Pular para o conteúdo
Publicidade

जकरिया 5

उड्दै गरेको चर्मपत्र

1 मैले फेरि हेरेँ, र त्यहाँ मेरो अगाडि उड्दै गरेको एउटा चर्मपत्र थियो!

2 स्वर्गदूतले मलाई सोधे, "तिमी के देख्दैछौ?"

मैले जवाफ दिएँ, "म बीस क्यूबिट लामो र दश क्यूबिट चौडा5:2 30 फिट लामो र 15 फिट चौडा भएको एउटा उडिरहेको चर्मपत्र देख्दैछु।"

3 अनि तिनले मलाई भने, "यो देशभरि आइपर्ने श्रापहरू हुन्: किनकि यसको एकातिर लेखिएअनुसार, देशबाट सबै चोरहरू निकालिनेछन्; अनि अर्कोतिर लेखिएअनुसार, झूटा शपथ खानेहरू सबै देशबाट निकालिनेछन्। 4 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म यस श्रापलाई बाहिर पठाउनेछु र यो चोरको घरमा र मेरो नाममा झूटो शपथ खानेको घरमा पस्‍नेछ। यो श्राप त्यस घरमा रहनेछ; अनि यसले त्यस घरलाई त्यसका काठ र ढुङ्गाहरू दुवैलाई नष्‍ट गर्नेछ।’ "

डालोमा एउटी स्त्री

5 तब मसित कुरा गर्ने स्वर्गदूत अगि आएर तिनले मलाई भने, "माथितिर हेर, र आइरहेको कुरो के हो, सो हेर।"

6 मैले सोधेँ, "यो के हो?"

तिनले जवाफ दिए, "यो एउटा डालो हो। अनि तिनले अझै भने, यो यहूदा देशभरिका मानिसहरूको अधर्म हो।"

7 तब डालोको ढकनी उठाइयो, र त्यहाँ डालोभित्र एउटी स्त्री बसेकी थिई! 8 तिनले भने, "यो दुष्‍टता हो," अनि तिनले स्त्रीलाई डालोभित्रै घचेटिदिए, र त्यस डालोको ढकनी लगाइदिए।

9 तब मैले मास्तिर हेरेँ—अनि त्यहाँ मेरो अगाडि तिनीहरूका पखेटाहरूमा बतास भएका दुईवटी स्त्रीहरू थिए! तिनीहरूसित सारसका जस्तै पखेटा थिए; अनि तिनीहरूले त्यस डालोलाई आकाश र पृथ्वीको बीचमा माथि उठाए।

10 मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, "तिनीहरूले डालो कहाँ लगिरहेछन्?"

11 तिनले जवाफ दिए, "बेबिलोनिया5:11 मूल भाषामा शिनार देशमा त्यसका निम्ति घर बनाउनलाई लगिरहेका छन्। जब त्यसको घर तयार हुन्छ, तब त्यो डालो त्यसको आफ्नै ठाउँमा राखिनेछ।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.