Nova aliança
A Nova Aliança é o pacto de graça que Deus estabeleceu através de Jesus Cristo. Diferente da antiga, ela é escrita no coração, mediada pelo sangue de Cristo e acessível a todos.
A profecia da Nova Aliança
Jeremias profetizou uma aliança nova em que Deus escreveria sua lei no coração do povo. Essa promessa se cumpriu em Cristo.
"हेर, यस्ता दिनहरू आउनेछन्," याहवेह घोषणा गर्नुहुन्छ,
"जब म इस्राएलका मानिसहरू
र यहूदाका मानिसहरूसँग
नयाँ करार स्थापित गर्नेछु।
यो त्यो करारजस्तै हुनेछैन,
जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ;
जब मैले तिनीहरूलाई हात समातेर,
इजिप्टबाट डोर्याएर ल्याएको थिएँ;
किनकि म तिनीहरूको पति भए तापनि
तिनीहरूले मेरो करार भङ्ग गरे,"
याहवेह घोषणा गर्नुहुन्छ।
"त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,"
याहवेह घोषणा गर्नुहुन्छ।
"म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु,
र त्यसलाई तिनीहरूका हृदयमा लेखिदिनेछु।
म तिनीहरूका परमेश्वर हुनेछु;
र तिनीहरू मेरा मानिसहरू हुनेछन्।
अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई
अथवा एक-अर्कालाई, ‘याहवेहलाई चिन,’ भनी सिकाउनेछैन;
किनकि सानादेखि लिएर
ठूलासम्म सबैले मलाई चिन्नेछन्,"
याहवेह घोषणा गर्नुहुन्छ।
"किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु,
र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।"
वास्तवमा येशूले पाउनुभएको सेवा पुरानोभन्दा उच्च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्च दर्जाको छ।
किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन।
यस करारलाई "नयाँ" भनेर उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो; अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।
यस शपथको कारण येशू करारको अझ उत्तम जमानी हुनुभयो।
Selada com sangue
Jesus instituiu a Nova Aliança na Última Ceia: 'Este cálice é a nova aliança no meu sangue.' Seu sacrifício é definitivo e perfeito.
त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्नुभयो, "यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ।
त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, "तिमीहरू सबैले यसबाट पिओ। यो करारको मेरो रगत हो, जो धेरैको पापहरूको क्षमाका लागि बहाइन्छ।
झन् आफूलाई परमेश्वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला ताकि हामीले जीवित परमेश्वरको सेवा गर्न सकौँ।
यसकारण ख्रीष्ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ, ताकि बोलाइएकाहरूले अनन्तको उत्तराधिकार पाऊन् अर्थात् मानिसहरूले पहिलो करार अन्तर्गत गरेका पापहरूबाट छुटकारा पाऊन् भनेर उहाँ छुटकाराको मोल भई मर्नुभएको छ।
इच्छापत्रको विषयमा चाहिँ यसलाई बनाउनेको मृत्यु प्रमाणित भएको हुनुपर्छ; किनकि कोही मरेपछि मात्र इच्छापत्र प्रयोगमा आउँछ; यसलाई बनाउने जीवित रहुन्जेल त्यो कहिल्यै पनि प्रयोगमा आउँदैन। यसैकारण पहिलो करार पनि रगतविना कार्यान्वयन भएको थिएन। जब मोशाले सबै मानिसहरूलाई व्यवस्थाको हरेक आज्ञा घोषणा गरे, तब तिनले पानी, रातो ऊन र हिसपका हाँगाहरूसित बाछाहरूको रगत लिए, र त्यो चर्मपत्र र सबै मानिसहरूमाथि छर्किदिए। तिनले भने, "यो करारको रगत हो, जुनचाहिँ परमेश्वरले तिमीहरूलाई पालन गर्नू भनेर आज्ञा दिनुभएको छ।"
व्यवस्था केवल आउने असल कुराहरूको छाया मात्र हो; यो आफैँमा वास्तविकता होइन। यसैकारण यसले एकै किसिमको बलिदान अन्त्य नहुने गरी हरेक वर्ष दोहोर्याइएकोले आराधनाको नजिक आउनेहरूलाई सिद्ध तुल्याउन सक्दैन। यदि सक्ने भए के ती चढाइन रोकिने थिएनन् र? किनकि आराधना गर्नेहरू सधैँको निम्ति शुद्ध भइसक्नेथिए, र फेरि कहिल्यै तिनीहरूका पापहरूको लागि दोषी ठहरिने थिएनन्। तर ती बलिदानहरू पापका वार्षिक सम्झना मात्र हुन्; किनकि बोका र साँढेहरूको रगतले पाप हटाउन असम्भव छ।
Reconciliação e vida nova
Pela Nova Aliança somos reconciliados com Deus, trazidos para perto pelo sangue de Cristo e feitos embaixadores da reconciliação.
यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्। यी सबै परमेश्वरबाट भएको हो, जसले ख्रीष्टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो; अर्थात् ख्रीष्टमा हुनुभईकन परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ। परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्वरसित मिलाप गर। हामी ख्रीष्टमा परमेश्वरको धार्मिकता बन्न पाऔँ भनी परमेश्वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।
परमेश्वरमा ख्रीष्टद्वारा हाम्रो यस्तो भरोसा छ। आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्वरबाट नै आउँछ। उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभएको छ। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा; किनकि लिखित अक्षरले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ।
यसकारण याद राख, अगिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो "खतना" (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले "बेखतनाका" भनिन्थ्यो। सम्झना राख, त्यस बेला तिमीहरू ख्रीष्टदेखि अलग, इस्राएलका नागरिक हकबाट वञ्चित थियौ; अनि प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्वररहित थियौ। तर तिमीहरू, जो ख्रीष्ट येशूमा बितेको एक समयमा टाढा थियौ, अहिले ख्रीष्टको रगतद्वारा नजिक पारिएका छौ।
प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो।