Livro da vida
O Livro da Vida é o registro celestial dos nomes daqueles que pertencem a Deus. Estar escrito no Livro da Vida é a garantia da salvação eterna e da entrada na Nova Jerusalém.
Registrados no céu
Alegrai-vos por terem vossos nomes escritos nos céus. O Livro da Vida pertence ao Cordeiro de Deus desde a fundação do mundo.
तापनि दुष्ट आत्माहरू तिमीहरूका अधीनमा आएकोमा आनन्द नगर। तर तिमीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्ने कुरामा आनन्द गर।"
अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाम जीवनको पुस्तकमा लेखिएका छन्।
अनि पृथ्वीमा बास गर्ने सबैले त्यस पशुको आराधना गर्नेछन्, अथवा तिनीहरूले, जसका नामहरू संसारको सृष्टिदेखि नै मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्।
तिमीले देखेको त्यो पशु कुनै समय थियो, तर अहिले छैन, र विनाशमा जानलाई अतल कुण्डबाट माथि निस्केर आउनेछ। संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा नाम नहुने पृथ्वीका बासिन्दाहरूले त्यस पशुलाई देखेर अचम्म मान्नेछन्; किनकि त्यो कुनै समय थियो, अब छैन, तर फेरि पछि आउनेछ।
O juízo final
No dia do julgamento, os livros serão abertos. Quem não for encontrado no Livro da Vida será lançado no lago de fogo.
मृतकहरूको न्याय
तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। पृथ्वी र आकाश उहाँको उपस्थितिबाट बिलाएर गए; अनि तिनीहरू कतै पाइएनन्। अनि मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामु उभिरहेका देखेँ, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका तिनीहरूका कामका आधारमा मृतकहरूको न्याय गरियो। समुद्रले त्यससित भएका मुर्दाहरू दिइहाल्यो, र मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरू दिइहाले; अनि प्रत्येकले गरेका कामअनुसार तिनीहरूलाई न्याय गरियो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। त्यो अग्निकुण्ड दोस्रो मृत्यु हो। जसको नाम जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यसलाई अग्निकुण्डमा फालियो।
त्यसमा कुनै अशुद्ध कुरा पस्न पाउनेछैन, न त शर्मका र छलका काम गर्ने कोही पस्न पाउँनेछ; तर तिनीहरूले मात्र प्रवेश पाउनेछन्, जसको नाम थुमाको जीवनको पुस्तकमा लेखिएका छन्।
अन्त्यको समय
"त्यस बेला तिम्रा जातिलाई रक्षा गर्ने प्रधान स्वर्गदूत मिखाएल खडा हुनेछन्। तब यस्तो सङ्कष्टको समय आउनेछ, कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म कहिल्यै आएको थिएन। तर त्यस बेला यस पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिस बचाइनेछन्। पृथ्वीको धुलोमा मरेर सुत्नेहरूका भीड उठ्नेछन्: केही अनन्त जीवनको निम्ति, अरू बाँकी मानिसहरूचाहिँ शर्म र अनन्त दण्डका निम्ति।
जसले विजय हासिल गर्दछ, उसलाई तिनीहरूलाई झैँ, सेतो वस्त्र पहिराइनेछ। म तिनीहरूका नाम जीवनको पुस्तकबाट कहिल्यै मेट्नेछैनँ, तर मेरा पिता र उहाँका दूतहरूको अगि स्वीकार गर्नेछु।
O registro divino
Deus registra cada vida, cada lágrima e cada momento. Nada passa despercebido diante daquele que tudo vê e tudo guarda.
तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे;
मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए;
तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए।
तपाईंले मेरो विलापको लेखा राख्नुहोस्;
मेरा आँसुको हिसाब बोतलमा राख्नुहोस्—
तपाईंको पुस्तकमा के ती सबै लेखिएका छैनन् र?
किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्,
र तपाईंले घाइते पार्नुभएकाहरूका बारेमा तिनीहरूले कुरा काट्छन्।
तपाईंले तिनीहरूको अपराधमाथि अपराधको हिसाब राख्नुहोस्;
र तिनीहरू तपाईंको मुक्तिमा सहभागी हुन नपाऊन्।
जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्,
र धर्मी जनहरूसँग तिनीहरू गन्ती नहोऊन्।
बाँकी रहेका विश्वासयोग्यहरू
तब याहवेहको डर मान्नेहरूले एक-आपसमा कुरा गरे; अनि परमेश्वरले तिनीहरूका कुरा ध्यान दिएर सुन्नुभयो। अनि याहवेहको उपस्थितिमा उहाँको डर मान्ने र उहाँको नामलाई आदर गर्ने मानिसहरूका बारेमा सम्झनाको पत्रमा लेखियो।
तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस्। यदि गरिदिनुभएन भने त तपाईंले लेख्नुभएको पुस्तकबाट मेरो नामनिशानै मेटिदिनुहोस्।"
याहवेहले मोशालाई जवाफ दिनुभयो, "जसले मेरो विरुद्ध पाप गरेको छ, त्यसलाई म मेरो पुस्तकबाट मेटाउनेछु।
Este artigo te tocou? Faça uma oração!
+581 estão orando agora.
Junte-se à corrente de oração.