O papel da mulher
A Bíblia honra a mulher como colaboradora essencial no plano de Deus. De Provérbios 31 às mulheres do Novo Testamento, a Escritura celebra a sabedoria, a força e a fé feminina.
A mulher virtuosa
Mulher virtuosa, quem a achará? Seu valor excede o de rubis. Ela é sábia, trabalhadora, generosa e temida pelo Senhor.
पदहरू एकरोस्टिक कविता हुन्, जसका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छ। असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ?
तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्;
र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।
तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन,
तर असल कुरा दिन्छिन्।
तिनले ऊन र सनपाट चुन्छिन्,
र इच्छुक हातले काम गर्छिन्।
व्यापारीका जहाजहरूले जस्तै;
तिनले टाढाबाट भोजन ल्याउँछिन्।
मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्,
आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्,
र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।
तिनले विचार गरेर एउटा जमिन किन्छिन्,
र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्।
तिनले आफ्नो काम जोसका साथ गर्छिन्;
आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्।
तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्;
र राति तिनको बत्ती निभ्दैन।
तिनले आफ्नो हातले चर्खा चलाउँछिन्,
र आफ्नो औँलाले पिउरी समाउँछिन्।
तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्;
र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्।
तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्;
र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्।
तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्;
भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्।
तिनी बुद्धिसित बोल्छिन्;
अनि तिनको जिब्रोमा विश्वासयोग्य अर्ती पाइन्छ।
तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्,
र आलस्यपनको रोटी खाँदिनन्।
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे;
तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
पापी मानिसका निमन्त्रणा विरुद्ध चेतावनी
हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन
र आफ्नी आमाको शिक्षालाई नत्याग।
Beleza interior
A beleza verdadeira não é exterior, mas o caráter incorruptível de um espírito manso e tranquilo. Isso tem grande valor diante de Deus.
हे पत्नीहरू हो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्वास गर्दैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै, तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्। तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्। तर तिमीहरूको भित्री व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्वरको दृष्टिमा अति मूल्यवान् छ। किनकि परमेश्वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसै गरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनमा रहन्थे; साराजस्तै, जसले अब्राहामको आज्ञापालन गर्थिन् र तिनलाई आफ्नो "मालिक" भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ।
त्यसै गरी हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूको प्रार्थना नरोकियोस्।
त्यसै गरी म चाहन्छु, स्त्रीहरूले भद्रता र शिष्टतासाथ सुहाउँदो वस्त्र पहिरून्; केशको बढी सिँगार गरेर, सुन, मोती र महङ्गा वस्त्रहरू पहिरेर होइन।
त्यसै गरी तिनीहरूका पत्नीहरू पनि आदर पाउन योग्यका, अरूका कुरा नकाट्ने, तर संयमी र हरेक कुरामा विश्वासयोग्य हुनुपर्छ।
Parceria e dignidade
Deus criou homem e mulher à sua imagem. A mulher não é inferior, mas parceira e co-herdeira da graça da vida.
यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो,
परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो;
पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, "फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।"
याहवेह परमेश्वरले भन्नुभयो, "मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।"
स्त्रीलाई उहाँले भन्नुभयो,
"म तेरो गर्भावस्थाको पीडा ज्यादै बढाइदिनेछु;
बडो कष्टसाथ तैँले सन्तान जन्माउनेछस्।
तेरो चाहना तेरो पतितर्फ नै हुनेछ,
र उसले तँमाथि अधिकार जमाउनेछ।"
तरै पनि प्रभुमा न त स्त्री पुरुषबाट स्वतन्त्र हुन्छे, न पुरुष स्त्रीबाट स्वतन्त्र हुन्छ। किनकि जसरी स्त्री पुरुषबाट आएकी हो, त्यसरी नै पुरुष पनि स्त्रीबाट जन्मिन्छ। तर हरेक कुराहरू परमेश्वरबाट नै आउँदछन्।
हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिहरूका अधीनमा बस। किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ; जसको निम्ति उहाँ मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूका अधीनमा रहून्।
त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्। तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न, आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्न सिकाऊन्, ताकि कसैले पनि परमेश्वरको वचनको निन्दा गर्न नपाओस्।