Milagres de Jesus
Os Evangelhos registram dezenas de milagres realizados por Jesus — curas, ressurreições, domínio sobre a natureza e libertações. Cada milagre revelava sua divindade e compaixão.
Curas de cegos e surdos
Jesus devolveu a visão aos cegos e a audição aos surdos, manifestando seu poder sobre toda enfermidade e deficiência.
येशूले दृष्टिविहीन र लाटो मानिस निको पार्नुभएको
येशू जब त्यहाँबाट अगि बढ्नुभयो, दुई जना दृष्टिविहीन मानिसहरूले यसो भन्दै उहाँलाई पछ्याए, "हे दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!"
जब उहाँ घरभित्र पस्नुभयो, ती दृष्टिविहीन मानिसहरू उहाँकहाँ आए; अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, "म यसो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ?"
तिनीहरूले जवाफ दिए, "गर्छौँ प्रभु।"
तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, "तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।" अनि तिनीहरूका आँखा खुले। येशूले तिनीहरूलाई यसरी कडा चेतावनी दिनुभयो, "यो कुरा कसैले थाहा नपाओस्।" तर तिनीहरू गइहाले; अनि उहाँको बारेमा सारा मुलुकभरि खबर फिँजाए।
दुई दृष्टिविहीनहरूले दृष्टि पाएका
येशू र उहाँका चेलाहरूले जब यरीहो छोड्नुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। दुई जना दृष्टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए; अनि जब येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्ने तिनीहरूले सुने, तब तिनीहरू यसो भन्दै कराए, "हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!"
भीडले तिनीहरूलाई चुप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, "हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!"
येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, "म तिमीहरूका निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?"
तिनीहरूले जवाफ दिए, "हे प्रभु, हामीले आफ्नो दृष्टि पाऔँ।"
येशू तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका आँखा छोइदिनुभयो। तुरुन्तै तिनीहरूले आफ्नो दृष्टि पाइहाले, र उहाँलाई पछ्याए।
येशूले बेथसेदामा दृष्टिविहीन मानिसलाई निको पार्नुभएको
उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एक जना दृष्टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन बिन्ती गरे। येशूले त्यस दृष्टिविहीन मानिसलाई आफ्नो हातमा समातेर गाउँदेखि बाहिर लानुभयो। जब उहाँले त्यसको आँखामा थुकेर आफ्ना हात त्यसमाथि राख्नुभयो, र सोध्नुभयो, "के तिमीले केही देख्यौ?"
त्यसले मास्तिर हेरेर भन्यो, "म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।"
येशूले आफ्ना हात फेरि एकपल्ट त्यस मानिसको आँखामा राख्नुभयो। तब त्यसका आँखाहरू खोलिए, त्यसको दृष्टि फर्केर आयो; अनि त्यसले सबै थोक स्पष्टसँग देख्यो। येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, "गाउँमाचाहिँ जाँदै नजाऊ।"
येशूले बहिरो र लाटो मानिसलाई निको पार्नुभएको
तब येशू टायर वरपरको ठाउँ छोडेर सीदोन हुँदै गालीलको समुद्र र डेकापोलिसको क्षेत्रतिर जानुभयो। त्यहाँ केही मानिसहरूले एक जना बहिरो र लाटो मानिसलाई उहाँकहाँ ल्याए। अनि त्यसमाथि हात राखिदेऊन् भनी येशूलाई बिन्ती गरे।
येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो र आफ्ना औँलाहरू त्यस मानिसका कानहरूमा हाल्नुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो। उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्नुभयो, "एफाता!" (जसको अर्थ हो, "खोलिजा!") तुरुन्तै त्यस मानिसका कानहरू खोलिए; त्यसको जिब्रो चल्यो र त्यो स्पष्ट गरी बोल्न थाल्यो।
येशूले तिनीहरूलाई यो कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे। मानिसहरू आश्चर्यचकित भएर तिनीहरूले भने, "उहाँले हरेक कुरा असल गर्नुभएको छ! उहाँले बहिरोलाई सुन्न सक्ने र लाटोलाई बोल्न सक्ने बनाउनुहुन्छ।"
येशूले दृष्टिविहीन बारतिमैलाई देख्ने बनाउनुभएको
तब उहाँहरू यरीहोमा आउनुभयो। येशू र उहाँका चेलाहरू एउटा ठूलो भीडको साथमा सहरदेखि बाहिर आउँदैगर्नुहुँदा एक जना दृष्टिविहीन मानिस तिमैको छोरा बारतिमै बाटोको छेउमा माग्दै बसिरहेको थियो। जब उसले नासरतको येशू हुनुहुन्छ भन्ने सुन्यो, तब त्यो यसो भन्दै चिच्याउन थाल्यो, "हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!"
धेरैले त्यसलाई हप्काएर चुप लाग् भने, तर त्यो त झन् चर्को सोरमा करायो, "हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!"
येशू अडिनुभयो, र भन्नुभयो, "त्यसलाई बोलाओ।"
यसकारण तिनीहरूले त्यस दृष्टिविहीन मानिसलाई भने, "ढाडस गर्! उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्छ।" आफ्नो वस्त्र एकातिर फ्याँकेर त्यो जुरुक्क उठेर आफ्नो खुट्टामा उभियो र येशूकहाँ आयो।
येशूले त्यसलाई सोध्नुभयो, "मैले तिम्रा लागि के गरूँ भनी तिमी चाहन्छौ?"
त्यस दृष्टिविहीन मानिसले भन्यो, "हे गुरु, म फेरि दृष्टि पाउन चाहन्छु!"
येशूले भन्नुभयो, "जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।" तुरुन्तै त्यसले आफ्नो दृष्टि पायो, र बाटोभरि येशूको पछि-पछि लाग्यो।
दृष्टिविहीन माग्ने मानिसले दृष्टि पाएको
येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो। नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्यो। तिनीहरूले त्यसलाई भने, "नासरतका येशू जाँदैहुनुहुन्छ।"
त्यसले उच्च सोरमा भन्यो, "हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!"
बाटो देखाउँदै अगि-अगि हिँड्नेहरूले त्यसलाई हप्काएर चुप लाग् भने। तर त्यो झन् चर्को सोरमा करायो, "हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!"
येशू टक्क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो, "म तिम्रो निम्ति के गरिदिऊँ भन्ने तिमी चाहन्छौ?"
त्यसले भन्यो, "हे प्रभु, म देख्न चाहन्छु।"
येशूले त्यसलाई भन्नुभयो, "तिमी देख्ने भइजाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।" तुरुन्तै त्यसले आफ्नो दृष्टि पायो, र परमेश्वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्वरको प्रशंसा गरे।
येशूले जन्मैदेखिको दृष्टिविहीनलाई दृष्टि दिनुभएको
त्यहाँबाट जाँदै गर्नुहुँदा येशूले एउटा जन्मैदेखिको दृष्टिविहीनलाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, "गुरुज्यू, कसले पाप गर्यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्टिविहीन जन्म्यो?"
येशूले भन्नुभयो, "न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्वरको काम प्रकट होस् भन्ने हेतुले यसो भएको हो। दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन। म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।"
यी कुराहरू भनेर उहाँले भुइँमा थुक्नुभयो, र सो थुकले माटो मुछेर त्यस मानिसको आँखामा लगाइदिनुभयो। उहाँले त्यसलाई भन्नुभयो, "जाऊ, सिलोआमको पोखरीमा गएर पखाल" (सिलोआमको अर्थ "पठाइएको" हो)। त्यो मानिस गयो र पखाल्यो, र देख्ने भएर घर फर्किआयो।
Curas de paralíticos e enfermos
Paralíticos caminharam, leprosos ficaram limpos e todo tipo de doença foi curada pelo toque e pela palavra de Jesus.
कुष्ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, "हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।"
येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्नुभयो, "म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!" अनि तुरुन्तै त्यो आफ्नो कुष्ठरोगबाट निको भइहाल्यो। तब येशूले त्यसलाई भन्नुभयो, "यो कुरा कसैलाई नभन्नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।"
केही मानिसहरूले ओछ्यानमा पस्रिरहेको एक जना पक्षघातीलाई उहाँकहाँ ल्याए। जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, "हे छोरा, साहस गर, तिम्रा पापहरू क्षमा भएका छन्।"
यो देखेर व्यवस्थाका केही शिक्षकहरूले मनमनै यसो भन्न लागे, "यस मानिसले ईश्वरनिन्दा गरिरहेको छ।"
तिनीहरूका विचार थाहा पाएर येशूले भन्नुभयो, "तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचारहरूलाई ठाउँ दिन्छौ? के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नु? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्ने म चाहन्छु।" उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, "उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।" अनि त्यो मानिस उठ्यो र घर गयो।
त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। येशूलाई दोष लगाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, "के शब्बाथमा निको पार्नु उचित छ?"
उहाँले तिनीहरूलाई भन्नुभयो, "यदि तिमीहरूको एउटा भेडा छ; अनि त्यो शब्बाथ दिनमा खाडलभित्र खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ र? मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण शब्बाथ दिनमा असल गर्नु उचित हुन्छ।"
तब उहाँले त्यस मानिसलाई भन्नुभयो, "तिम्रो हात सीधा पसार।" त्यसले सीधा पसार्यो, र त्यसको हात अर्कोजस्तै निको भयो।
त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने। येशू तिनीकहाँ जानुभयो, र तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्।
येशूले कुष्ठरोग लागेको मानिसलाई निको पार्नुभएको
एक जना कुष्ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्यो, "यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।"
दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्नुभयो, "म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!" तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो।
त्यत्ति नै खेर चार जना मानिसहरूले एउटा पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए। तर भीडको कारणले गर्दा येशूसम्म पुर्याउन सकेनन्, तब तिनीहरूले येशूको ठिक मास्तिरको छानो भत्काए, र त्यो पस्रिरहेको पक्षघातीलाई ओछ्यानसहित तल ओराले। जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, "हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।"
यतिखेर व्यवस्थाका शिक्षकहरूमध्ये केही त्यहाँ बसिरहेका थिए, र आ-आफैँमा विचार गर्दैथिए, "यी मानिसले किन यसरी कुरा गर्छन्? यिनले त ईश्वरनिन्दा गरिरहेका छन्! परमेश्वरबाहेक कसले पाप क्षमा गर्न सक्छ?"
तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, "तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ? यस पक्षघातीलाई के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्नु? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्ने म चाहन्छु।" उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, "म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।" त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यो कुराले सबैलाई अचम्म तुल्यायो; अनि हरेकले यसो भन्दै परमेश्वरको महिमा गरे, "हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौँ!"
येशूले शब्बाथमा निको पार्नुभएको
अर्को पटक उहाँ सभाघरमा जानुभयो। त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। तिनीहरूमध्ये कोही मानिसले येशूलाई दोष लगाउन निहुँ खोजिरहेका थिए। त्यसैले तिनीहरू उहाँले शब्बाथ दिनमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए। येशूले हात सुकेको त्यस मानिसलाई भन्नुभयो, "सबैको सामु खडा होऊ।"
तब येशूले तिनीहरूलाई सोध्नुभयो, "शब्बाथ दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि मार्नु?" तर तिनीहरू मौन रहे।
तिनीहरूका कठोर हृदय देखेर अति दुःखित भई उहाँले रिसाएर चारैतिर ती सबैलाई हेर्नुभयो; अनि त्यस मानिसलाई भन्नुभयो, "तिम्रो हात सीधा पार।" त्यसले सीधा पार्यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
कुष्ठरोग लागेको मानिस
येशू कुनै एउटा सहरमा हुनुभएको बेला एक जना कुष्ठरोगले ढाकेको मानिस आयो। येशूलाई देखेपछि भुइँमा घोप्टो परी त्यसले बिन्ती गर्यो, "हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।"
येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्नुभयो, "म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ।" अनि तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो।
केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, र त्यस मानिसलाई येशूको अगिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे। तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि तिनीहरू छानामाथि चढे, र छानालाई उक्काएर त्यसको ओछ्यानसमेत नै त्यहीँबाट ठिक येशूको सामु ओरालिदिए।
जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, "मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।"
फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैँमा विचार गर्न लागे, "ईश्वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?"
तिनीहरूका विचारहरू थाहा पाएर येशूले सोध्नुभयो, "आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ? के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नु? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।" उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, "म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।" त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो, र आफू जुन ओछ्यानमा थियो, त्यसलाई बोकेर परमेश्वरको प्रशंसा गर्दै घर फर्कियो।
अर्को शब्बाथको दिन उहाँ सभाघरमा जानुभयो र त्यहाँ शिक्षा दिँदैहुनुहुन्थ्यो। त्यहाँ एक जना दाहिने हात सुकेर नचल्ने भएको मानिस पनि थियो। फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई दोष लगाउनको लागि निहुँ खोजिरहेका थिए। त्यसकारण कतै उहाँले शब्बाथ दिनमा पनि निको पार्ने काम गर्नुहुन्छ कि भनी चियो गरिरहेका थिए। तर तिनीहरूले के विचार गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र हात सुकेको त्यस मानिसलाई भन्नुभयो, "उठ र सबैको सामु खडा होऊ।" अनि त्यो उठ्यो र खडा भयो।
त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, "म तिमीहरूलाई सोध्छु, शब्बाथको दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि नष्ट पार्नु?"
उहाँले चारैतिर ती सबैलाई हेर्दै त्यस मानिसलाई भन्नुभयो, "तिम्रो हात सीधा पार।" त्यसले त्यो सीधा पार्यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
सेनापतिको विश्वास
येशूले मानिसहरूलाई यी सबै कुराहरू भनिसकेपछि उहाँ कफर्नहुममा आउनुभयो। त्यहाँ एक जना सेनापतिको सेवक, जो तिनको प्यारो थियो; त्यो बिरामी भएर मर्नै लागेको थियो। ती सेनापतिले जब येशूको बारेमा सुने, तब तिनले यहूदीहरूका केही प्रधानहरूलाई येशूसमक्ष उहाँ आएर तिनको सेवकलाई निको पारिदिनुहुन बिन्ती गर्न पठाए। तिनीहरूले येशूकहाँ आएर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, "यी मानिस तपाईंले यो काम गरिदिन योग्यका छन्, किनकि तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले हाम्रा सभाघर पनि बनाइदिएका हुन्।" अनि येशू तिनीहरूसँग जानुभयो।
उहाँ घर नजिकै आइपुग्नुभएपछि सेनापतिले आफ्ना मित्रहरूलाई उहाँकहाँ यसो भन्न पठाए: "प्रभु, दुःख नउठाउनुहोस्; किनकि तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको पनि म छैनँ। त्यसकारण म आफैँलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ। किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा,’ भन्छु, र त्यो जान्छ। अनि अर्कोलाई ‘आइज,’ भन्छु; र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्,’ भन्छु, र त्यसले त्यो गर्छ।"
यो सुनेपछि येशू तिनीसँग आश्चर्यचकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्नुभयो, "म तिमीहरूलाई भन्दछु, मैले यस्तो ठूलो विश्वास इस्राएलीहरूमा पनि देखेको छैनँ।" त्यसपछि पठाइएका ती मानिसहरू घरतिर फर्के। अनि सेवकलाई निको भइसकेको भेट्टाए।
त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्। येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्नुभयो, "ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।" त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्वरको प्रशंसा गरिन्।
येशू एक जना फरिसीको घरमा
एक शब्बाथको दिन येशू एक जना प्रतिष्ठित फरिसीको घरमा भोजन गर्न जानुभएको थियो र उहाँको सावधानीपूर्वक चियो भइरहेको थियो। त्यहाँ उहाँको अगिल्तिर पेटमा पानी भरिने रोगले पीडित एक जना मानिस थियो। येशूले फरिसीहरू र व्यवस्थाका विद्वान्हरूलाई सोध्नुभयो, "शब्बाथको दिन निको पार्नु उचित छ कि छैन?" तर तिनीहरू चुप लागेर बसिरहे। त्यसकारण उहाँले त्यस मानिसलाई छुनुभयो र निको पार्नुभयो; अनि त्यसलाई पठाउनुभयो।
दश कुष्ठरोगीहरू निको भएका
यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो। उहाँ कुनै गाउँमा पस्न लाग्नुहुँदा कुष्ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए; अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, "हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!"
तिनीहरूलाई देखेर उहाँले भन्नुभयो, "जाओ, र आफैँलाई पुजारीकहाँ हेर्नुहोस् देखाओ।" अनि तिनीहरू जाँदा-जाँदै निको भए।
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो। येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।
येशूले सोध्नुभयो, "के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्? के फर्किआएर परमेश्वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?" त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, "उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्वासले नै तिमीलाई निको पारेको हो।"
पोखरीमा पक्षघाती निको पारिएको
केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो। यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी थियो, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँच वटा दलानहरूले घेरिएको थियो। त्यसको छेउमा दृष्टिविहीन, लङ्गडो, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे। किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्लाइदिन्थे। अनि हरेकपल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो। त्यहाँ एक जना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघातको रोगी थियो। जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, "के तिमी निको हुन चाहन्छौ?"
त्यस रोगीले भन्यो, "हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्ने कोसिस गर्दागर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।"
त्यसपछि येशूले त्यसलाई भन्नुभयो, "उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।" तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान उठाएर हिँड्यो।
यो घटना भएको दिन शब्बाथ थियो।
उहाँ फेरि एकपल्ट गालीलको कानामा जानुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्नुभएको थियो। अनि त्यहाँ कफर्नहुममा एक जना राजकीय हाकिम थिए। तिनको छोरा बिरामी थियो। जब येशू यहूदियाबाट गालील आइपुग्नुभएको छ भन्ने तिनले सुने, तब तिनी उहाँकहाँ गए, र उहाँ आएर तिनको छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गरे। किनकि तिनको छोरा मर्नै आँटेको अवस्थामा थियो।
येशूले तिनलाई भन्नुभयो, "अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्वास गर्दैनौ।"
"हजुर, मेरो छोरा मर्नुभन्दा अगि नै आइदिनुहोस्!" भनी ती हाकिमले भने।
"तिमी जान सक्छौ, तिम्रो छोरा बाँच्नेछ।" येशूले जवाफ दिनुभयो।
तिनले येशूको वचनमा विश्वास गरे, र फर्के। तिनी बाटोमै छँदा नै तिनका सेवकहरूले भेटेर तिनको छोरा निको भइसकेको खबर दिए। छोरा कुन समयदेखि निको भयो भनी तिनले सोध्दा तिनीहरूले भने, "हिजो दिउँसो एक बजेदेखि तिनलाई ज्वरोले छोड्यो।"
तब त्यो समय येशूले "तिम्रो छोरा बाँच्नेछ" भनी भन्नुभएकै समय रहेछ भनी बुबाचाहिँले थाहा पाए। तब तिनले र तिनका सबै परिवारले विश्वास गरे।
यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो अलौकिक चिन्ह थियो।
A mulher com fluxo de sangue
Uma mulher que sofria há doze anos tocou a orla do manto de Jesus e foi curada instantaneamente pela sua fé.
ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। त्यसले मनमनै यसो भनी, "यदि मैले उहाँको वस्त्र मात्र छुन पाएँ भने म निको हुनेछु।"
येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्नुभयो, "हे छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।" अनि त्यो स्त्री त्यसै बेला निको भई।
त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिइन्। तिनले धेरै चिकित्सकहरू लगाएर उपचार गरेकी थिइन्, र भएभरको सबै कुरा खर्च गरिसकेकी थिइन्; तर पनि लाभ हुनुको साटो झन्-झन् खराब अवस्थामा पुगेकी थिइन्। जब तिनले येशूको विषयमा सुनिन्, तब भीडको पछिल्तिरबाट आइन् र उहाँको वस्त्र छोइन्; किनकि तिनले सोचेकी थिइन्, "यदि मैले उहाँको वस्त्र छुन मात्र पाएँ भने पनि म निको हुनेछु।" अनि तुरुन्तै तिनको रगत बन्द भइहाल्यो, र आफ्नो शरीरमा रोग निको भएको तिनले थाहा पाइन्।
बाह्र वर्षदेखि रगत बग्ने रोगले सताइएकी एउटी स्त्री पनि त्यहाँ थिई। उसलाई कसैले निको पार्न सकेको थिएन। त्यो स्त्री येशूको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। अनि तुरुन्तै उसको रगत बग्न बन्द भयो।
येशूले "कसले मलाई छोयो?" भनी सोध्नुभयो।
सबैले इन्कार गरेपछि पत्रुसले भने, "गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।"
तर येशूले भन्नुभयो, "कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।"
तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। उसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई, त्यो कुरा सबै मानिसहरूका सामु बताइदिई। तब उहाँले उसलाई भन्नुभयो, "छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!"
Ressurreições
Jesus ressuscitou mortos — a filha de Jairo, o filho da viúva de Naim e Lázaro. Ele é Senhor sobre a morte.
एउटी मरेकी केटी र रोगी स्त्री
येशूले यी कुराहरू भनिरहनुहुँदा एक जना शासकले उहाँकहाँ आएर उहाँको अगि घुँडा टेकेर भने, "मेरी छोरी भर्खरै मरी, तर तपाईं आएर त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, र त्यो बाँच्नेछे।" येशू उठेर तिनीसित जानुभयो, र उहाँका चेलाहरू पनि उहाँसँगै गए।
जब येशू त्यस शासकको घरमा पस्नुभयो, उहाँले शोक धुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूका भीडलाई देख्नुभयो। अनि भन्नुभयो, "बाहिर जाओ। केटी मरेकी छैन, तर निदाएकी मात्र छे।" तर तिनीहरूले उहाँको कुरालाई हाँसोमा उडाइदिए। भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी।
तब सभाघरका शासकहरूमध्ये याइरस नाम भएका एक जना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे, अनि उहाँलाई एकदमै बिन्ती गरे, "मेरी सानी छोरी मर्नै लागेकी छे। दया गरेर तपाईंका हात त्यसमाथि राखिदिनुहोस्, र त्यो निको होस्, र त्यो बाँचोस्।" तब येशू तिनीसित जानुभयो।
एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँका चारैतिर ठेलमठेल भयो।
जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; तब येशूले मानिसहरू रुँदै र कराउँदै खैलाबैला गरिरहेका देख्नुभयो। उहाँ भित्र पसेर तिनीहरूलाई भन्नुभयो, "किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर निदाइरहेकी छे।" तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे।
उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो; अनि केटीका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर केटी भएको ठाउँमा जानुभयो। उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्नुभयो, "तालिता कौम!" (जसको अर्थ हो, "हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!")। तब त्यो केटी तुरुन्तै जुरुक्क ऊठी, र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यो देखेर तिनीहरूले अति अचम्म माने।
येशूले भन्नुभयो, "अब यस पुस्ताका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू केजस्ता छन्? तिनीहरू त बजारमा बसेर एक-अर्कालाई यसो भन्ने बालकहरूजस्ता छन्:
" ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ,
तर तिमीहरू नाचेनौ,
हामीले शोकको गीत गायौँ,
तर तिमीहरू रोएनौ।’
जब बप्तिस्मा दिने यूहन्ना आए, न तिनले रोटी खान्थे, न त दाखमद्य नै पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भनी भन्दछौ। मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिमीहरू भन्छौ, ‘हेर, यो घिचुवा र पियक्कड, र कर उठाउनेहरू र पापीहरूको मित्र!’ तर बुद्धि ठिक हो भन्ने कुरा उसको सबै सन्तानले नै प्रमाणित गर्छन्।"
पापी स्त्रीलाई क्षमा
एक जना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए। उहाँ ती फरिसीको घरमा गएर खान बस्नुभयो। जब त्यस सहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्नुभएको छ भन्ने सुनी, तब सिङ्गमरमरको एउटा भाँडोमा अत्तर लिएर ऊ त्यहाँ आई।
तब याइरस नाम गरेका सभाघरका एक जना शासक आए। अनि उहाँलाई तिनको घरमा आइदिनुहोस् भनी बिन्ती गर्दै येशूका पाउमा घोप्टो परे। किनभने तिनकी एउटै मात्र छोरी, जो लगभग बाह्र वर्षकी थिई, ऊ मर्न लागेकी थिई।
येशू त्यहाँ जाँदै गर्नुहुँदा भीडहरूले उहाँलाई घचेटिरहेका थिए।
येशू बोलिरहनुभएकै बेला सभाघरका शासक याइरसको घरबाट एक जना मानिस आइपुग्यो र त्यसले भन्यो, "तपाईंकी छोरीको मृत्यु भइसकेको छ; अब गुरुज्यूलाई कष्ट नदिनुहोस्।"
यो सुनेर येशूले याइरसलाई भन्नुभयो, "नडराऊ, विश्वास मात्र गर, र ऊ निको हुनेछे।"
याइरसको घरमा आइपुगेपछि उहाँले पत्रुस, यूहन्ना, याकोब, र केटीका आमा र बुबाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। त्यस बेला सबै जना त्यस केटीका लागि रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्नुभयो, "बिलौना नगर, ऊ मरेकी छैन, तर निदाएकी मात्र छे।"
त्यो मरिसकेकी छ भनी जानेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए। तर उहाँले त्यसको हात समातेर भन्नुभयो, "मेरी छोरी, उठ!" अनि त्यसको आत्मा फेरि फर्केर आयो, र ऊ तुरुन्तै उठी। त्यसपछि येशूले उसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो। त्यसका आमाबुबा आश्चर्यचकित भए, तर उहाँले तिनीहरूलाई जे भएको थियो, त्यसबारे कसैलाई नभन्नू भन्ने आज्ञा दिनुभयो।
लाजरसको मृत्यु
लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। उनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीका थिए। यी तिनै मरियम हुन्, जसले येशूका पाउमा अत्तर खन्याएर आफ्नो कपालले पुछिदिएकी थिइन्। तिनकै भाइ लाजरस बिरामी परेका थिए। यसकारण ती दुई दिदीबहिनीले येशूकहाँ यसो भन्ने खबर पठाए, "प्रभु, तपाईंले माया गर्नुहुने व्यक्ति बिरामी छन्।"
यो खबर सुनेर येशूले भन्नुभयो, "यो बिरामीले मृत्युमा पुर्याउँदैन, तर परमेश्वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्वरको पुत्रले पनि महिमा पाउनेछ।" येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो। लाजरस बिरामी छन् भनेर सुन्नुभए तापनि उहाँ जहाँ हुनुहुन्थ्यो, त्यही ठाउँमा अझै दुई दिन बस्नुभयो। त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, "अब हामी यहूदियामा फर्केर जाऔँ।"
तर उहाँका चेलाहरूले भने, "गुरुज्यू, केही दिन अगि मात्र यहूदियाका यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हान्न खोजेका थिए, र के फेरि तपाईं त्यहीँ जान चाहनुहुन्छ?"
येशूले भन्नुभयो, "दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? दिनको उज्यालोमा हिँड्डुल गर्ने मानिसले ठेस खाँदैन; किनकि त्यसले संसारको ज्योतिद्वारा देख्छ। तर राति हिँड्दा त्यसले ठेस खान्छ; किनकि त्यसले ज्योति पाउँदैन।"
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, "हाम्रा मित्र लाजरस सुतेका छन्, र अब म गएर तिनलाई उठाउनेछु।"
उहाँका चेलाहरूले भने, "प्रभु, तिनी निदाएका मात्र छन् भने निको हुनेछन्।" येशूले चाहिँ लाजरसको मृत्युको विषयमा भन्नुभएको थियो, तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भनी ठानेका थिए।
त्यसपछि येशूले तिनीहरूलाई स्पष्टसँग भनिदिनुभयो, "लाजरस मरेका छन्।
Domínio sobre a natureza
Jesus acalmou a tempestade, andou sobre as águas e multiplicou pães. A natureza obedece à voz do seu Criador.
येशूले आँधी शान्त पार्नुभएको
तब उहाँ डुङ्गामा चढ्नुभयो र उहाँका चेलाहरूले उहाँलाई पछ्याए। अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। अनि त्यसका छालहरूले डुङ्गालाई ढाक्यो; तर येशू निदाइरहनुभएको थियो। चेलाहरूले गएर यसो भन्दै उहाँलाई उठाउन लागे, "हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लागेका छौँ!"
अनि उहाँले जवाफ दिनुभयो, "हे अल्पविश्वासी हो, तिमीहरू किन डराउँछौ?" तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो।
ती मानिसहरू छक्क परेर भने, "यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।"
साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आएर भने, "यो एउटा सुनसान ठाउँ हो, र अबेला हुँदैछ। भीडहरूलाई बिदा गर्नुहोस्, र तिनीहरूले गाउँतिर गएर आफ्ना लागि केही खानेकुरा किनून्।"
येशूले जवाफ दिनुभयो, "तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।"
तिनीहरूले जवाफ दिए, "यहाँ हामीसित त पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।"
उहाँले भन्नुभयो, "ती मकहाँ ल्याओ।" अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए। तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक पुरुषहरू मात्र लगभग पाँच हजार थिए।
बिहान तीन बजेतिर येशू समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो।
येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, "म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।"
उहाँका चेलाहरूले जवाफ दिए, "यति ठूलो भीडलाई खुवाउनलाई यस निर्जन ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौँला?"
येशूले सोध्नुभयो, "तिमीहरूसित कति वटा रोटी छन्?"
तिनीहरूले जवाफ दिए "सात वटा र स-साना केही माछाहरू।"
उहाँले भीडलाई भुइँमा बस्न लाउनुभयो। तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए। तिनीहरू सबैले खाए, र अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक, करिब चार हजार पुरुषहरू थिए।
मन्दिरको कर
येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, "के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्?"
तिनले जवाफ दिए, "हो, तिर्नुहुन्छ।"
जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, "सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?"
पत्रुसले जवाफ दिए, "अरूबाट।"
येशूले तिनलाई भन्नुभयो, "त्यसो भए छोराहरूले त छुट पाउँछन्। तरै पनि तिनीहरू नचिढिऊन्, तिमी जाऊ र तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रा र मेरा निम्ति कर हो भनेर तिनीहरूलाई देऊ।"
अञ्जीरको रूख सुकेको
एकाबिहानै जब उहाँ सहरतिर फर्कँदै हुनुहुन्थ्यो, उहाँ भोकाउनुभयो। बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, तर त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, "अब उप्रान्त तँमा फल नफलोस्!" अनि त्यो रूख तुरुन्तै ओइलायो।
जब चेलाहरूले यो देखे, तिनीहरू छक्क परेर सोधे, "यो अञ्जीरको रूख कसरी यति चाँडो ओइलायो?"
येशूले जवाफ दिनुभयो, "म तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा विश्वास छ, र शङ्का गरेनौ भने यस अञ्जीरको रूखलाई जे गरिएको थियो, तिमीहरूले त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई ‘तँ जा, गएर आफूलाई समुद्रमा फ्याँक्’ भन्यौ भने त्यो भइहाल्नेछ। तिमीहरूले विश्वास गरेर प्रार्थनामा जे माग्छौ, त्यो तिमीहरूले पाउनेछौ।"
त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो। येशूचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, "हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्न?"
उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, "चुप लाग्! शान्त होइजा!" तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।
उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, "तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्वास छैन?"
तिनीहरू निकै डराए, र आपसमा भने, "यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!"
त्यस बेला दिन ढल्किसकेको थियो। त्यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, "यो एउटा सुनसान ठाउँ हो, र समय धेरै ढिलो भइसकेको छ। यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।"
तर उहाँले भन्नुभयो, "तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।"
तिनीहरूले उहाँलाई भने, "त्यसका लागि छ महिनाभन्दा बढीको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिएको तपाईं चाहनुहुन्छ र?"
उहाँले सोध्नुभयो, "तिमीहरूसित कति वटा रोटी छन्? जाओ, गएर हेर।"
तिनीहरूले पत्ता लगाएर भने, "पाँच वटा रोटी र दुई वटा माछा रहेछन्।"
तब येशूले सबै मानिसलाई झुण्ड-झुण्ड बनाएर हरियो चउरमा बसून् भनी आज्ञा दिनुभयो। यसकारण तिनीहरू सय-सय र पचास-पचासको झुण्ड बनाएर बसे। ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो। तिनीहरू सबैले पेटभरि खाए। अनि चेलाहरूले उब्रेका टुक्राहरू जम्मा पार्दा रोटी र माछाले बाह्र डालाभरि उठाए। ती खानेहरूमा पुरुषहरू मात्रै पाँच हजार थिए।
उहाँले चेलाहरूलाई डुङ्गा खियाउनका लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो; किनकि बतास तिनीहरूको विपरीतबाट चलिरहेको थियो। अनि बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा, जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए; किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए।
तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्नुभयो, "साहस गर! म नै हुँ; नडराओ।" तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, र बतास थामियो। तिनीहरू अत्यन्तै छक्क परे;
येशूले चार हजारलाई खुवाउनुभएको
ती दिनहरूमा फेरि अर्को एउटा ठूलो भीड जम्मा भयो। तिनीहरूसित खानेकुरा केही नभएकोले, येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, "म यी मानिसहरूलाई टिठ्याउँछु; तिनीहरू हामीसित तीन दिनदेखि सँगै छन्। तिनीहरूसित खानेकुरा केही पनि छैन। यदि मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्; किनकि तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन्।"
उहाँका चेलाहरूले जवाफ दिए, "तर यस निर्जन ठाउँमा तिनीहरूलाई खुवाउन प्रशस्त रोटी कहाँ पाउन सकिएला र?"
येशूले सोध्नुभयो, "तिमीहरूसित कति वटा रोटी छन्?"
तिनीहरूले जवाफ दिए, "सात वटा छन्।"
उहाँले भीडलाई भुइँमा बस्न लाउनुभयो। जब उहाँले ती सात वटा रोटी लिएर परमेश्वरलाई धन्यवाद दिनुभयो, तब उहाँले ती भाँचेर मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो, अनि तिनीहरूले त्यसै गरे। तिनीहरूसित केही साना माछाहरू पनि थिए; उहाँले माछाको लागि पनि धन्यवाद दिएर ती माछाहरू पनि चेलाहरूलाई बाँडिदिन अह्राउनुभयो। मानिसहरूले पेटभरि खाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। त्यहाँ प्रायः चार हजार मानिसहरू उपस्थित थिए। त्यसपछि तिनीहरूलाई बिदा गरी पठाउनुभयो।
येशूले अञ्जीरको रूखलाई श्राप दिनुभएको र मन्दिर शुद्ध पार्नुभएको
भोलिपल्ट उहाँहरू बेथानीबाट निस्कँदैगर्दा येशू भोकाउनुभयो। केही पर पातले भरिएको एउटा अञ्जीरको रूख देखेर त्यसमा केही फल पाउने आशाले उहाँ त्यहाँ जानुभयो। उहाँ त्यसको छेउमा पुग्नुभएपछि पातहरूबाहेक केही पाउनुभएन। किनकि त्यो अञ्जीरको फल फल्ने समय थिएन। तब उहाँले त्यस रूखलाई भन्नुभयो, "अबदेखि तँबाट कसैले फल नखाओस्।" उहाँका चेलाहरूले उहाँले यसो भन्नुभएको सुनेका थिए।
बिहान उहाँहरू जाँदै गर्दा त्यस अञ्जीरको रूखलाई उहाँहरूले जरैदेखि सुकेको देख्नुभयो! पत्रुसले सम्झँदै येशूलाई भने "हे गुरु, हेर्नुहोस्! तपाईंले श्राप दिनुभएको अञ्जीरको रूख त सुकेछ!"
येशूले जवाफ दिनुभयो, "परमेश्वरमा विश्वास राख। म तिमीहरूलाई साँच्चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ, त्यो पूरा हुन्छ भनेर विश्वास गर्यो भने यो उसको लागि गरिनेछ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्वास गर, र ती तिमीहरूको हुनेछ। अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्।
येशूका प्रथम चेलाहरू
एक दिन येशू गनेसरेत तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्वरको वचन सुन्न ठेलमठेल गरिरहेका थिए। त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुई वटा डुङ्गाहरू देख्नुभयो; मछुवाहरूचाहिँ जाल धोइरहेका थिए। उहाँ ती दुईमध्ये सिमोनको डुङ्गामा चढ्नुभयो, र किनारबाट अलिक पर लैजान भन्नुभयो। उहाँले डुङ्गामा बसेर मानिसहरूलाई शिक्षा दिनुभयो।
बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्नुभयो, "डुङ्गालाई गहिरोतिर लैजाऊ, र माछा पक्रन जाल हान।"
सिमोनले भने, "गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्नुहुन्छ भने म जाल हाल्नेछु।"
जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो। त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा डुब्ला झैँ भयो।
जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, "हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म एउटा पापी मानिस हुँ!" किनकि तिनी र तिनका साथीहरू आफूले पक्रेका त्यति धेरै माछा देखेर छक्कै परेका थिए; त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्ना पनि, जो सिमोनका साझेदारहरू थिए।
त्यसपछि येशूले सिमोनलाई भन्नुभयो, "नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ।" यसैले डुङ्गालाई तानेर किनारमा ल्याएपछि तिनीहरूले सबै कुराहरू त्यागेर उहाँको पछि लागे।
येशूले आँधी शान्त पार्नुभएको
एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, "हामी तालको पारिपट्टि जाऔँ।" अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो। तिनीहरू डुङ्गामा जाँदै गर्दा येशू निदाउनुभयो। त्यस तालमा ठूलो आँधी चल्न लाग्यो जसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू ठूलो खतरामा परे।
तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, "गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!"
तब उहाँ उठेर बतास र उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो। उहाँले चेलाहरूलाई भन्नुभयो, "तिमीहरूको विश्वास खोइ?"
डर र आश्चर्यमा परी तिनीहरूले एक-आपसमा भने, "उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।"
येशूले आँधी शान्त पार्नुभएको
एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, "हामी तालको पारिपट्टि जाऔँ।" अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो। तिनीहरू डुङ्गामा जाँदै गर्दा येशू निदाउनुभयो। त्यस तालमा ठूलो आँधी चल्न लाग्यो जसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू ठूलो खतरामा परे।
तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, "गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!"
तब उहाँ उठेर बतास र उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो। उहाँले चेलाहरूलाई भन्नुभयो, "तिमीहरूको विश्वास खोइ?"
डर र आश्चर्यमा परी तिनीहरूले एक-आपसमा भने, "उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।"
दुष्ट आत्मा लागेको मानिस निको भएको
उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो।
दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, "भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।"
उहाँले भन्नुभयो, "तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।"
तिनीहरूले जवाफ दिए, "गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।" (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।)
तर उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, "तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।" अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे। ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो। तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
येशूले पानीलाई दाखमद्यमा बदल्नुभएको
तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्। येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए। दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, "तिनीहरूसँग अरू दाखमद्य छैन।"
येशूले जवाफ दिनुभयो, "हे नारी, मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।"
उहाँकी आमाले सेवकहरूलाई भनिन्, "उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।"
यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक-एक सय लिटर पानी अट्ने ढुङ्गाका छ वटा घ्याम्पाहरू त्यहीँ नजिकै थिए।
येशूले सेवकहरूलाई भन्नुभयो, "घ्याम्पाहरूमा पानी भर।" अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, "अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।"
तिनीहरूले त्यसै गरे। जब भोजका नाइकेले त्यस पानीलाई चाखे, जुन दाखमद्य बनिसकेको थियो, त्यो दाखमद्य कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाए, र भने, "हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, र सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ। तर तिमीले त सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।"
येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो।
फिलिपले उहाँलाई भने, "दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्न पनि पर्याप्त हुँदैन!"
उहाँका चेलाहरूमध्येका अर्का एक जना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने, "यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?"
येशूले भन्नुभयो, "मानिसहरूलाई बस्न लगाओ।" त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीँ बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए। त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो। र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो।
तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, "उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।" तिनीहरूले त्यो बटुले, र पाँच वटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे।
तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए। तर उहाँले तिनीहरूलाई भन्नुभयो, "म नै हुँ, नडराओ!" तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो।
येशू र सात जना चेलाहरू
यसपछि येशू तिबेरियास तालको किनारमा फेरि चेलाहरूकहाँ देखा पर्नुभयो; अनि यो यस प्रकारले भयो: सिमोन पत्रुस, थोमा (दिदुमस), गालीलको कानाका नथानेल, जब्दीका छोराहरू र अरू दुई चेलाहरू सँगसँगै थिए। सिमोन पत्रुसले तिनीहरूलाई भने, "म माछा मार्न जान्छु।" अनि तिनीहरूले भने, "हामी पनि तिमीसँगै जान्छौँ।" अनि तिनीहरू गए, र डुङ्गामा चढे; तर तिनीहरूले रातभरि पनि एउटै माछा मार्न सकेनन्।
बिहानको मिरमिरेमा येशू किनारमा उभिनुभएको थियो; तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिन्न सकेनन्।
उहाँले तिनीहरूलाई बोलाएर भन्नुभयो, "हे बालकहरू हो! तिमीहरूसँग केही माछाहरू छन् कि?"
"छैन," तिनीहरूले उत्तर दिए।
उहाँले फेरि भन्नुभयो, "डुङ्गाको दाहिनेपट्टि जाल हान, र तिमीहरूले केही भेट्टाउनेछौ।" तिनीहरूले त्यसै गरे, र जालमा यति धेरै माछाहरू पर्यो कि तिनीहरूले जाल तान्नै सकेनन्।
तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, "उहाँ प्रभु नै हुनुहुन्छ! उहाँ प्रभु हुनुहुन्छ," भन्ने सुन्नसाथ सिमोन पत्रुसले आफ्नो खास्टो कम्मरमा बेह्रेर पानीमा हाम फाले (किनकि तिनले लुगा फुकालेका थिए)। अरू चेलाहरू एउटा सानो डुङ्गामा माछाले भरिएका जाललाई तान्दै आए। किनकि किनार प्रायः नब्बे मिटर जति मात्र टाढा थियो। किनारमा आइपुगेपछि तिनीहरूले आगोको भुङ्ग्रोमा माछा राखिएका र केही रोटी देखे।
येशूले तिनीहरूलाई भन्नुभयो, "तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याओ।" सिमोन पत्रुसले डुङ्गामा चढेर जाललाई तानेर किनारमा ल्याए। गन्ती गर्दा एक सय त्रिपन्न वटा ठूला-ठूला माछा परेका रहेछन्, तर यति धेरै भए तापनि जाल फाटेको थिएन।
Libertações
Jesus expulsou demônios com autoridade. Os espíritos impuros não resistiam à sua palavra e saíam imediatamente.
सेनापतिको विश्वास
जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे। तिनले भने, "हे प्रभु, मेरो सेवक घरमा पक्षघातको रोगले धेरै कष्ट पाइरहेको छ।"
येशूले तिनलाई भन्नुभयो, "म आउनेछु र त्यसलाई निको पार्नेछु।"
तब सेनापतिले जवाफ दिए, "हे प्रभु, तपाईं मेरो छानामुनि आउनुहुने योग्यको म छैनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ। किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, र त्यो जान्छ; अनि अर्कोलाई ‘आइज’ भन्छु, र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु, र त्यसले त्यो गर्छ।"
यो सुनेर येशू आश्चर्यचकित हुनुभयो, र आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्नुभयो, "म तिमीहरूलाई साँचो भन्दछु, मैले इस्राएलीहरू कसैमा पनि यति ठूलो विश्वास पाएको छैनँ। म तिमीहरूलाई भन्दछु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्। अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्नेछन्। तर परमेश्वरको राज्यमा हुनुपर्ने सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।"
तब येशूले त्यस सेनापतिलाई भन्नुभयो, "जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्वास गरेका थियौ, त्यस्तै हुनेछ।" अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।
येशूद्वारा भूत लागेका दुई मानिसहरू निको भएका
जब येशू गदरिनीहरूको मुलुकको अर्को ठाउँमा आइपुग्नुभयो, तब त्यहाँ चिहानबाट भूत लागेका दुई मानिसहरू उहाँलाई भेट्न आए। तिनीहरू यति हिंसक थिए कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो। तिनीहरूले चिच्याउँदै यसो भने, "हे परमेश्वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अगि नै हामीलाई सताउन आउनुभएको हो?"
त्यस ठाउँदेखि केही टाढा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेका थिए। ती भूतआत्माहरूले येशूसित यसरी बिन्ती गरे, "यदि तपाईंले हामीलाई निकालेर खेद्नुहुन्छ भने हामीलाई सुँगुरको त्यस बगालभित्र जाने अनुमति दिनुहोस्।"
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, "जाओ!" र तिनीहरू निस्केर सुँगुरहरूमा पसे। तब सम्पूर्ण बगाल भिरबाट हुर्रिँदै गएर तालमा खसे, र पानीमा डुबेर मरे। अनि सुँगुर चराउनेहरू भागेर सहरमा पुगे, र त्यो भूत लागेको मानिसलाई के भएको थियो, ती सबै कुरा मानिसहरूलाई बताइदिए। तब सहरका सारा मानिसहरू नै गएर येशूलाई भेटे। जब तिनीहरूले उहाँलाई भेटे, तब उहाँलाई त्यस क्षेत्रबाट गइहाल्न भनी बिन्ती गरे।
उहाँहरू जाँदै गर्नुहुँदा एक जना भूत लागेको र बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो। अनि जब भूत निकालियो, तब त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीडले छक्क पर्दै भने, "इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन।"
येशू र बालजिबुल
तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो।
कनानी स्त्रीको विश्वास
त्यो ठाउँ छोडेर येशू टायर र सीदोनका इलाकातिर जानुभयो। त्यतातिरबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, "प्रभु, दावीदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूतआत्मा लागेको छ, र साह्रै सताएको छ।"
येशूले जवाफमा एक शब्द पनि बोल्नुभएन। यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर बिन्ती गरे, "त्यसलाई पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछि-पछि रुँदै आइरहेकी छ।"
उहाँले जवाफ दिनुभयो, "म त इस्राएली घरानाका हराएका भेडाहरूकहाँ मात्र पठाइएको हुँ।"
त्यो स्त्री उहाँकहाँ आई, र घुँडा टेकेर भनी, "प्रभु, मलाई सहायता गर्नुहोस्!"
उहाँले जवाफ दिनुभयो, "केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अगि फालिदिनु उचित होइन।"
त्यस स्त्रीले भनी, "हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।"
तब येशूले जवाफ दिनुभयो, "हे स्त्री, तिम्रो विश्वास ठूलो रहेछ। तिमीले चाहेजस्तै नै होस्।" अनि उसकी छोरी त्यसै बेला निको भई।
येशूद्वारा भूत लागेकोलाई निको पारिएको
जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, तब एक जना मानिसले येशूकहाँ आएर उहाँको सामु घुँडा टेकेर भन्यो, "प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, र उसले धेरै कष्ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ। मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।"
येशूले जवाफ दिनुभयो, "ए अविश्वासी र भ्रष्ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला? र तिमीहरूलाई सहुँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।" येशूले त्यस भूतआत्मालाई हप्काउनुभयो, र त्यो त्यस केटोबाट निस्क्यो; र त्यो केटो त्यसै घडीदेखि निको भयो।
त्यति नै बेला अशुद्ध आत्मा लागेको एक जना मानिस सभाघरमा यसरी करायो, "हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्वरको पवित्र जन हुनुहुन्छ!"
येशूले त्यसलाई हकारेर भन्नुभयो, "चुप लाग्! त्यसबाट निस्किजा!" अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्लायो, र चिच्याएर त्यसबाट निस्क्यो।
येशूले भूतआत्मा लागेको मानिसलाई निको पार्नुभएको
उहाँहरू तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा जानुभयो। जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, तब त्यहाँ अशुद्ध आत्मा लागेको एउटा मानिस चिहानबाट उहाँलाई भेट्न आयो। त्यो मानिस चिहानहरूमा बस्थ्यो। कसैले पनि त्यसलाई साङ्लोले पनि बाँधेर राख्न सक्दैनथ्यो। किनभने धेरैपल्ट त्यसलाई हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो, र खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्न सक्ने बल कसैसँग थिएन। त्यो दिनरात चिहानहरूमा र पहाडहरूमा रहन्थ्यो; चिच्याउँथ्यो र आफैँलाई ढुङ्गाले काट्ने गर्दथ्यो।
जब त्यसले टाढैबाट येशूलाई देख्यो, तब त्यो दगुरेर उहाँको सामु गई उहाँलाई दण्डवत् गर्यो। त्यसले चर्को सोरले कराएर भन्यो, "हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्वरको नाममा बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!" किनकि येशूले त्यसलाई भन्नुभएको थियो, "हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्केर जा!"
तब येशूले त्यसलाई सोध्नुभयो, "तेरो नाम के हो?"
त्यसले जवाफ दियो, "मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।" अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो।
त्यहाँ नजिकै, पहाडमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो। ती भूतआत्माहरूले येशूलाई यसरी बिन्ती गरे, "हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्न दिनुहोस्।" उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। करिब दुई हजार सुँगुरको बगाल भिरालो किनारबाट हुरमुरिँदै गएर तालमा खसेर डुबेर मरे।
ती सुँगुर चराउनेहरू त्यहाँबाट भागे। सहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, तब मानिसहरू के भएको थियो, सो हेर्न गए।
तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुर्बान हो’ अर्थात् परमेश्वरलाई चढाइसकिएको भेटी भन्यो भने, तिमीहरू त्यसलाई आफ्ना बुबा वा आमाका लागि केही गर्न दिँदैनौ। यसरी तिमीहरूले चलिआएको आफ्ना परम्पराद्वारा परमेश्वरको वचनलाई व्यर्थको तुल्याउँछौ। तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।"
येशूले भीडलाई आफूकहाँ बोलाएर भन्नुभयो, "तिमीहरू हरेकले मेरो कुरा सुन, र त्यसलाई बुझ। मानिसको बाहिरबाट कुनै पनि कुरा ऊभित्र पसेमा उसलाई अशुद्ध बनाउन सक्दैन। बरु उसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्।
सिरिया-फोनिके निवासी स्त्रीको विश्वास
येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्नुभयो, र यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्त राख्न सक्नुभएन। वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्नसाथ आइन्, र उहाँको पाउमा परिन्। ती स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिइन्। तिनले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिन बिन्ती गरिन्।
उहाँले तिनलाई भन्नुभयो, "पहिला बालबच्चालाई पेटभरि खान देऊ; किनकि तिनीहरूको रोटी लगेर कुकुरहरूलाई फालिदिनु उचित होइन।"
तिनले जवाफ दिइन्, "हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि बालबच्चाले खसालेका टुक्राहरू खान्छन्।"
तब उहाँले तिनलाई भन्नुभयो, "तिमीले यस्तो जवाफ दिएको हुनाले तिमी घरमा जाऊ; तिम्री छोरीलाई भूतले छोडिसकेको छ।"
तिनी घर फर्केर गइन्, र आफ्नी छोरीलाई ओछ्यानमा ढल्किएकी र भूत निस्किसकेको भेट्टाइन्।
तब भीडबाट एक जना मानिसले जवाफ दियो, "हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ। जब त्यसले उसलाई पक्रन्छ, उसलाई भुइँमा पछारिहाल्छ; उसले मुखबाट फिँज काढ्छ, दाह्रा किट्छ र अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई यस आत्मालाई धपाइदिनुहोस् भनी बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।"
येशूले जवाफ दिनुभयो, "ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? त्यस केटोलाई मकहाँ ल्याओ।"
यसकारण तिनीहरूले त्यसलाई ल्याए। जब त्यस आत्माले येशूलाई देख्यो, तब त्यसले तुरुन्तै त्यस केटोलाई लछारपछार पार्यो। त्यो भुइँमा लडीबुडी गर्न थाल्यो; अनि मुखबाट फिँज काढ्न थाल्यो।
येशूले केटाको बुबालाई सोध्नुभयो, "यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?"
तिनले जवाफ दिए, "सानैदेखि। त्यसले यसलाई मार्न घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गरिदिनुहोस्।"
येशूले भन्नुभयो, "यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्नुको अर्थ के हो? विश्वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।"
तुरुन्तै त्यस केटाको बुबाले भने, "म विश्वास गर्दछु; मेरो अविश्वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!"
जब येशूले त्यस ठाउँमा एउटा भीड दौडेर आइरहेका देख्नुभयो, तब उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हकार्नुभयो, "तँ बहिरो र लाटो आत्मा, तँलाई म आज्ञा दिन्छु, त्यसबाट बाहिर आइज र त्यसमा फेरि कहिल्यै नपस्।"
तब त्यो आत्मा चिच्याएर त्यसलाई जोडसित पछारेर बाहिर निस्क्यो। त्यो केटो मरेजस्तै भयो। यतिसम्म कि धेरै जनाले "त्यो त मरेछ" भन्ठाने। तर येशूले त्यसको हात समातेर त्यसलाई आफ्नो खुट्टामा उभ्याउनुभयो, र त्यो ठिङ्ग उभियो।
येशूले धेरैलाई निको पार्नुभएको
त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे। उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्।
येशू जब किनारमा उत्रनुभयो, तब भूतआत्माले ग्रसित भएको त्यस सहरको एक जना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो। घरमा बस्दैनथियो; तर चिहानहरूका गुफामा बस्नेगर्थ्यो। जब त्यसले येशूलाई देख्यो, त्यो चिच्यायो, र उहाँको पाउमा पर्यो। अनि चर्को सोरले कराएर भन्यो, "हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, तपाईं मसित के चाहनुहुन्छ? म तपाईंलाई बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!" किनकि येशूले अशुद्ध आत्मालाई त्यो मानिसबाट अगिबाटै निस्किआउन आज्ञा गर्नुभएको थियो। त्यस आत्माले त्यसलाई धेरैपल्ट पक्रेको थियो। त्यसलाई हात र खुट्टामा साङ्लोले बाँधेर पहरा दिएर राखिएको भए तापनि साङ्लाहरू छिनाइहाल्थ्यो। अनि भूतआत्माले त्यसलाई एकान्त ठाउँहरूमा लैजान्थ्यो।
येशूले त्यसलाई सोध्नुभयो, "तेरो नाम के हो?"
त्यसले जवाफ दियो, "फौज," किनकि त्यसभित्र धेरै भूतआत्माहरू पसेका थिए। तिनीहरूले उहाँसँग तिनीहरूलाई अतल कुण्डमा जाने आज्ञा नदिनका निम्ति बारम्बार बिन्ती गरे।
त्यहाँ डाँडामा एक हुल सुँगुरहरू चरिरहेका थिए। भूतआत्माहरूले तिनीहरूलाई ती सुँगुरहरूभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। उहाँले अनुमति दिनुभयो। तब त्यो मानिसबाट भूतहरू निस्केर ती सुँगुरहरूभित्र पसे। त्यो हुल भिरालो पाखाबाट हुरमुरिँदै गएर तालमा खसे, र डुबेर मरे।
जब सुँगुर चराउनेहरूले त्यहाँ यो भएको घटना देखे, तब तिनीहरू भागे। अनि सहर र गाउँतिर यसको खबर दिए। मानिसहरू जे घटेको थियो, त्यो हेर्न गए। येशूकहाँ आउँदा तिनीहरूले जुन मानिसबाट भूतआत्माहरू निस्केर गएका थिए, त्यो मानिस ठिक दिमागको भएर लुगा लगाएर येशूका पाउमा बसिरहेका भेट्टाए। यो देखेर तिनीहरू डराए।
"म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।"
प्रभु येशूको रूप परिवर्तन
येशूले यो कुरा भन्नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो। उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो। दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे। तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो।
पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए; तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुई जना मानिसलाई देखे। मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, "गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।" आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन।
भीडबाट एउटा मानिसले कराएर भन्यो, "गुरुज्यू, मेरो छोरामाथि कृपादृष्टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो। एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ। त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।"
येशूले जवाफ दिनुभयो, "ए अविश्वासी र भ्रष्ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।"
त्यो केटो आउँदा-आउँदै दुष्ट आत्माले उसलाई भुइँमा पछार्यो र माडारमुडुर पार्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, र केटालाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो। तिनीहरू सबै परमेश्वरको महान् शक्ति देखेर आश्चर्यचकित भए।
येशूले दोस्रो पटक आफ्नो मृत्युको भविष्यवाणी गर्नुभएको
सबै मानिसहरू येशूले गर्नुभएका कुरामा छक्क परेका देखेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
येशू र बालजिबुल
एक दिन येशूले एउटा लाटो व्यक्तिबाट भूतआत्मा निकालिरहनुभएको थियो। भूतआत्मा निस्केपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर भीड छक्क पर्यो।
अनि तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको सेवकलाई हाने, र त्यसको दाहिने कान काटिदिए।
तर येशूले भन्नुभयो, "अब यसो नगर!" अनि उहाँले त्यस मानिसको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो।
यूहन्नाका मानिसहरू गएपछि येशूले भीडलाई यूहन्नाको विषयमा भन्न लाग्नुभयो: "तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्लाएको निगालोलाई? यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू र विलासितामा रहनेहरू त दरबारमा हुन्छन्। तर तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्लाई। यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ:
" ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु,
जसले तिम्रो बाटो तयार पार्नेछन्।’
म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि बप्तिस्मा दिने यूहन्नाभन्दा महान् छैन; तापनि परमेश्वरको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुन्छ।"
(सबै मानिसहरू, कर उठाउनेहरूसमेत, सबै जनाले येशूको यो वचन सुनेर परमेश्वरको मार्ग ठिक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्नाद्वारा बप्तिस्मा पाएका थिए। तर फरिसीहरू र व्यवस्थाका विद्वान्हरूले परमेश्वरको अभिप्रायलाई अस्वीकार गरे; किनकि तिनीहरूले यूहन्नाद्वारा बप्तिस्मा पाएका थिएनन्।)