A nova jerusalém
A Nova Jerusalém é a cidade de Deus que desce do céu, morada eterna dos redimidos. Nela não haverá mar, morte, choro nem dor — Deus habitará com seu povo para sempre.
A cidade celestial
João viu a santa cidade, a Nova Jerusalém, descendo do céu como noiva adornada para o esposo. Ali Deus morará com seu povo.
अनि मैले पवित्र सहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैँ सिँगारिएर स्वर्गदेखि परमेश्वरबाट तल झरिरहेको देखेँ। तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, "हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।"
अनि तिनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम देखाए। त्यो परमेश्वरको महिमाले चम्किरहेको थियो; त्यसको चमक बहुमूल्य रत्नहरू, बिल्लौर र स्फटिकजस्तो सफा थियो। त्यसको विशाल र अग्लो पर्खाल थियो, जसमा बाह्र वटा मूलढोकाहरू थिए, र प्रत्येक ढोकामा एक-एक स्वर्गदूत थिए। ती प्रत्येक ढोकामा एक-एक कुलका नाम गरेर इस्राएलका बाह्र कुलका नाम लेखिएका थिए। पूर्वमा तीन वटा, उत्तरमा तीन वटा, दक्षिणमा तीन वटा र पश्चिममा तीन वटा ढोकाहरू थिए। सहरका पर्खालमा बाह्र वटा शिलाहरूका जग थिए, र तिनीहरूमा थुमाका बाह्र प्रेरितहरूका नामहरू थिए।
मैले सहरमा कुनै मन्दिर देखिनँ; किनकि सर्वशक्तिमान् परमप्रभु परमेश्वर र थुमा नै त्यसको मन्दिर हुनुहुन्छ। त्यस सहरमा उज्यालो दिनको लागि घाम र चन्द्रमाको आवश्यकता थिएन; किनकि परमेश्वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, र थुमा नै त्यसको बत्ती हुनुहुन्छ।
तब त्यस स्वर्गदूतले मलाई परमेश्वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए, जुनचाहिँ सहरको मूल बाटोको बीचबाट बगिरहेको थियो। नदीका दुवैतिर प्रत्येक महिना बाह्र किसिमका फलहरू फलाउने जीवनको रूख थियो। ती रूखहरूका पातहरूचाहिँ राष्ट्रहरूलाई निको पार्नको लागि हुन्। त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्। तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ। अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्।
A pátria celestial
Os patriarcas aguardavam uma cidade que tem fundamentos, cujo arquiteto e construtor é Deus. Nosso lar eterno está além desta vida.
यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्वर तिनीहरूका परमेश्वर हुँ भन्न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार गरिदिनुभएको छ।
तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा आएका छौ। तिमीहरू असंख्य स्वर्गदूतहरू भएको आनन्दमय सभामा आएका छौ, अर्थात् पहिला जन्मेकाहरूको मण्डलीमा, जसका नामहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका न्यायकर्ता परमेश्वरकहाँ, र सिद्ध तुल्याइएका धर्मी मानिसहरूका आत्मामा, नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ।
तर सारा स्वर्गीय यरूशलेमकी प्रतिक हुन्, जो स्वतन्त्र छिन्, जोचाहिँ हामी सबैकी आमा हुन्।
"तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्वरमाथि विश्वास राख, र ममाथि पनि विश्वास राख। मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्नेथिइनँ। म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु, त्यहाँ तिमीहरू पनि सधैँ मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु।
A glória da Nova Jerusalém
Deus habitará no meio do seu povo. Sua presença será a luz da cidade, e o rio da vida fluirá do trono de Deus e do Cordeiro.
एउटा नदी छ, जसको प्रवाहले परमेश्वरको नगर,
सर्वोच्च परमेश्वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ।
"सहरको चारैतिरको घेरा अठार हजार क्यूबिट हुनेछ।
"अनि त्यस समयदेखि उसो त्यस सहरको नाम यो हुनेछ: ‘याहवेह शम्मा।’ "
"हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु," याहवेह घोषणा गर्नुहुन्छ। "त्यस दिन धेरै राष्ट्रहरू याहवेहसँग मिल्न आउनेछन् र मेरा मानिसहरू हुनेछन्। म तिमीहरूका बीचमा रहनेछु र तिमीहरूले जान्नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। याहवेहले यहूदालाई पवित्र देशमा आफ्नो भागझैँ उत्तराधिकार बनाउनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ।
हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्। जसले विजय हासिल गर्दछ, म मेरा पिताको मन्दिरमा एउटा खाँबो बनाउनेछु। उसले यसलाई कहिल्यै छोड्नेछैन। म उसमाथि मेरा परमेश्वरको नाम, मेरा परमेश्वरको स्वर्गबाट आइरहेको नयाँ सहर यरूशलेमको नाम लेखिदिनेछु; अनि म उसमाथि मेरो नयाँ नाम पनि लेखिदिनेछु।
यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने परमेश्वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ।