Nova criatura
Em Cristo somos nova criação. O velho se foi, tudo se fez novo. A transformação não é reforma — é renascimento completo pelo poder do Espírito Santo.
Novas criaturas em Cristo
Se alguém está em Cristo, nova criação é. As coisas velhas passaram e eis que tudo se fez novo. A transformação é radical e total.
यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्।
खतनाको होस् वा बेखतनाको होस् कुनै अर्थ छैन, तर ख्रीष्टमा भएको नयाँ सृष्टिचाहिँ अर्थपूर्ण छ।
किनकि हामी परमेश्वरद्वारा अगिबाटै असल काम गर्नका लागि ख्रीष्ट येशूमा सृजना गरिएका हौँ, जुन परमेश्वरले अगिबाटै हामीद्वारा गरिनका लागि तयार गर्नुभएको थियो।
सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, "म सबै थोक नयाँ बनाउँछु!" तब उहाँले भन्नुभयो, "यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।"
Despir o velho e vestir o novo
Somos chamados a despir o velho homem e vestir o novo, criado segundo Deus em justiça e santidade provenientes da verdade.
तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ; आफ्ना मनको स्वभावमा नयाँ हुँदैजाओ; अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्वरजस्तै हुनलाई सृष्टि गरिएको छ।
एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ। अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ।
तसर्थ बप्तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौँ। जसरी ख्रीष्ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔँ।
यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौँ भने निश्चित रूपमा उहाँसँगै उहाँको पुनरुत्थानको समानतामा पनि उहाँसँगै एक हुनेछौँ। किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्नु नपरोस्। किनकि जो मरेको छ, ऊ पापबाट मुक्त भएको छ।
म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।
Coração e Espírito novos
Deus promete dar um coração novo e um espírito novo. Pelo novo nascimento somos feitos participantes da natureza divina.
म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु। त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन।"
जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ। यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्वरीय स्वभावमा सहभागी होओ, र दुष्ट इच्छाहरूले ल्याउने संसारको भ्रष्टतादेखि भाग्नसक्छौ।
"पहिलेका कुराहरू नसम्झ,
बितेका कुराहरूमा नअल्झ।
हेर, म एउटा नयाँ काम गर्दैछु!
अहिले नै यो प्रष्ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ?
म मरुभूमिमा एउटा बाटो
र उजाडभूमिमा खोलाहरू बनाउँदैछु।