Paz
A paz é um dos frutos do Espírito e uma promessa central de Jesus: 'Deixo-vos a paz, a minha paz vos dou.' A Bíblia nos chama a buscar, cultivar e viver na paz de Deus.
A paz de Cristo
Jesus é o Príncipe da Paz. Antes de partir, prometeu aos discípulos uma paz que o mundo não pode dar nem tirar — paz sobrenatural em meio às tribulações.
शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।" तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।" तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
"ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।"
"ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।"
किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ;
हाम्रा निम्ति एउटा पुत्र दिइएको छ।
शासन उहाँको काँधमा हुनेछ।
उहाँलाई उदेकको सल्लाहकार,
शक्तिशाली परमेश्वर,
सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ।
येशू चेलाहरूकहाँ देखा पर्नुभएको
तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, "तिमीहरूलाई शान्ति होस्!"
Paz com Deus
Justificados pela fé, temos paz com Deus por meio de Cristo. Ele é a nossa paz, que derrubou a barreira e nos reconciliou.
शान्ति र आशा
यसकारण हामी विश्वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाएका छौँ।
किनकि उहाँ स्वयम् हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ; अनि दुवैलाई एउटै बनाउनुभएको छ। उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञा र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैँमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो।
अनि उहाँद्वारा परमेश्वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।
रोममा भएका सबैलाई, जो परमेश्वरका प्रिय र पवित्र जन हुनलाई बोलाइएका छन्:
हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!
परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
A paz que excede o entendimento
A paz de Deus, que excede todo entendimento, guarda nosso coração e mente. Ela vem da confiança no Senhor e da entrega total a Ele.
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्। तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ।
जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
जसको मन तपाईंमा अडिएको छ,
त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ;
किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ।
जसको मन तपाईंमा अडिएको छ,
त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ;
किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ।
तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ।
तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ।
Promotores da paz
Bem-aventurados os pacificadores, porque serão chamados filhos de Deus. A Escritura nos chama a buscar e promover a paz em todos os relacionamentos.
मेलमिलाप गराउनेहरू धन्य हुन्,
किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्।
मेलमिलाप गराउनेहरू धन्य हुन्,
किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्।
सम्भव भएसम्म तिमीहरू सबैसँग शान्तिमा बस।
हामी हर प्रयासले ती कुराहरूमा लागौँ, जसले शान्तिमा डोर्याउँछ र पारस्परिक उन्नति गराउँछ।
किनकि परमेश्वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
प्रोत्साहन र चेतावनी
हरेक मानिससित मिलापमा रहने, र पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन।
प्रोत्साहन र चेतावनी
हरेक मानिससित मिलापमा रहने, र पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन।
किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ:
"जसले जीवनलाई प्रेम गर्न
र असल दिन देख्न चाहन्छ,
तिनले आफ्ना जिब्रोलाई खराबीबाट
र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ।
तिनले दुष्टताबाट फर्केर भलाइ गर्नुपर्दछ,
तिनले शान्ति खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ।
तिनले दुष्टताबाट फर्केर भलाइ गर्नुपर्दछ,
तिनले शान्ति खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ।
दुष्टताबाट अलग बस र भलाइ गर;
शान्ति खोज, र त्यसको पछि लाग।
दुष्टताबाट अलग बस र भलाइ गर;
शान्ति खोज, र त्यसको पछि लाग।
O fruto da paz
A sabedoria que vem do alto é pacífica. O fruto da justiça se semeia em paz por aqueles que cultivam a paz com mansidão.
शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।
शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।
तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ।
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वासयोग्यता,
धार्मिकताको फल शान्ति हुनेछ;
अनि धार्मिकताको प्रभाव सदाको निम्ति चैन र भरोसा हुनेछ।
कुनै पनि अनुशासन त्यस बेलाको लागि सुखद हुँदैन, तर कष्टदायक हुन्छ। तरै पनि पछि गएर यसमा तालिम पाएकाहरूको लागि धार्मिकता र शान्तिको फल उत्पन्न हुन्छ।
Paz interior e descanso
Aquietai-vos e sabei que Eu sou Deus. A paz do Senhor acalma tempestades, silencia medos e sustenta a alma em todo tempo.
उहाँले भन्नुहुन्छ, "शान्त रहो, र म नै परमेश्वर हुँ भनी जान;
म राष्ट्रहरूको बीचमा उच्च पारिनेछु,
म पृथ्वीमा उचालिनेछु।"
म शान्तिसँग पल्टिनेछु र निदाउनेछु;
किनकि हे याहवेह, तपाईंले मात्र
मलाई सुरक्षित राख्नुहुन्छ।
याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ;
याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।
तर नम्रहरूले देश अधिकार गर्नेछन्,
र शान्ति र प्रशस्ततामा जिउनेछन्।
निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर;
किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्।
तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका लागि ठूलो शान्ति हुन्छ,
अनि कुनै कुराले तिनीहरूलाई ठेस पुर्याउँदैन।
तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका लागि ठूलो शान्ति हुन्छ,
अनि कुनै कुराले तिनीहरूलाई ठेस पुर्याउँदैन।
म त शान्तिप्रिय व्यक्ति हुँ;
तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।
उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, "चुप लाग्! शान्त होइजा!" तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।
उहाँले त्यसलाई भन्नुभयो, "छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ। तिमी आफ्नो कष्टबाट मुक्त भयौ।"
"नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।"
Anunciadores da paz
Como são formosos os pés dos que anunciam boas novas de paz! O evangelho é a mensagem de paz para todos os povos.
अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः "सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!"
सुसमाचार ल्याउनेहरू,
शान्ति घोषणा गर्नेहरू,
उद्धार घोषणा गर्नेहरू,
सियोनलाई "तेरा परमेश्वरले राज्य गर्नुहुन्छ!"
सुसमाचार ल्याउनेहरूका पाउ
पहाडहरूहुँदो कति सुन्दर!
"सर्वोच्चमा परमेश्वरलाई महिमा,
र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।"
"प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!"
"स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा होस्।"
हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने
एउटा मानिसका पाउहरू,
जसले शान्तिको प्रचार गर्दछ!
हे यहूदा, तेरा चाडहरू मना,
र आफ्ना भाकलहरू पूरा गर्।
दुष्टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्;
तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।
अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ।
O Deus da paz
Que o Deus da paz esteja com todos vocês. Ele nos santifica por completo e nos guarda irrepreensíveis para a vinda do Senhor.
शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहिरहून्! आमेन।
अन्तिम अभिवादन
अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्।
आशिष् र अन्तिम अभिवादन
अब शान्तिका परमेश्वर, जसले अनन्तको करारको रगतद्वारा भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई मरेकाबाट जीवित पार्नुभयो;
परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ।
पवित्र जनहरूका सबै मण्डलीहरूमा भएजस्तै,
" ‘ "याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
र तिमीहरूलाई रक्षा गरून्;
याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्,
र तिमीहरूप्रति अनुग्रही होऊन्;
याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्,
र तिमीहरूलाई शान्ति देऊन्।" ’
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
" ‘तापनि म यस सहरमा फेरि स्वस्थता र चङ्गाइ ल्याउनेछु, र म मेरा मानिसहरूलाई फेरि निको पार्नेछु; अनि तिनीहरूलाई प्रशस्त शान्ति र सुरक्षा उपभोग गर्न दिनेछु।
तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्;
अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।
तिमीहरू आनन्दमा जानेछौ,
र शान्तिमा डोर्याइनेछौ;
पर्वतहरू र डाँडाहरूले तिमीहरूको सामु
जोडसित गीत गाउनेछन्;
अनि वनका रूखहरूले
ताली बजाउनेछन्।
मेरा परमेश्वर भन्नुहुन्छ, "दुष्टहरूलाई शान्ति हुँदैन।"
Paz, santidade e unidade
A paz exige esforço: guardar a unidade do Espírito, evitar contendas e buscar a santidade. Sem paz e santidade, ninguém verá o Senhor.
शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।
शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।
यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्वास, प्रेम र शान्तिको पछि लाग।
एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर।
जब कुनै मानिसको जीवन याहवेहको दृष्टिमा मनपर्दो हुन्छ,
उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ।
धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो,
आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।
झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो;
तर हरेक मूर्खचाहिँ झगडा मच्चाउनमा छिटो हुन्छ।
यो नियम पालन गर्ने सबै जना र परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा रहून्।
तिमीहरूलाई प्रशस्त मात्रामा कृपा, शान्ति र प्रेम!
Paz e fé
O Deus da esperança nos encha de paz e alegria no crer. Quem mantém o pensamento firme no Senhor experimenta paz perfeita.
उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।
किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।
तिनीहरूका मार्गहरू विनाश र दुर्दशाले भरिएका छन्,
तिनीहरूले शान्तिको मार्गलाई चिनेकै छैनन्।"
"तिनीहरूका आँखामा परमेश्वरको डर छैन।"
येशूले त्यस स्त्रीलाई भन्नुभयो, "तिम्रो विश्वासले तिमीलाई बचाएको छ; अब शान्तिसाथ जाऊ!"
"जब तिमीहरू कुनै घरमा पस्दछौ, पहिले भन, ‘यस घरमा शान्ति रहोस्!’
ऊ असमर्थ छ भने उसले त्यो अर्को राजा टाढा छँदा नै मिलापको प्रस्तावको लागि प्रतिनिधिहरू पठाउनेछ।
यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यस घरमा रहोस्; यदि छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्।
"म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ।
अन्तिम अभिवादनहरू
अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
अन्धकार र मृत्युको छायामा
बस्नेहरूमाथि ज्योति चम्कनलाई,
हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्याउनलाई।"
तर तँचाहिँ शान्तिसित तेरा पुर्खाहरूकहाँ जानेछस्; अनि तँ पूरा बुढेसकालमा गाडिनेछस्।
प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय;
युद्ध गर्ने एउटा समय र मिलाप गर्ने एउटा समय।
तिनीहरू शान्तिको मार्ग जान्दैनन्;
तिनीहरूका मार्गमा न्याय छैन।
तिनीहरूले आफ्ना मार्ग बाङ्गो बनाएका छन्;
त्यसमा हिँड्ने कसैले पनि शान्ति पाउनेछैन।
त्यसले छललाई उन्नति हुन दिनेछ, र त्यसले मनमा आफूलाई अति उच्च ठान्नेछ। अनि तिनीहरूले सुरक्षित ठानेको बेला त्यसले धेरैलाई नाश गर्नेछ; अनि त्यो राजकुमारहरूका राजकुमारको विरुद्धमा खडा हुनेछ; तापनि त्यो नष्ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा चाहिँ होइन।
जब धेरै धनी प्रान्तहरूले सुरक्षित अनुभव गर्छन्, तब तिनले तिनीहरूमाथि आक्रमण गर्नेछन्, र तिनका पितापुर्खाहरू समेतले नपाएको सफलता तिनले पाउनेछन्। तिनले लुटपाट गरेर जम्मा गरेका लुटका मालसामान र धनसम्पत्ति त्यसको पछि लाग्ने मानिसहरूको बीचमा बाँडचुँड गर्नेछन्। तिनले बलियो किल्लाहरू भत्काउने षड्यन्त्र गर्नेछन्—तर केही समयको निम्ति मात्र तिनले यसो गर्नेछन्।
जब तिनीहरू त्रसित हुनेछन्,
तब तिनीहरूले व्यर्थमा शान्ति खोज्नेछन्,
तर सुरक्षित ठाउँ कहीँ पनि पाउनेछैनन्।
इस्राएलका ती अगमवक्ताहरू, जसले यरूशलेमको निम्ति अगमवाणी गरे, र त्यस सहरको निम्ति शान्तिको दर्शन देखे; तर त्यहाँ शान्ति नै थिएन, प्रभु याहवेह भन्नुहुन्छ।" ’
"मेरो करार, जीवन र शान्तिको करार लेवीसँग थियो; अनि मैले त्यो त्यसलाई दिएँ। त्यो मेरो आदरको निम्ति थियो; अनि त्यसले मलाई आदर गर्यो, र मेरो नामलाई श्रद्धापूर्ण डर मान्यो।
तर यदि अविश्वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने ती अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ।
अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र मानिसहरूले एक-अर्कालाई मारून् भन्ने अख्तियार दिइयो।
Este artigo te tocou? Faça uma oração!
+581 estão orando agora.
Junte-se à corrente de oração.