Palavras de conforto
Deus é o Deus de todo conforto. Ele consola os que choram, restaura os quebrantados e promete que a dor presente dará lugar à alegria eterna.
O Deus de toda consolação
Bendito seja o Deus e Pai de nosso Senhor Jesus Cristo, Pai das misericórdias e Deus de toda consolação, que nos consola em todas as tribulações.
सान्त्वनाका परमेश्वर
हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रा सबै सङ्कष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ।
सान्त्वनाका परमेश्वर
हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रा सबै सङ्कष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ। किनकि जसरी हामी ख्रीष्टका कष्टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ। यदि हामी यातनामा पर्छौँ भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाउँछौँ भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका ती कष्टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्न गराउँछ। अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ; किनकि जसरी तिमीहरू हाम्रा कष्टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौँ।
किनकि जसरी हामी ख्रीष्टका कष्टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ।
किनकि उहाँले दुःखीहरूको पीडालाई
तुच्छ मान्नुभएको वा अवहेलना गर्नुभएको छैन;
उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन,
तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्नुभएको छ।
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
Promessas de restauração
Deus sarará o quebrantado de coração e atará as suas feridas. Quem semeia em lágrimas, colherá com júbilo.
उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ,
र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;
तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ;
रुवाइ रातभरि मात्र रहन्छ,
तर बिहान आनन्द आइहाल्छ।
परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,
सङ्कष्टमा सधैँ हाजिर हुने सहायक।
आफ्नो बोझ याहवेहमा राख;
र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।
उहाँले कहिल्यै
धर्मीहरूलाई हार्न दिनुहुनेछैन।
तपाईंले मेरो विलापको लेखा राख्नुहोस्;
मेरा आँसुको हिसाब बोतलमा राख्नुहोस्—
तपाईंको पुस्तकमा के ती सबै लेखिएका छैनन् र?
याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ,
सङ्कष्टको समयमा उहाँ किल्ला हुनुहुन्छ।
याहवेह मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारकर्ता हुनुहुन्छ;
मेरो परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु,
उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ र मेरो उच्च गढ हुनुहुन्छ।
Paz e descanso
Jesus disse: 'Vinde a mim, todos os cansados e sobrecarregados, e eu vos aliviarei.' A paz de Deus que excede todo entendimento guarda o coração.
"हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु।
"हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ।
शोक गर्नेहरू धन्य हुन्,
किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।" तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
"ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।"
तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ। अनि कसैले पनि तिमीहरूको आनन्द खोस्नेछैन।
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्।
तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ।
Esperança eterna
Deus enxugará toda lágrima. A dor presente é momentânea, mas a glória futura é eterna. O Senhor transforma luto em dança.
तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, "हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।"
सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, "म सबै थोक नयाँ बनाउँछु!" तब उहाँले भन्नुभयो, "यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।"
उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।
यसकारण नडरा; किनकि म तँसित छु;
निराश नहो, किनकि म तेरो परमेश्वर हुँ।
म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु;
म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
याहवेहको निगाहको वर्ष
प्रभु याहवेहको आत्मा ममाथि छ;
किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति
याहवेहले मलाई अभिषेक गर्नुभएको छ।
उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न,
कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न,
र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न,
याहवेहको निगाहको वर्ष
र हाम्रा परमेश्वरको बदलाको घोषणा गर्न,
शोक गर्नेहरूलाई सान्त्वना दिन,
र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन,
तिनीहरूलाई खरानीको सट्टा
सुन्दरताको मुकुट प्रदान गर्न,
विलापको सट्टा
आनन्दको तेल दिन,
निराशाको आत्माको सट्टा
प्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ।
उहाँको गौरव प्रदर्शन गर्न
तिनीहरूलाई याहवेहले रोप्नुभएको
धार्मिकताका फलाँटहरू भनिनेछन्।
एउटी आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैँ,
म तिमीहरूलाई सान्त्वना दिनेछु;
अनि तिमीहरूले यरूशलेममा नै सान्त्वना पाउनेछौ।"
Nunca sozinhos
Deus nunca nos abandona. Ele está ao nosso lado em cada vale, segura nossa mão e promete que o choro não durará para sempre.
याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।"
तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्ट रहो; किनकि परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको छ,
"म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ,
म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।"
याहवेह भलो हुनुहुन्छ,
दुःखको समयमा एक शरणस्थान।
उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ,
याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ;
तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ।
उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ;
उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन,
तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।"
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्।
यसर्थ परमेश्वरको इच्छाअनुसार कष्ट भोग्नेहरूले आफूलाई तिनीहरूका विश्वासयोग्य सृष्टिकर्ताकहाँ समर्पण गर्नुपर्छ, र असल गर्नमा जारी राखिरहनुपर्छ।
यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।
मृत्युको अन्धकारमय
घाटीबाट भएर जानुपरे तापनि
म कुनै खतरादेखि डराउनेछैनँ;
किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;
तपाईंको लहुरो र तपाईंको छडीले
मलाई सान्त्वना दिन्छन्।
याहवेहसँग म एउटै कुरा माग्दछु,
म त्यसैको मात्र खोजी गर्दछु:
कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,
उहाँको सुन्दरता हेर्न पाऊँ,
र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
किनकि सङ्कष्टका दिनमा
उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ;
उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ;
र एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ।
मेरो कष्टमा मेरो सान्त्वना यही छ:
तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ।
उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ,
र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ।
येशूले जवाफ दिनुभयो, "म तिमीहरूलाई साँच्चै भन्दछु, आफ्नो घर अथवा दाजुभाइहरू वा दिदीबहिनीहरू अथवा आमा वा बुबा अथवा बालबच्चा अथवा जग्गाजमिन मेरा र सुसमाचारका निम्ति त्याग्नेहरू, जो कोहीले पनि, सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्चाहरू र जग्गाजमिन, र यसकासाथै आउने युगमा अनन्त जीवन पनि प्राप्त गर्नेछ।
म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ। उहाँ सधैँ तिमीहरूसँग हुनुहुनेछ। उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, र चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ। किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ। म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।