Namoro e sexo
Namoro e sexo são temas que a Bíblia trata com clareza e sem tabus. Deus criou o sexo como bênção dentro do casamento e nos chama à pureza fora dele.
Pureza sexual
A vontade de Deus é a santificação. Cada um saiba controlar seu próprio corpo em santidade e honra, não na paixão do desejo.
परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। तिमीहरू परमेश्वरलाई नचिन्नेहरूजस्ता कामुकताको कामवासनामा नबस।
तिमी भन्दछौ, "पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्वरले यी दुवैलाई नष्ट गर्नुहुनेछ।" हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो; अनि प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ।
यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।
Arrependimento e restauração
Bem-aventurado aquele cujo pecado é perdoado. Deus restaura os que se arrependem e cria neles um coração limpo e renovado.
धन्य हो त्यो मानिस,
जसका अपराधहरू क्षमा भएका छन्;
जसका पापहरू ढाकिएका छन्।
त्यो मानिस धन्यको हो,
जसको पापको लेखा याहवेहले राख्नुहुन्न,
जसको मनमा कुनै छलकपट छैन।
जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ,
तब मेरो दिनभरिको विलौनाले गर्दा
मेरा हाडहरू मक्किए।
किनकि दिनरात
तपाईंको बाहुलीको भार ममाथि रह्यो;
मेरो शरीरको शक्ति
गर्मीको तापलेझैँ सुकिगएको छ। सेला
तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ,
र मेरो अधर्म लुकाइ राखिनँ।
मैले भनेँ, "म याहवेहको सामु
मेरो अपराधहरू स्वीकार गर्नेछु।"
र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ,
सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्;
निश्चय नै उर्लेको डरलाग्दो भेलले
तिनीहरूलाई छुनेछैन।
मेरा सबै अधर्महरूलाई पखालिदिनुहोस्,
र मेरो पापबाट मलाई शुद्ध पारिदिनुहोस्!
किनकि मेरा अपराधहरू म जान्दछु;
र मेरो पाप सधैँ मेरै सामु छ।
मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु,
अनि तपाईंको दृष्टिमा जे खराबी छ, मैले त्यही गरेको छु;
यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ,
र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ।
हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु;
मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
मलाई हर्ष र आनन्दका कुरा सुन्न दिनुहोस्;
तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्!
मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्,
र मेरा सारा अधर्महरू मेटिदिनुहोस्!
हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,
र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्,
र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्!
तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्,
र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्!