Motivação
Motivação verdadeira vem de Deus. A Bíblia nos inspira a correr a carreira da fé com perseverança, sabendo que o Senhor fortalece, guia e recompensa os fiéis.
Força do alto
Tudo posso naquele que me fortalece. Deus dá poder aos fracos e renova a força dos cansados — Ele é a fonte de toda motivação.
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,
र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।
जवानहरू पनि थाक्छन् र गल्छन्;
अनि जवान मानिसहरू ठक्कर खाएर लड्छन्;
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
म याहवेहमा अत्यन्त आनन्दित हुन्छु;
मेरो प्राणले मेरा परमेश्वरमा आनन्द गर्छ।
किनकि दुलहाले आफ्नो शिरलाई पुजारीले सिँगारेझैँ,
र दुलहीले आफूलाई गहनाहरूले सिँगारेझैँ,
उहाँले मलाई मुक्तिको पोशाक लगाइदिनुभएको छ,
र धार्मिकताको पोशाकले मलाई सजाउनुभएको छ।
किनकि तिमीहरूमा काम गर्ने परमेश्वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ।
Correr para o alvo
Prossigo para o alvo, para o prêmio da soberana vocação de Deus em Cristo Jesus. A corrida da fé exige disciplina e foco.
दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु; म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्वरले ख्रीष्ट येशूमा मलाई बोलाउनुभएको छ।
आत्म-अनुशासनको आवश्यकता
दौडमा भाग लिने सबै दौडन्छन्, तर पुरस्कारचाहिँ एउटैले मात्र पाउँछ, के तिमीहरू जान्दैनौ? त्यसैले पुरस्कार पाउनसक्ने तरिकाले दौड। हरेक जो खेलमा भाग लिन्छन्, कठोर तालिममा भएर जान्छन्। तिनीहरूले नाश भएर जाने मुकुट पाउनका निम्ति यी सबै गर्छन्। तर हामी त सदा रहिरहने मुकुट पाउनका निम्ति यसो गर्दछौँ। यसकारण म पनि लक्ष्य नराखी दगुर्दिनँ; म हावामा मुक्का हान्दिनँ। तर म आफ्नो शरीरलाई अधीनमा राख्छु, र यसलाई म आफ्नो सेवक बनाउँछु; नत्रता अरूलाई प्रचार गरेर म आफैँचाहिँ पुरस्कार पाउन अयोग्य ठहरिन्छु।
यसकारण यतिका साक्षीका ठूला बादलले हामीलाई घेरिराखेका हुनाले, हामीलाई बाधा पुर्याउने टन्टाहरू र सजिलैसित अलमल्याउने पापहरूजस्ता हरेक थोक त्यागेर, हाम्रो अगि राखिएको दौड धीरजसाथ दगुरौँ। हाम्रा विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो अगि राखिएको आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिने हाततिर विराजमान हुनुभयो। पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, यसरी तिमीहरू थाक्नेछैनौ र हरेस खानेछैनौ।
तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर।
Propósito e missão
Deus tem planos de esperança para nós. Cada dia é oportunidade de fazer a sua vontade e avançar com confiança na missão.
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
मेरो नाममा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु; ताकि पुत्रद्वारा पितालाई महिमा होस्। तिमीहरूले मसँग मेरो नाममा जे मागे पनि म त्यो पूरा गर्नेछु।
यसकारण जाओ, र सबै राष्ट्रहरूमा गएर चेला बनाओ, र तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।"
तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।"
तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ।
तिम्रो नजिक एक हजार जना ढल्नेछन्,
तिम्रो दाहिने हाततिर दश हजार;
तर त्यो तिम्रो नजिक आउनेछैन।
के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ। किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ।
किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, "यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।"
तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्। यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्। अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक।