Pai da mentira
A Bíblia revela que o diabo é o pai da mentira. Ele engana, acusa e tenta destruir. Mas Cristo veio para desfazer as obras do maligno e nos dar vitória.
O caráter do diabo
Jesus disse que o diabo é mentiroso e homicida desde o princípio. Não há verdade nele — a mentira é sua natureza.
तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो।
बेलुकीको भोजनको समय भएको थियो र शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिदिइसकेको थियो।
त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प, जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो र त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए।
तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनेँ:
"अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य
र उहाँका ख्रीष्टको अख्तियार आएका छन्।
किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने,
जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ,
त्यो तल फ्याँकिएको छ।
तर यो केही अचम्म होइन; किनकि शैतानले पनि ज्योतिको स्वर्गदूतको भेष लिएर आउँछ।
परमेश्वरको प्रतिरूप ख्रीष्टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ।
As obras do inimigo
O diabo rouba a Palavra semeada, cega o entendimento dos incrédulos e anda em derredor como leão rugidor buscando a quem devorar.
कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो।
खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्टका सन्तान हुन्; अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्।
संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ।
त्यस अधर्मीको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यो सबै प्रकारका झूटा अलौकिक चिन्हहरू र शक्तिशाली कामहरूसहित आउनेछ।
म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ। त्यसको ममाथि केही अधिकार छैन।
Vitória em Cristo
Cristo apareceu para destruir as obras do diabo. Quem está em Deus é protegido, e o maligno não o toca.
जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्ट पार्नलाई हो।
जो परमेश्वरबाट जन्मेको छ, त्यसले पाप गरिरहँदैन भनी हामी जान्दछौँ; परमेश्वरका पुत्रले त्यसलाई सधैँ सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई हानि गर्न सक्दैन। हामी परमेश्वरका सन्तान हौँ, र सारा संसार दुष्टको नियन्त्रणमा परेको छ भन्ने कुरा हामी जान्दछौँ।
ताकि तिनीहरूका आँखा खोलिऊन् र तिनीहरू अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिबाट परमेश्वरमा फर्कून्। यसरी तिनीहरूले पापहरूबाट क्षमा पाऊन् र ममाथि विश्वास गरेका पवित्र जनहरूको बीचमा ठाउँ पाउन सकून्।’
अनि तिनीहरूलाई ठग्ने त्यो दियाबलसलाई, गन्धक जल्दैगरेको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झूटा अगमवक्ता पनि फालिएका थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदा यातना भोग्नेछन्।
यसकारण आफूलाई परमेश्वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ।
येशूले भन्नुभयो, "बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।