Nem só de pão vive o homem
'Nem só de pão vive o homem' — essa declaração de Jesus ao diabo no deserto revela que a Palavra de Deus é o verdadeiro alimento que sustenta a vida em plenitude.
O verdadeiro alimento
Quando tentado a transformar pedras em pão, Jesus respondeu com a Escritura: a vida humana depende de toda palavra que sai da boca de Deus.
येशूले जवाफ दिनुभयो, "धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’"
तब शैतानले उहाँलाई भन्यो, "यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।"
येशूले जवाफ दिनुभयो, "धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’"
उहाँले तिमीहरूलाई नम्र तुल्याउन भोकाउन दिनुभयो। त्यसपछि मन्न खुवाउनुभयो; जसलाई न तिमीहरूले, न त तिमीहरूका पितापुर्खाहरूले नै जानेका थिए। मानिस भोजनले मात्र जीवित रहँदैन, तर याहवेहको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर सिकाउनलाई त्यसो गर्नुभयो।
Jesus, o pão vivo
Jesus é o pão da vida que desceu do céu. Quem come deste pão viverá para sempre. Ele é o sustento que satisfaz a fome da alma.
तब येशूले घोषणा गर्नुभयो, "जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
जीवनको रोटी म नै हुँ।
जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।"
जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ। स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।"
Buscar o Reino acima de tudo
Não andeis ansiosos pelo que comer ou beber. Buscai primeiro o Reino de Deus, e todas estas coisas vos serão acrescentadas.
चिन्ता-फिक्री नगर्ने विषयमा शिक्षा
"त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र?
के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ। किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ। तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
यसै समयमा उहाँका चेलाहरूले उहाँलाई "गुरुज्यू, केही भोजन गर्नुहोस्" भनी बिन्ती गरे।
तर उहाँले तिनीहरूलाई भन्नुभयो, "मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।"
त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, "कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?"
येशूले भन्नुभयो, "मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो।
चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्,
र अङ्गुरको बोटमा फल नफलोस्;
चाहे जैतुनको रूखले फल नफलाओस्,
र खेतबारीले अन्नबाली नउब्जाओस्,
चाहे खोरमा भेडाबाख्रा
र गोठहरूमा गाईबस्तु नरहून्।
तापनि म याहवेहमा रमाउनेछु।
मेरो उद्धारकर्ता परमेश्वरमा आनन्दित हुनेछु।
प्रभु याहवेह मेरो बल हुनुहुन्छ;
उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ;
उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ।
सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।