Gravidez e maternidade
Gravidez e maternidade são bênçãos celebradas na Bíblia. Deus forma cada criança no ventre, cuida da mãe e da família, e abençoa a geração dos justos.
Filhos são herança do Senhor
Deus abençoa a fertilidade e o crescimento das famílias. Cada criança é obra de suas mãos, conhecida e amada antes mesmo de nascer.
तिमीहरू अरू जातिहरूभन्दा धेरै आशिषित हुनेछौ। तिमीहरूका कुनै पुरुष वा स्त्री निःसन्तान हुनेछैनन्, न त तिमीहरूका गाईबस्तु थारो हुनेछ।
तर इस्राएलीहरू फलवन्त हुँदै संख्यामा वृद्धि हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो।
त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्;
धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्।
किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो;
तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो।
म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु;
तपाईंका कार्यहरू अद्भुत छन्,
म त्यो राम्ररी जान्दछु।
मेरो आकार तपाईंबाट लुकेको थिएन,
जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ;
जब म अदृष्यमा बनिँदैथिएँ;
तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे;
मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए;
तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए।
छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्;
गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्।
के मैले प्रसव वेदनासम्म ल्याएर
पनि जन्मन दिन्नँ र?"
याहवेह भन्नुहुन्छ।
"के म जन्माउन लाउनेले,
गर्भलाई थुन्छु र?"
तिमीहरूका परमेश्वर भन्नुहुन्छ।
Força e cuidado na gravidez
Deus dá forças à mulher grávida e a sustenta em cada etapa. Sua graça é suficiente e seu poder se aperfeiçoa na fraqueza.
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
तर उहाँले मलाई भन्नुभयो, "मेरो अनुग्रह तेरो लागि प्रशस्त छ; किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।" यसकारण ख्रीष्टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु।
मेरो पुकार सुन्न आफ्नो कान मतिर फर्काउनुहोस्;
मेरो उद्धार गर्नलाई चाँडो आउनुहोस्;
तपाईं मेरो शरण लिने चट्टान हुनुहोस्,
मलाई बचाउने बलियो किल्ला तपाईं नै हुनुहोस्।
जब मेरो हृदय धेरै व्याकुल हुन्छ,
तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु;
मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।
उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ:
उहाँले थुमाहरूलाई आफ्ना अँगालोमा लिनुहुन्छ;
तिनीहरूलाई आफ्नो मुटुको नजिक राख्नुहुन्छ;
उहाँले स-साना बच्चा भएकाहरूलाई बिस्तारै डोर्याउनुहुन्छ।
"हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्,
इस्राएलका घरानाका बाँचेकाहरू सबै,
जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु,
र जन्मेको घडीदेखि नै मैले बोकेको छु।
तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ;
म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ।
मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु;
म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु।
A bênção da maternidade
A Bíblia honra a maternidade como ministério sagrado. As mães são instrumentos de Deus para formar vidas e transmitir a fé.
यदि विश्वास, प्रेम र भद्रतापूर्ण पवित्रतामा लागिरहिन् भने स्त्रीहरू बालक जन्मद्वारा बचाइनेछन्।
तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्,
तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्:
आफ्नी पत्नी हव्वासित आदमको सहवास भयो; अनि तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, "याहवेहको सहायताले मैले एक जना पुरुषलाई जन्म दिएकी छु।"
अब याहवेहले भन्नुभएझैँ साराप्रति उहाँ अनुग्रही हुनुभयो; अनि याहवेह आफूले प्रतिज्ञा गर्नुभएझैँ साराका निम्ति गर्नुभयो। सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा तिनका निम्ति परमेश्वरले प्रतिज्ञा गर्नुभएकै समयमा एउटा छोरा जन्माइन्।
आफ्नी पत्नी बाँझी भएकाले उनको पक्षमा इसहाकले याहवेहसित प्रार्थना गरे। याहवेहले तिनको प्रार्थनाको जवाफ दिनुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्।
यसरी हन्ना गर्भवती भईन्, र समय पुगेपछि उनले एउटा छोरा जन्माइन्। तिनले छोराको नाम शमूएल राखिन् र भनिन्, "किनकि मैले यसलाई याहवेहसँग मागेकी हुँ।"
Proteção divina
Deus protege a mãe e o bebê, guardando-os de todo mal. Ele acompanha cada momento com ternura e fidelidade.
जो सर्वोच्च परमेश्वरको शरणमा बास गर्दछ,
त्यो सर्वशक्तिमान्को छत्रछायामुनि सुरक्षित रहनेछ।
म याहवेहको बारेमा भन्नेछु, "उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ,
मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।"
याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ—
उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;
तिमी बाहिर जाँदा र भित्र आउँदा,
अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।
"मैले तँलाई गर्भमा सृष्टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ;
तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ;
अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।"
"मानिसहरू झगडा गर्दा कुनै गर्भवती स्त्रीलाई लाग्यो, र त्यसले समय नपुगी नै बच्चा जन्माई, तर अरू चोट लागेको छैन भने त्यस कसुरदारले त्यस स्त्रीको पतिले तोकेको र अदालतले अनुमति दिएबमोजिम जरिमाना तिरोस्। तर यदि गम्भीर चोट लागेको छ भने तिमीहरूले प्राणको सट्टा प्राण लिनू,
"के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे,
र आफूले जन्माएको बालकमाथि दया नदेखाउली र?
त्यसले भुल्न पनि सक्छे,
तर म तँलाई कहिल्यै पनि भुल्नेछैनँ!
Esperança e promessa
A maternidade é caminho de esperança. Como Sara, Ana e Isabel, as mães encontram na fé a força para aguardar as promessas de Deus.
साराको गर्भधारण गर्ने उमेर गइसकेको भए तापनि विश्वासैद्वारा तिनले गर्भधारण गर्ने क्षमता प्राप्त गरिन्; किनकि प्रतिज्ञा दिनुहुने विश्वासयोग्य हुनुहुन्छ भनी तिनले विश्वास गरिन्।
धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्नुभएका कुरा पूरा हुनेछन् भनी विश्वास गरिन्।"
अनि मरियमले भनिन्:
"मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ,
र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ।
किनकि उहाँले आफ्नी सेविकाको दुःखद्
अवस्थालाई विचार गर्नुभएको छ;
अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्,
किनकि सर्वशक्तिमान्ले मेरा निम्ति महान् काम गर्नुभएको छ:
उहाँको नाम पवित्र होस्।
उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर
उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ।
याहवेहको प्रशंसा गर!
म त्यसलाई आशिष् दिनेछु, र म निश्चय तँलाई त्यसबाट एउटा छोरा दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिकी आमा हुनेछे; त्यसबाट जाति-जातिका राजाहरू उत्पन्न हुनेछन्।"
तिम्रो घरमा तिम्री पत्नी
फलवन्त दाखको बोटझैँ हुनेछिन्;
र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि
जैतुनका मुनाहरूजस्तै हुनेछन्।