Não temas
'Não temas' é uma das frases mais repetidas na Bíblia. Deus a pronuncia nos momentos de maior temor, lembrando que sua presença e poder são maiores que qualquer ameaça.
Deus está contigo
Não temas, porque eu sou contigo. Deus repete essa promessa em cada crise, guerra e desafio que seus filhos enfrentam.
यसकारण नडरा; किनकि म तँसित छु;
निराश नहो, किनकि म तेरो परमेश्वर हुँ।
म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु;
म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ,
जसले तेरो दाहिने हात समातेर
तँलाई भन्दछु, नडरा;
म तँलाई सहायता गर्नेछु।
हे किरासमान याकोब,
हे सानो इस्राएल, नडरा;
किनकि म आफैँ तँलाई सहायता गर्नेछु"
तेरो उद्धारक, इस्राएलका पवित्र परमेश्वर, याहवेह घोषणा गर्नुहुन्छ,
हे सियोनमा शुभ समाचार ल्याउने,
अग्लो पर्वतमा चढ्!
हे यरूशलेममा शुभ समाचार ल्याउने,
आफ्नो सोर जोडले उचाल्,
सोर उचाल्, नडरा;
यहूदाका नगरहरूलाई भन्,
"तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ!"
के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।"
तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।"
त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो:
"अब्राम, तँ नडरा;
म तेरो ढाल हुँ,
र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।"
Coragem diante do perigo
Não tenhas medo — o Senhor teu Deus está no meio de ti, poderoso para salvar. Ele luta por nós e dá forças aos medrosos.
त्यस दिन
तिनीहरूले यरूशलेमलाई भन्नेछन्,
"हे सियोन, नडरा;
तेरा हातहरू लुला हुन नपाऊन्।
याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ;
तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ।
उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ;
उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन,
तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।"
अगमवक्ताले जवाफ दिए, "नडरा, हामीसित जो छन्, तिनीहरूसित भएकाहरूभन्दा धेरै छन्।"
तब एलीशाले प्रार्थना गरे, "हे याहवेह, यसका आँखा खोलिदिनुहोस्, ताकि यसले देख्न सकोस्।" तब याहवेहले त्यस सेवकका आँखा खोलिदिनुभयो। त्यसले हेर्यो, र एलीशाका चारैतिरका डाँडाहरू आगोका घोडाहरू र रथहरूले भरिएका देख्यो।
हे यहूदाको देश, भयभीत नहो;
हर्षित र आनन्दित हो।
निश्चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
तर याहवेहले मलाई भन्नुभयो, "म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्नैपर्छ। तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु," याहवेह घोषणा गर्नुहुन्छ।
एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्नुभयो: "तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग; किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।"
अनि तँ हे मानिसको छोरा, तिनीहरू अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा वरिपरि सिउँडी काँडा र अरू काँडाहरू भए तापनि र तँ बिच्छीहरूको बीचमा बसे तापनि नडरा। तिनीहरू विद्रोही भए तापनि तिनीहरूका कुराहरूदेखि नडरा अथवा तीबाट त्रसित नहो। तिनीहरूले चाहे सुनून् वा नसुनून्, तैँले मेरा वचनहरू भन्नू; किनकि तिनीहरू विद्रोही छन्।
Fé que vence o medo
O medo não vem de Deus. Jesus disse: não temas, crê somente! A fé dissipa o medo e nos conecta ao poder de Deus.
उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्नुभयो, "नडराऊ, विश्वास मात्र गर।"
तिमीहरूले भोग्न लागेका कष्टहरूसित नडराओ। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरूमध्ये कतिलाई जाँच्नलाई कैदमा लैजानेछ; अनि तिमीहरूले दश दिनसम्म सतावट भोग्नेछौ। मृत्युसम्मै विश्वासी होओ, र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु।
शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ।
तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, "दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
तर स्वर्गदूतले तिनलाई भने, "नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ।
जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, "हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म एउटा पापी मानिस हुँ!"