Ouvir
Ouvir é uma disciplina espiritual essencial. A Bíblia exorta: 'Quem tem ouvidos, ouça.' A fé vem pelo ouvir, e ouvir é mais que escutar — é obedecer e agir.
A fé vem pelo ouvir
Sem ouvir a Palavra, não há fé. A pregação do evangelho gera fé nos corações de quem ouve com disposição e humildade.
यसैले विश्वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्टको वचन प्रचारद्वारा आउँछ।
यसैले विश्वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्टको वचन प्रचारद्वारा आउँछ।
तिनीहरूले विश्वास नै नगरेकोलाई कसरी पुकार्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्ने त?
जसको कान छ, त्यसले सुनोस् र बुझोस्।"
तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो:
" ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ;
तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ।
किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्।
तिनीहरूका कानले प्रायः सुन्दैनन्,
अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्।
नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए,
आफ्ना कानले सुन्नेथिए,
आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए,
र म तिनीहरूलाई निको पार्नेथिएँ।’"
Ouvir e obedecer
Não basta ouvir — é preciso praticar. Quem ouve a Palavra e a pratica é como o homem sábio que edificou sobre a rocha.
वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर।
वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर।
मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्;
मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्; किनकि मानिसको रिसले परमेश्वरले चाहनुभएको धार्मिकताको काम गर्दैन।
"यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो।
"यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो। अनि पानी पर्यो, भल आयो, हुरी चल्यो, र त्यस घरमा बजारियो; तर पनि त्यो ढलेन। किनकि त्यसको जग चट्टानमाथि थियो। तर हरेक मानिस, जसले मेरा यी वचनहरू सुनेर तिनलाई पालना गर्दैन, त्यो एउटा मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो। अनि पानी पर्यो, भल आयो, हुरी चल्यो, र त्यसमा बजारियो। अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।"
येशूले जवाफ दिनुभयो, "धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’"
तर उहाँले जवाफ दिनुभयो, "बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।"
तर उहाँले जवाफ दिनुभयो, "बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।"
जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
Deus ouve nossas orações
O Senhor ouve os que clamam a Ele de coração sincero. Ele inclina os ouvidos para as nossas súplicas e responde com fidelidade.
म याहवेहलाई प्रेम गर्दछु; किनकि उहाँले मेरो सोर सुन्नुभयो;
उहाँले मेरो दयाको पुकार सुन्नुभयो।
किनकि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो,
म जीवित रहुन्जेल उहाँमा पुकार गर्नेछु।
मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ;
सहायताको निम्ति मैले मेरा परमेश्वरलाई पुकारेँ।
उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो;
मेरो पुकार उहाँको सामु पुग्यो। हो, उहाँको कानमै पुग्यो।
याहवेहको नजर धर्मीहरूमाथि रहन्छ,
र उहाँका कान तिनीहरूका पुकार सुन्नलाई खुल्ला हुन्छन्।
हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ;
सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु,
र आशामा प्रतीक्षा गर्दछु।
मलाई हर्ष र आनन्दका कुरा सुन्न दिनुहोस्;
तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्!
हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्;
किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु;
म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्;
किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।
परमेश्वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्नुहुन्छ।
अनि हामीले जेसुकै मागे तापनि उहाँले हामीलाई सुन्नुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग जे मागेका छौँ, त्यो हामीले पाएका छौँ भनी हामी जान्दछौँ।
तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्नेछु।
‘मलाई पुकार् र म तँलाई जवाफ दिनेछु; अनि तैँले नजानेका महान् र गुप्त कुराहरू म तँलाई बताउनेछु।’
हेर, याहवेहको हात बचाउन नसक्ने गरी छोटो भएको छैन,
न त उहाँको कान सुन्न नसक्ने गरी बहिरो भएको छ।
Ouvir a voz de Deus
Jesus disse: 'As minhas ovelhas ouvem a minha voz.' Deus fala através da Palavra, do Espírito e das circunstâncias — cabe a nós ouvir.
मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्।
"म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ। म तिमीहरूलाई साँच्चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।
म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ।
म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ।
याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूले पछ्याउनू। अनि तिमीहरूले उहाँकै आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र आज्ञाकारी हुनू; उहाँकै सेवा गर्नू। अनि उहाँमा विश्वासयोग्य भइरहनू।
म फेरि पनि सोध्न चाहन्छु, परमेश्वरले तिमीहरूलाई उहाँको आत्मा दिनुभएर तिमीहरूका माझमा अचम्मका कामहरू गर्नुभएको छ, यो व्यवस्थाको कर्मद्वारा हो वा तिमीहरूले सुनेका सन्देशको विश्वासद्वारा गर्नुभएको हो?
Sabedoria no ouvir
Seja pronto para ouvir e tardio para falar. A sabedoria começa com a disposição de ouvir instrução e aceitar correção.
जसले सुन्न अगि नै जवाफ दिन्छ,
त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।
जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्नति हुन्छ,
धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ।
हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर;
र आफ्नी आमाको शिक्षालाई नत्याग।
अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ,
तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्ट पार्छ।
यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्नदेखि बन्द गर्छ भने,
त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्।
मूर्खको गीत सुन्नुभन्दा
बुद्धिमान् मानिसको हप्काइमा ध्यान दिनु उत्तम हो।
सबै थोक विरक्तलाग्दा छन्,
कसैले ती वर्णन गर्न सक्दैन।
देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन;
न त सुनेर कान तृप्त हुन्छ।
" ‘यदि तिमीहरू मेरो विरोधी भइरह्यौ र मेरो कुरा सुन्न इन्कार गर्यौ भने म तिमीहरूका पापको योग्य तिमीहरूका कष्टहरू सात गुणा बढी बढाइदिनेछु।
यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो नामलाई आदर गर्नमा मन लगाएनौ भने," सेनाहरूका याहवेह भन्नुहुन्छ, "म तिमीहरूलाई श्राप दिनेछु, र तिमीहरूका आशिष्हरूमाथि श्राप पठाउनेछु। हो, मैले तिनलाई श्राप दिइसकेको छु; किनकि तिमीहरूले मलाई आदर गर्नमा मन लगाएनौ।
तर जब म तँसित बोल्छु, म तेरो मुख खोलिदिनेछु र तैँले तिनीहरूलाई भन्नू: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ।’ जसले सुन्न चाहन्छ, ध्यानसित सुनोस्, र सुन्न नचाहनेले नसुनोस्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।"
प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, "ती दिनहरू आउँदैछन्,
जब म देशमा अनिकाल पठाउनेछु;
तब अन्न अथवा पानीको तिर्खाको अनिकाल होइन,
तर याहवेहको वचन सुन्ने तिर्सनाको अनिकाल हुनेछ।
मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए। अनि त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए।
यहोशूले इस्राएलीहरूलाई भने, "यता आओ, र याहवेह तिमीहरूका परमेश्वरको वचन सुन।
तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।
"यदि तिम्रो सहविश्वासीले तिम्रो विरुद्धमा पाप गर्यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ।
"यदि तिम्रो सहविश्वासीले तिम्रो विरुद्धमा पाप गर्यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ। तर यदि उसले सुनेन भने आफ्नो साथमा अरू एक वा दुई जनालाई लैजाऊ र ‘दुई वा तीन साक्षीहरूद्वारा हरेक कुरा पक्का भएको होस्।’ यदि उसले तिनीहरूका कुरा पनि मानेन भने मण्डलीलाई यो भनिदेऊ। तर उसले मण्डलीको कुरा पनि मानेन भने तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैँ व्यवहार गर।
याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन तिनीहरूका निम्ति कस्ता-कस्ता असल कुराहरू गर्नुभएको थियो, ती सुनेर यित्रो खुशी भए।
मृत्युका छालहरूले मलाई घेरे;
विनाशको बाढीले मलाई भयभीत पारे।
चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले;
मैले मृत्युको पासोको सामना गर्नुपर्यो।
मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ;
मैले मेरा परमेश्वरलाई पुकारेँ।
उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो;
मेरो चीत्कारहरू उहाँका कानमा पुग्यो।