O pão da vida
Jesus se declarou o Pão da Vida — o alimento espiritual que satisfaz a fome mais profunda da alma humana. Quem come deste pão viverá para sempre.
Eu sou o Pão da Vida
Jesus disse: 'Eu sou o pão da vida; quem vem a mim nunca terá fome.' Ele é o sustento que sacia a alma eternamente.
तब येशूले घोषणा गर्नुभयो, "जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
जीवनको रोटी म नै हुँ।
यस कुरामा यहूदीहरूले उहाँको विरुद्धमा गनगन गरे; किनकि उहाँले भन्नुभयो, "स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।"
नष्ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।"
O pão que dá vida ao mundo
Jesus é o pão vivo que desceu do céu. Quem come da sua carne e bebe do seu sangue tem a vida eterna e será ressuscitado no último dia.
जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।"
येशूले तिनीहरूलाई भन्नुभयो, "साँच्चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन।
येशूले भन्नुभयो, "बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
Saciar a fome da alma
Bem-aventurados os que têm fome e sede de justiça, porque serão fartos. Nem só de pão vive o homem, mas de toda palavra que sai da boca de Deus.
धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्,
किनभने तिनीहरू तृप्त हुनेछन्।
येशूले जवाफ दिनुभयो, "धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’"
चिन्ता-फिक्री नगर्ने विषयमा शिक्षा
"त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र? आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र?