Paciência
A paciência é fruto do Espírito e virtude essencial da vida cristã. Deus é paciente conosco, e nos chama a ser pacientes com os outros e nas provações.
A paciência de Deus
Deus é clemente e tardio em irar-se. Sua paciência revela seu desejo de que todos se arrependam e cheguem ao conhecimento da verdade.
याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ,
रिसाउनमा ढिलो र प्रेमले भरिपूर्ण।
केही मानिसले ढिलापनको विषयमा सोचेझैँ, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्न; तर प्रत्येकले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।
मेरा प्रिय मित्रहरू हो, यो एउटा कुरा नबिर्स: परमेश्वरका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्षचाहिँ एक दिनजस्तो हो।
तिमीहरूको कपडा होइन,
तर आफ्नो हृदय फटाओ।
अनि याहवेह तिमीहरूका परमेश्वरतिर फर्क;
किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ,
रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ;
अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ।
उहाँमाथि विश्वास गर्नेहरू जतिले अनन्त जीवन पाऊन् भनेर एउटा नमुनास्वरूप ख्रीष्ट येशूले आफ्नो असीम धैर्य देखाएर मजस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनुभयो।
तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ;
उहाँ तिमीहरूलाई दया देखाउन खडा हुनुहुनेछ।
किनकि याहवेह न्यायको परमेश्वर हुनुहुन्छ।
उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्!
Esperar com paciência
Os que esperam no Senhor renovam as forças. A paciência produz caráter, e o caráter produz esperança que não decepciona.
याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।
याहवेहको सामु मौन भई बस,
र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर;
जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्,
तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान।
हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ;
सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु,
र आशामा प्रतीक्षा गर्दछु।
तर यदि हामीले जे प्राप्त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ।
आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ।
याहवेहले तिमीहरूका पक्षमा युद्ध गर्नुहुनेछ; तिमीहरू केवल शान्त होऊ।"
Paciência nas provações
O amor é paciente. A paciência é marca de maturidade espiritual e nos permite perseverar mesmo quando as circunstâncias são adversas.
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले सेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन। प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन।
हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ।
धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्,
पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर।
यसकारण परमेश्वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैँ तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर।
वचन प्रचार गर, समय र बेसमयमा तयार भइबस, असीम धैर्यता र होसियारपूर्ण शिक्षासहित सुधार गर्दै हप्काऊ, हौसला देऊ।
Perseverança até o fim
Quem perseverar até o fim será salvo. O domínio próprio é maior que a conquista de uma cidade.
तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।
"यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ।
धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो,
आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।
धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ,
तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।
हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्।
किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;
तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ;
रुवाइ रातभरि मात्र रहन्छ,
तर बिहान आनन्द आइहाल्छ।