A mulher virtuosa
A mulher virtuosa de Provérbios 31 é um retrato de excelência. Seu valor excede o de rubis — ela é sábia, trabalhadora, generosa e teme ao Senhor acima de tudo.
Uma joia rara
Mulher virtuosa, quem a achará? Seu valor excede o de rubis. Ela é o coração da família e a força do lar.
पदहरू एकरोस्टिक कविता हुन्, जसका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छ। असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ?
तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
पदहरू एकरोस्टिक कविता हुन्, जसका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छ। असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ?
तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्;
र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।
तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन,
तर असल कुरा दिन्छिन्।
तिनले ऊन र सनपाट चुन्छिन्,
र इच्छुक हातले काम गर्छिन्।
व्यापारीका जहाजहरूले जस्तै;
तिनले टाढाबाट भोजन ल्याउँछिन्।
मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्,
आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्,
र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।
तिनले विचार गरेर एउटा जमिन किन्छिन्,
र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्।
तिनले आफ्नो काम जोसका साथ गर्छिन्;
आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्।
तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्;
र राति तिनको बत्ती निभ्दैन।
तिनले आफ्नो हातले चर्खा चलाउँछिन्,
र आफ्नो औँलाले पिउरी समाउँछिन्।
तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्;
र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्।
चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो,
तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो।
अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्।
Caráter acima da aparência
Enganosa é a graça e vã é a formosura, mas a mulher que teme ao Senhor será louvada. A verdadeira beleza é interior.
सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ;
तर याहवेहको डर मान्ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।
त्यसै गरी म चाहन्छु, स्त्रीहरूले भद्रता र शिष्टतासाथ सुहाउँदो वस्त्र पहिरून्; केशको बढी सिँगार गरेर, सुन, मोती र महङ्गा वस्त्रहरू पहिरेर होइन। तर असल कामद्वारा सुसज्जित होऊन्, जुन परमेश्वरमा भक्ति राखेको भनी दाबी गर्ने स्त्रीहरूलाई सुहाउँछ।
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे;
तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्,
तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।
त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्। तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न, आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्न सिकाऊन्, ताकि कसैले पनि परमेश्वरको वचनको निन्दा गर्न नपाओस्।