Não desista!
'Não desista!' é o grito do céu para a terra. Deus nos encoraja a perseverar na fé, na oração e na esperança, porque a vitória pertence aos que não se rendem.
Força na fraqueza
Os que esperam no Senhor renovam as forças. Deus não se cansa nem se fatiga — Ele dá poder aos fracos e vigor aos cansados.
के तँ जान्दैनस्?
के तैँले सुनेको छैनस्?
याहवेह अनन्तका परमेश्वर हुनुहुन्छ,
सारा पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
उहाँ थाक्नुहुन्न, न त गल्नु हुन्छ,
उहाँको बुद्धि अपरम्पार छ।
उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,
र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।
जवानहरू पनि थाक्छन् र गल्छन्;
अनि जवान मानिसहरू ठक्कर खाएर लड्छन्;
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
हे यरूशलेममा बस्ने सियोनका मानिसहरू हो, तिमीहरू फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रुँदा उहाँ अति अनुग्रहकारी हुनुहुनेछ! उहाँले सुन्नेबित्तिकै तिमीहरूलाई जवाफ दिनुहुनेछ।
इस्राएलका एक मात्र मुक्तिदाता
तर अब, हे याकोब, तँलाई रच्नुहुने,
हे इस्राएल, तँलाई सृष्टि गर्नुहुने,
याहवेह यसो भन्नुहुन्छः
"नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु;
मैले तँलाई नाम काढेर बोलाएको छु; तँ मेरै होस्।
तँ पानीबाट भएर जाँदा
म तँसित हुनेछु;
अनि तँ नदीहरूबाट भएर जाँदा
तिनले तँलाई बगाउनेछैनन्।
तँ आगोबाट हिँडेर जाँदा
तँ जल्नेछैनस्;
त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ;
इस्राएलका पवित्र परमेश्वर, तेरा उद्धारकर्ता हुनुहुन्छ।
तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु;
तेरो सट्टामा कूश र सेबा दिएँ।
म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो पनि म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
यसकारण हामी हरेस खाँदैनौँ। किनकि हाम्रो बाहिरी मनुष्यत्व नष्ट हुँदै गइरहेको भए तापनि हाम्रो भित्री आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ। किनकि हाम्रो हल्का र क्षणभरको कष्टले हाम्रा निम्ति अनन्तको महिमा प्राप्त हुनेछ, जुन यी सबै कष्टहरूको तुलनामा केही पनि होइन। यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।
Perseverança na fé
Não perca a confiança, pois ela tem grande recompensa. O justo viverá pela fé, e quem perseverar até o fim será salvo.
यसकारण आफ्नो आत्मविश्वास नत्याग, जसमा ठूलो प्रतिफल छ।
प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ। अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौँ। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौँ; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौँ।
विश्वासविना परमेश्वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ।
किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ।
हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ।
हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्।
परमेश्वरका आज्ञाहरू पालन गर्ने, र येशूप्रति विश्वासयोग्य भइरहने परमेश्वरका जनहरूको धीरज र सहनशीलता यसैमा हुनुपर्छ।
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ।
Deus é refúgio
O Senhor é nosso refúgio e fortaleza. Ele ouve nossas orações, nos consola nas tribulações e transforma choro em dança.
परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,
सङ्कष्टमा सधैँ हाजिर हुने सहायक।
आफ्नो बोझ याहवेहमा राख;
र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।
उहाँले कहिल्यै
धर्मीहरूलाई हार्न दिनुहुनेछैन।
याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ,
सङ्कष्टको समयमा उहाँ किल्ला हुनुहुन्छ।
तपाईंका नाम जान्नेहरूले तपाईंमा भरोसा राख्दछन्,
किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन।
जसले आँसु बहाउँदै बिउ छर्दछन्,
तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्।
जो रुँदै-रुँदै बिउ बोकेर
छर्नको लागि बाहिर जान्छन्,
तिनीहरू हर्षका गीत गाउँदै
अन्नका बिटाहरू बोकेर फर्कनेछन्।
हे सबै याहवेहमा आशा राख्नेहरू हो,
बलियो र साहसिलो होओ।
तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती,
र मेरो बाटोका निम्ति ज्योति हो।
याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ,
उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।
उहाँको भय मान्नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ;
उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ।
Vitória em Cristo
Jesus venceu o mundo e nos dá vitória. Para Deus nada é impossível, e Ele faz infinitamente mais do que pedimos ou pensamos.
"ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।"
त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्।
तब येशूले बाह्र जनालाई सोध्नुभयो, "के तिमीहरू पनि छोडेर जान चाहन्छौ?"
सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, "प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्। हामी विश्वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।"
म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
प्रार्थनाको लागि प्रोत्साहन
"माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
"हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।"
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।"
किनकि परमेश्वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।"
Esperança e transformação
O Senhor completa a boa obra que começou em nós. Ele faz novas todas as coisas e dá esperança para o futuro.
यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।
यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्।
नयाँ आकाश र नयाँ पृथ्वी
तब मैले "एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;" किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन। अनि मैले पवित्र सहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैँ सिँगारिएर स्वर्गदेखि परमेश्वरबाट तल झरिरहेको देखेँ। तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, "हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।"
याहवेह भलो हुनुहुन्छ,
दुःखको समयमा एक शरणस्थान।
उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ,
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।"
Permanecendo firme
Persevere na oração, firme-se na Palavra e fortaleça-se na graça de Cristo. A fé vem pelo ouvir, e o ouvir pela Palavra de Deus.
कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो। आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ।
आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ।
मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्वरको क्रोधका लागि छोडिदेओ। किनकि यसरी लेखिएको छ: "बदला लिने काम मेरो हो, म बदला लिनेछु," परमप्रभु भन्नुहुन्छ।
यसैले विश्वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्टको वचन प्रचारद्वारा आउँछ।
हामी जान्दछौँ, परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।
सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ। जसद्वारा परमेश्वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।
तिमीले मबाट सुनेका सत्य शिक्षालाई ख्रीष्ट येशूमा विश्वास र प्रेमसाथ नमुनाको रूपमा पक्रिराख। हामीमा बास गर्नुहुने पवित्र आत्माको सहायताद्वारा तिमीलाई सुम्पिएको सत्य वचन सुरक्षित राख।
हाम्रा प्रभु येशू ख्रीष्ट आफैँले, र हाम्रा परमेश्वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो; अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो; उहाँले नै तिमीहरूका हृदयलाई उत्साहित र तिमीहरूलाई हरेक असल काम र वचनमा बलियो पारून्।
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
परमेश्वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्नुहुन्छ। अनि हामीले जेसुकै मागे तापनि उहाँले हामीलाई सुन्नुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग जे मागेका छौँ, त्यो हामीले पाएका छौँ भनी हामी जान्दछौँ।
प्रेमले सधैँ रक्षा गर्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ र सधैँ स्थिर रहन्छ।