Nascer de novo
Nascer de novo é a porta de entrada para a vida em Deus. Jesus ensinou que sem o novo nascimento espiritual, ninguém pode ver nem entrar no Reino de Deus.
A necessidade do novo nascimento
Jesus declarou a Nicodemos: 'Aquele que não nascer de novo não pode ver o Reino de Deus.' O novo nascimento é pelo Espírito.
येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन।"
येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन।"
निकोदेमसले सोधे, "मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्न त सक्दैन!"
येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेछैन। शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ। ‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्ने मेरो भनाइमा अचम्म नमान। बतास जता मन लाग्यो त्यतै बहन्छ। तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ।"
येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेछैन। शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ। ‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्ने मेरो भनाइमा अचम्म नमान।
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।"
स्वर्गको राज्यमा सबैभन्दा ठूलो
त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, "स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?"
उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, र भन्नुभयो, "म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ;
Nova criação em Cristo
Quem está em Cristo é nova criação. Morremos e ressuscitamos com Ele para viver em novidade de vida, livres do velho homem.
यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्।
तसर्थ बप्तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौँ। जसरी ख्रीष्ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔँ।
यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौँ भने निश्चित रूपमा उहाँसँगै उहाँको पुनरुत्थानको समानतामा पनि उहाँसँगै एक हुनेछौँ। किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्नु नपरोस्। किनकि जो मरेको छ, ऊ पापबाट मुक्त भएको छ।
तसर्थ बप्तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौँ। जसरी ख्रीष्ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔँ।
यसरी नै तिमीहरूले पनि आफूलाई पापका निम्ति मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरका निम्ति जीवित भएका ठान्नुपर्छ।
म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।
तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ; आफ्ना मनको स्वभावमा नयाँ हुँदैजाओ; अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्वरजस्तै हुनलाई सृष्टि गरिएको छ।
एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ। अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ। यहाँ ग्रीक वा यहूदी, खतनाका वा बेखतनाका, असभ्य, सिथिएन्स सेवक वा फुक्का, केही भिन्नता छैन, तर ख्रीष्ट नै सबै थोक र सबैमा मुख्य हुनुहुन्छ।
Filhos de Deus
Nascemos de novo pela Palavra viva de Deus. Quem crê em Jesus recebe o direito de se tornar filho de Deus, nascido do Espírito.
तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्वरबाट जन्मेका हुन्।
जीवित आशाको निम्ति परमेश्वरको स्तुति
हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ। अनि कहिल्यै नाश नहुने, नबिग्रने वा लोप नहुने उत्तराधिकार दिनुभएको छ। यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा राखिएको छ;
किनकि परमेश्वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ।
परमेश्वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ; त्यसैकारणले नयाँ जन्मेका बालकझैँ शुद्ध आत्मिकी दूधको तिर्सना गर; यसरी तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जाओ।
हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन। प्रिय मित्रहरू हो, अहिले हामी परमेश्वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ।
तर जब तोकिएको समय आयो, तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनमा जन्मनुभयो। व्यवस्थाका अधीनमा हुनेहरूलाई मोल तिरेर छुटाउन र हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो।
म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु। त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
तर कृपाका धनी परमेश्वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण, हामी अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्टसँग जीवित पार्नुभयो—परमेश्वरको अनुग्रहबाट नै तिमीहरूले मुक्ति पाएका छौ।