Pão
O pão é símbolo central na Bíblia: do maná no deserto ao pão da vida — Jesus. A Escritura usa o pão para ensinar sobre provisão divina, comunhão e dependência espiritual.
O maná do céu
Deus alimentou Israel no deserto com pão do céu. O maná era diário, fiel e suficiente — retrato da provisão constante de Deus.
याहवेहले मोशालाई भन्नुभयो, "मैले इस्राएलीहरूको गनगन सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ र बिहानचाहिँ तिमीहरू रोटीले अघाउनेछौ। तब म नै याहवेह तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ।’ "
त्यस बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाकिदिए; अनि बिहानचाहिँ छाउनीका चारैतिर शीत पर्यो। शीत सुकेपछि उजाडस्थानभरि मसिना डल्लाहरू, तुसारोजस्ता चीजहरू देखा परे। जब इस्राएलीहरूले त्यो देखे, तब तिनीहरूले आपसमा भने, "यो के हो?" किनकि त्यो के थियो, तिनीहरूलाई थाहा थिएन।
अनि मोशाले तिनीहरूलाई भने, "यो याहवेहले तिमीहरूलाई खान भनी दिनुभएको रोटी हो।
अनि इस्राएलका मानिसहरूले त्यस रोटीलाई मन्न) भनी भने। त्यो धनियाँको बिउजस्तो सेतो देखिन्थ्यो; अनि स्वादचाहिँ मह मिसाएर बनाएको बाबरजस्तो थियो।
तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो,
र स्वर्गका ढोकाहरू खोलिदिनुभयो;
उहाँले मानिसहरूका निम्ति खानलाई मन्न बर्साउनुभयो,
उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो।
मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए;
परमेश्वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो।
उहाँले गाईबस्तुका निम्ति घाँस,
र मानिसले खेतबारीमा परिश्रम गरोस् भनी बोटबिरुवा उमार्नुहुन्छ;
र जमिनबाट आहारा ल्याउनुहुन्छ।
मानिसका हृदय हर्षित पार्नलाई दाखमद्य,
त्यसको मुख चहकिलो पार्नलाई तेल,
र त्यसको हृदय बलियो तुल्याउनलाई उहाँले रोटी दिनुहुन्छ।
O pão da vida
Jesus declarou: 'Eu sou o pão da vida.' Quem vem a Ele nunca terá fome, e quem nele crê jamais terá sede. Ele é o sustento eterno.
येशूले तिनीहरूलाई भन्नुभयो, "म तिमीहरूलाई साँच्चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।"
तिनीहरूले भने, "हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।"
तब येशूले घोषणा गर्नुभयो, "जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
जीवनको रोटी म नै हुँ। तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्न खाए, तापनि तिनीहरू मरेर गए। तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्। जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।"
उहाँले तिमीहरूलाई नम्र तुल्याउन भोकाउन दिनुभयो। त्यसपछि मन्न खुवाउनुभयो; जसलाई न तिमीहरूले, न त तिमीहरूका पितापुर्खाहरूले नै जानेका थिए। मानिस भोजनले मात्र जीवित रहँदैन, तर याहवेहको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर सिकाउनलाई त्यसो गर्नुभयो।
येशूले जवाफ दिनुभयो, "धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’"
Partilha e comunhão
O partir do pão une o corpo de Cristo. Na Ceia, na generosidade e na partilha, expressamos a comunhão com Deus e uns com os outros.
त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, "यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।"
किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब तिमीहरूले प्रभु नआउन्जेल उहाँको मृत्युको प्रचार गर्दछौ।
त्यो धन्यवादको कचौरा, जसका लागि हामी धन्यवाद चढाउँछौँ; के त्यो ख्रीष्टको रगतमा सहभागिता होइन र? अनि जुन रोटी हामी भाँच्छौँ, के त्यो ख्रीष्टको शरीरको सहभागिता होइन र? एउटै रोटी छ, हामी धेरै भए तापनि एउटै शरीर हौँ; किनकि हामी सबै एउटै रोटीबाट खान्छौँ।
"तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू:
" ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता,
तपाईंको नाम पवित्र गरियोस्।
तपाईंको राज्य आओस्,
तपाईंको इच्छा स्वर्गमा झैँ
यस पृथ्वीमा पूरा होस्।
आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्।
दयालु मानिस आफू पनि आशिषित हुनेछ;
किनकि त्यसले आफ्नो भोजन गरिबहरूसित बाँड्छ।
तर उहाँले भन्नुभयो, "तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।"
तिनीहरूले उहाँलाई भने, "त्यसका लागि छ महिनाभन्दा बढीको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिएको तपाईं चाहनुहुन्छ र?"
उहाँले सोध्नुभयो, "तिमीहरूसित कति वटा रोटी छन्? जाओ, गएर हेर।"
तिनीहरूले पत्ता लगाएर भने, "पाँच वटा रोटी र दुई वटा माछा रहेछन्।"
तब येशूले सबै मानिसलाई झुण्ड-झुण्ड बनाएर हरियो चउरमा बसून् भनी आज्ञा दिनुभयो। यसकारण तिनीहरू सय-सय र पचास-पचासको झुण्ड बनाएर बसे। ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो। तिनीहरू सबैले पेटभरि खाए। अनि चेलाहरूले उब्रेका टुक्राहरू जम्मा पार्दा रोटी र माछाले बाह्र डालाभरि उठाए।
Provisão divina
O justo não é desamparado e seus descendentes não mendigam pão. Deus provê com fidelidade o alimento de cada dia.
म जवान थिएँ र अहिले वृद्ध भएको छु;
तर धर्मी जनहरू त्यागिएका
वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन।
फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार
जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से। "होसियार!" येशूले तिनीहरूलाई चेतावनी दिनुभयो "फरिसीहरू र सदुकीहरूको खमिरदेखि होसियार रहो।"
तिनीहरूले आपसमा छलफल गरेर भने, "यो त हामीले रोटी ल्याएनौँ भनेर होला।"
तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, "हे अल्पविश्वासीहरू हो, तिमीहरू रोटी छैन भनेर किन आपसमा कुरा गर्दछौ? तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ, त्यो सम्झना गर्दैनौ? अथवा चार हजारका निम्ति सात रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ? मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि होसियार होओ।" तब उहाँले रोटीमा हाल्ने खमिरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे।
धेरै उद्यममा लगानी गर्नु
आफ्नो अन्न समुद्रपारि पठाऊ;
धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ।
सात, आठ भागमा लगानी गर;
किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ।