Frutos do Espírito
Os frutos do Espírito são evidências visíveis da presença de Deus na vida do crente. Amor, alegria, paz, paciência — são marcas que diferenciam os filhos de Deus no mundo.
O fruto do Espírito
O fruto do Espírito é amor, alegria, paz, paciência, amabilidade, bondade, fidelidade, mansidão e domínio próprio. Contra estas coisas não há lei.
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वासयोग्यता, नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।
किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले तिमीहरू प्रभुमा ज्योति हौ। त्यसैले ज्योतिका सन्तानझैँ हिँड। किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ; अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज।
तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।
यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको लागि मरेका छौ, ताकि तिमीहरू मृत्युबाट पुनर्जीवित पारिनुभएका ख्रीष्टका हुन सक। अनि परमेश्वरका निम्ति फल फलाउन सक। किनकि जब हामी पापमय स्वभावको नियन्त्रणमा थियौँ, व्यवस्थाले जगाएका पापमय अभिलाषाहरूले हाम्रो शरीरमा काम गर्दथ्यो। यसैले हामीले मृत्युको लागि फल फलाउने गर्दथ्यौँ। तर अब हामी व्यवस्थाबाट स्वतन्त्र भइसकेका छौँ। ताकि जे कुराले हामीलाई नियन्त्रण गरेको थियो, त्यसका लागि मरेका छौँ, र पुरानो लिखित व्यवस्थामा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्न सकौँ।
जुन कुराको निम्ति अहिले तिमीहरू लज्जित छौ, ती कुराहरूबाट तिमीहरूलाई के फाइदा भएको थियो र? ती कुराहरूको परिणाम त मृत्यु हो। तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्वरका सेवकहरू भएका छौ। परमेश्वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्याउँछ र यसको परिणाम अनन्त जीवन हो।
Permanecer em Cristo
Quem permanece em Cristo dá muito fruto. Toda árvore boa produz bons frutos — e é pelo fruto que se conhece a árvore.
ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगा दाखको बोटमा रहिरहेन भने आफैँ फल फलाउन सक्दैन। त्यसै गरी ममा रहिरहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ।
"दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ।
तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ।
"कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। हरेक रूख त्यसको आफ्नो फलबाटै चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न त ऐँसेलुको झाँगबाट अङ्गुर बटुल्छन्। असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
पश्चात्ताप लायकका फल फलाओ।
Semear e colher
Quem semeia na justiça colherá fruto de vida. Os frutos do Espírito são a colheita de uma vida plantada no Senhor.
आफ्नो निम्ति धार्मिकताको बिउ छर!
अचुक प्रेमको फसलको कटनी गर!
र तिमीहरूका नजोतिएका जमिनलाई जोत;
किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो;
अनि उहाँ आउनुहुन्छ
र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ।
धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ;
किनकि तिनीहरूले आफ्ना कामहरूको फल उपभोग गर्नेछन्।
त्यति मात्र होइन, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौँ।
मेरो फल असल सुनभन्दा राम्रो छ;
म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ।