Orgulho
O orgulho é um dos pecados mais condenados na Bíblia. Deus resiste aos soberbos, mas dá graça aos humildes. A humildade é o caminho da honra verdadeira.
Deus resiste ao soberbo
A soberba precede a ruína e o orgulho antecede a queda. Deus abomina o coração altivo e promete humilhar quem se exalta.
विनाशको अगि अहङ्कार आउँछ,
र पतनको अगि घमण्डी आत्मा आउँछ।
हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ;
यो निश्चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्।
कुनै बाटो मानिसलाई ठिक लाग्ला,
तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
याहवेहप्रतिको भय दुष्टतालाई घृणा गर्नु हो,
अभिमान, अहङ्कार,
खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।
जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ;
तर नम्रतासँग बुद्धि आउँछ।
जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ;
तर नम्रतासँग बुद्धि आउँछ।
मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ;
तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ।
मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ;
तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ।
आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ,
तर सम्मानको अगि नम्रता आउँछ।
आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ,
तर सम्मानको अगि नम्रता आउँछ।
याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ,
तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ।
Humildade como caminho
Humilhai-vos diante do Senhor e Ele vos exaltará. A grandeza no Reino vem pelo serviço humilde, não pela autopromoção.
तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ:
"परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ,
तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।"
प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।
गरिबी अवस्थाका विश्वासीहरूले परमेश्वरले दिनुभएको आफ्नो उच्च पदमा गर्व गरून्, तर धनीले चाहिँ आफू होच्याइएकोमा गर्व गरून्; किनकि तिनीहरू त घाँसको फूलझैँ ओइलाएर जानेछन्।
हे जवानहरू हो, यसरी नै मण्डलीका प्रधानहरूको अधीनमा बस। नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर; किनकि,
"परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ,
तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।"
यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।
किनकि आफूलाई उच्च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्च पारिनेछ।"
स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर।
तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मन होस्:
Os perigos do orgulho
O orgulho cega, gera contendas e afasta de Deus. A Escritura adverte contra a soberba da vida e a vã glória mundana.
किनकि संसारमा भएका सबै थोक, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो।
यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौ भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू लड्नु नपरोस्।
यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई बाँडिदिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई सुम्पिदिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरा लागि केही पनि लाभ हुँदैन।
परमेश्वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू—कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्नुभयो; ताकि संसारको दृष्टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्, ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्।
तर "घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।" किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर जसको प्रशंसा प्रभुले गर्नुहुन्छ, त्यही मात्र ग्रहणयोग्य ठहरिन्छ।
उहाँले अझ भन्नुभयो: "मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ। किनकि मानिसको हृदयबाट दुष्ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या, व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता। यी सबै दुष्ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।"
अहङ्कारले झगडा मात्र उब्जाउँछ;
तर सरसल्लाह लिनेहरूले बुद्धि पाइन्छ।
धन, सम्मान र दीर्घायु;
नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।
वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्वरमा लगाऊन् भनी आज्ञा देऊ।
O olhar de Deus
O Senhor não olha como o homem. Ele vê o coração e se agrada dos quebrantados de espírito e dos que tremem diante da sua Palavra.
तर याहवेहले शमूएललाई भन्नुभयो, "त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।"
"घमण्डले फुलेर धेरै बोल्न बन्द गर,
अर्थात् तेरो मुखले त्यस्तो अहङ्कारको कुरा ननिकालोस्;
किनकि याहवेह परमेश्वर सर्वज्ञानी हुनुहुन्छ,
अनि उहाँले नै सबै कामको न्याय गर्नुहुन्छ।
के मेरै हातले यी सबै थोक बनाएको होइन,
र यसरी अस्तित्वमा आए?"
याहवेह घोषणा गर्नुहुन्छ।
"त्यो मानिस, जसलाई म निगाह गर्छु:
जो नम्र र आत्मामा दीन छ;
अनि जो मेरो वचनमा आज्ञाकारी छ।
अहिले म, नबूकदनेसरले स्वर्गको राजालाई प्रशंसा दिन्छु, उच्च पार्छु र महिमा दिन्छु; किनकि उहाँले गर्नुहुने सबै कुरा ठिक छन्, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्। अनि उहाँले घमण्ड गरेर हिँड्नेहरूलाई नम्र तुल्याउन सक्नुहुन्छ।
इस्राएलका राजाले जवाफ दिए, "तिनलाई यसो भन्नू: ‘कवच धारण गर्नेले कवच उतार्नेले झैँ घमण्ड नगरोस्।’ "
एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैँलाई बुद्धिमानी नसम्झ।
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वासयोग्यता, नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।