Mal
A existência do mal é realidade que a Bíblia confronta diretamente. Deus não é autor do mal, mas nos dá armas para vencê-lo e promete que o bem sempre prevalecerá.
Separar-se do mal
O temor do Senhor é aborrecer o mal. A Bíblia nos exorta a odiar o pecado, guardar os pés do mal e fugir de toda aparência maligna.
याहवेहप्रतिको भय दुष्टतालाई घृणा गर्नु हो,
अभिमान, अहङ्कार,
खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।
याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्टतालाई घृणा गरून्;
किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ
र तिनीहरूलाई दुष्टहरूको हातबाट छुटाउनुहुन्छ।
दुष्टताबाट अलग बस र भलाइ गर;
शान्ति खोज, र त्यसको पछि लाग।
तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्याउनुहोस्;
र कुनै पापले ममाथि राज्य नगरोस्!
आफूलाई धोएर शुद्ध पार।
तिमीहरूका दुष्ट कर्महरू मेरो दृष्टिबाट टाढा लैजाओ;
खराबी गर्न छोड।
आफ्नै दृष्टिमा बुद्धिमान् नबन;
याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ
र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।
Vencer o mal com o bem
Não te deixes vencer do mal, mas vence o mal com o bem. A luz brilha nas trevas, e as trevas não prevalecem contra ela.
खराबीद्वारा पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
प्रेमको कार्य
प्रेम निष्कपट हुनुपर्छ। दुष्टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो।
दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस।
ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।
यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर।
हरेक कुरालाई जाँच गर; जे कुरा असल छ, त्यसलाई पक्रिराख। हरेक किसिमका दुष्टतालाई इन्कार गर।
Proteção contra o mal
Deus nos livra do mal e guarda nossos passos. Devemos nos revestir da armadura de Deus para resistir às forças das trevas.
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टदेखि छुटाउनुहोस्। किनभने राज्य,
पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’
संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग बिन्ती गर्दिनँ, तर दुष्टको शक्तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी बिन्ती गर्छु।
याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ—
उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;
तिमी बाहिर जाँदा र भित्र आउँदा,
अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।
प्रभुले मलाई हरेक दुष्ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।
परमेश्वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक।
किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्टताको आत्मिकी सेनाहरूका विरुद्ध हो।
"रिसाओ, तर पाप नगर!" घाम अस्ताउनु अगि नै तिमीहरूको रिस मरोस्, र शैतानलाई कुनै मौका नदेओ!
Deus transforma o mal em bem
O que o mal pretendeu contra nós, Deus transformou em bem. Ele tira pureza da aflição e confessa a restauração dos arrependidos.
तिमीहरूले मलाई हानि गर्ने विचार गर्यौ; तर अहिले धेरैको प्राण बाँच्ने जुन काम भइरहेको छ, त्यो काम परमेश्वरले भलाइका निम्ति गर्नुभयो।
यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्टतालाई त्याग; अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ।
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
उहाँले अझ भन्नुभयो: "मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ। किनकि मानिसको हृदयबाट दुष्ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या, व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता। यी सबै दुष्ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।"
घृणाले फाटो उब्जाउँछ;
तर प्रेमले सबै अपराधहरू ढाक्दछ।
"सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘साँचो न्याय गर; एक-आपसमा कृपा र दया देखाओ। विधवा, अनाथ, परदेशी र गरिबमाथि अत्याचार नगर। एक-अर्काप्रति दुष्ट युक्ति नरच।’
Este artigo te tocou? Faça uma oração!
+581 estão orando agora.
Junte-se à corrente de oração.