Órfãos
Deus tem um cuidado especial pelos órfãos. Ele se apresenta como pai dos que não têm pai e defensor dos desamparados, e ordena a seu povo que faça o mesmo.
Deus, pai dos órfãos
O Senhor é pai dos órfãos e protetor das viúvas. Ele sustenta os que perderam amparo humano e cuida deles com ternura.
परमेश्वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ;
बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर;
उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ।
उहाँको पवित्र वासस्थानमा
परमेश्वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ।
याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ;
अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ;
तर दुष्टहरूको योजनालाई विफल पारिदिनुहुन्छ।
दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ;
गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर!
म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
O chamado da justiça
A religião pura é visitar órfãos e viúvas em suas aflições. Deus ordena a defesa do necessitado e o cuidado com os mais frágeis.
हाम्रा पिता परमेश्वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो: अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्टमा हेरचाह गर्नु; अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु।
भलाइ गर्न सिक; न्याय खोज।
थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ।
अनाथहरूका पक्षमा बोल;
विधवाहरूको मुद्दा लडिदेओ।"
"सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘साँचो न्याय गर; एक-आपसमा कृपा र दया देखाओ। विधवा, अनाथ, परदेशी र गरिबमाथि अत्याचार नगर। एक-अर्काप्रति दुष्ट युक्ति नरच।’
"तिमीहरूले विधवा वा अनाथलाई शोषण नगर्नू। यदि तिमीहरूले यसो गर्यौ, र तिनीहरूले मेरो पुकार गरे भने म निश्चय तिनीहरूका पुकार सुन्नेछु। अनि मेरो क्रोध दन्कनेछ, र म तिमीहरूलाई तरवारले मार्नेछु; अनि तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरी अनाथ हुनेछन्।
किनकि सहायताको लागि गरिबहरूले पुकार्दा म तिनीहरूलाई सहायता गर्न तत्पर रहन्थेँ,
मैले असहाय अनाथहरूलाई छुटाउथेँ।
मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो;
मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ।