Poder de Deus
O poder de Deus é incomparável e infinito. Ele criou o universo pela palavra, sustenta todas as coisas e manifesta sua onipotência em cada geração.
A onipotência do Criador
Deus fez os céus e a terra pelo seu grande poder. Nada é impossível para Ele, e sua força está além de toda compreensão humana.
तर परमेश्वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो;
उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो;
र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।"
यी सबै त उहाँका कामहरूको एक झलक मात्र हुन्;
हामी उहाँका कामको कानेखुसी मात्र सुन्छौँ!
त्यसो भए उहाँको शक्तिको गर्जन कसले बुझ्न सक्छ र?"
उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ।
उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ?
Poder sobre tudo
O Senhor reina sobre as nações, sustenta os oprimidos e manifesta seu poder tanto no julgamento quanto na redenção.
परमेश्वरले आफ्नो शक्तिद्वारा सदासर्वदा शासन गर्नुहुन्छ;
उहाँको आँखाले राष्ट्रहरूलाई हेर्नुहुन्छ—
तपाईंको विरुद्धमा तपाईंका विद्रोहीहरू उठ्न नसकून्। सेला
कैदीहरूका विलाप तपाईंको सामु पुगोस्;
तपाईंको शक्तिशाली हातद्वारा मृत्युको दण्डमा परेकाहरूको रक्षा गर्नुहोस्।
एउटा कुरा परमेश्वरले भन्नुभएको छ,
दुई पटक मैले सुनेको छु:
"हे परमेश्वर, शक्ति तपाईंमा नै निहित छ;
उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली हात
र पराक्रमी पाखुराले तिनीहरूलाई निकालेर ल्याउनुभयो;
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
Poder para o seu povo
Deus fortalece os fracos e ressuscita os mortos. Seu poder opera em nós para que experimentemos vitória e transformação.
परमेश्वरले आफ्नो शक्तिद्वारा प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, र उहाँले आफ्नो शक्तिद्वारा हामीलाई पनि जीवित पार्नुहुनेछ।
निश्चित होओ, कि उहाँ दुर्बलतामा क्रूसमा चढाइनुभयो, र पनि उहाँ परमेश्वरको सामर्थ्यमा जिउनुहुन्छ। यसै गरी हामी उहाँमा दुर्बल छौँ, र पनि तिमीहरूको सेवा गर्न हामी परमेश्वरको शक्तिमा उहाँसित जिउँछौँ।
सत्य वचनमा, परमेश्वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने र देब्रे हातमा लिएर;
परमेश्वरका हातहतियार
अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ।
सदासर्वदा याहवेहमा भरोसा राख;
किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ।
म ज्योति र अन्धकार सृष्टि गर्दछु;
म सुख-शान्ति ल्याउँछु, र विपत्ति सृष्टि गर्छु;
यी सबै कुराहरू गर्ने म याहवेह नै हुँ।
याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ;
तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ।
उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ;
उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन,
तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।"
तर यदि म परमेश्वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।