सारा व्यवस्था होसियारीसाथ पालन गर्; त्यसबाट दायाँ अथवा बायाँतिर नलाग्नू। तँ जहाँ गए तापनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।"
हे जवानहरू हो, यसरी नै मण्डलीका प्रधानहरूको अधीनमा बस। नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर; किनकि,
"परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ,
तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।"
यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
हे प्यारा बालकहरू हो, म तिमीहरूलाई लेख्दछु;
किनकि तिमीहरूले पितालाई चिनेका छौ।
हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु;
किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ।
हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु;
किनकि तिमीहरू बलिया छौ,
र परमेश्वरको वचन तिमीहरूमा रहन्छ,
र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।
दिनको उज्यालोमा झैँ, हामी असल चालचलनमा जिऔँ, मोजमस्तीमा र मतवालापनमा होइन, यौन अनैतिकतामा र भ्रष्ट आचरणमा होइन, झगडामा र डाहमा होइन।
आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु
मानिसका निम्ति असल हुन्छ।